जुम्ला ः चन्दननाथ नगरपालिका ७ महतगाउँका रत्नबहादुर महतलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गएको साउन २७ गते महतगाउँको लेक रातामाटास्थित अवरल बर्षाका कारण खर्क (आठी) भत्किदा बाख्रा मरेर क्षति पुगेको थियो ।
प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले २५ हजार, वडाध्यक्ष गणेश महत २० हजार, क्षेत्रबहादुर महतले ५ हजार एक सय, धिरबहादुर महतले ५ हजार, तन्तबहादुर महत ५ हजार र अक्कलबहादुर महतले ५ हजार रकम प्रदान गरेका छन् ।
यस्तै लोकबहादुर महतले ५ हजार, खड्कबहादुर महतले ५ हजार, नविन महतले ४ हजार, रामेश्वर महतले एक हजार ५ सय, तिर्थबहादुर महतले २ हजार र अम्मरबहादुर महतले १ हजार गरी ८३ हजार ७ सय रुपियाँ सहयोग प्रदान गरिएको वडाध्यक्ष गणेश महतले बताए ।
प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार