स्वः लालु शाहीः ‘जुम्लाका आर्दश,दुरदर्शी र जनप्रिय नेता’


जुम्ला । आफ्नो जीवनको कालखण्डमा समाजसेवा, राजनीति त धेरैले गर्छन् । विकास,सामाजिक वकालत तथा सामाजिक न्यायका लागि पनि उत्तिकै अग्रसर हुन्छन् । तर इतिहास भने थोरैको लेखिन्छ । आफ्नो जीवन कालमा निस्वार्थ समाजसेवा,सामाजिक रुपान्तरण,शसक्तिकरण र सेवाको राजनीतिक गरेका सिंजा गाउँपालिका वडा नं. ३ निवासी स्वर्गीय लालु शाही जुम्लाका आर्दश,दुरदर्शी र सबैका जनप्रिय नेता थिए ।

२००४ साल मंसिर महिनामा जन्मीएका स्वः लालु शाहीको २०६४ साल साउन महिनामा मृत्यु भयो । लालु शाही पञ्चायती व्यवस्था, बहुदल हुदै प्रजातन्त्र सम्म आउँदा उनी कुशल नेताका रुपमा आफ्नो परिचय स्थापित गरेका थिए ।

गएको साता सिंजाखोला एफएमको आयोजनामा स्वःलालु शाहीको १५ औँ स्मृती दिवसका अबसरमा विचार विर्मश कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा सिंजाका हरेक व्यक्तिले स्वः लालु शाहीको योगदानबारे खुलेर चर्चा गरे । जुम्लाको राजनीतिक इतिहासमा लालु शाही जस्तो आर्दश,दुर्दर्शी र जनप्रिय नेता कोहि नजन्मेको समेत सिंजालीले जिकिर गरे ।

लालु शाहीसंग शत्रुलाई पनि मित्र बनाउने बौद्धिकता र हार्दिकता थियो । उनी सादाजीवन उच्च विचारका एक सच्चा उदाहरण पनि थिए । नेपाली काँग्रेसको राजनीतिलाई सिंजामा मात्रै नभई सिंहो जुम्ला र कर्णालीमै हराभरा बनाउने व्यक्ति पनि लालु शाहीनै रहेको कनकासुन्दरीका जयहरी आर्चाय बताउँछन् ।

लालु शाही संगको लामो सहयात्रा गरेका आर्चायले नेपाली काँग्रेसले लालु शाही जस्तो जनप्रिय नेता गुमाउनु काँग्रेसीका लागि मात्र नभई सिंहो जुम्लाका लागि दुर्भाग्य भएको उल्लेख गरे । उनीमा राजनीतिक पूर्वाग्राही नभएकै कारण सिंजाका हरेक जनताले स्वःलालु शाहीलाई अहिले पनि आफ्नो आर्दश नेता मान्छन् । उनी र्धम पत्नी रेशा शाही हुन् । आफ्नो श्रीमानको मृत्युपछि शाहीले दुई छोराको साहारामा बाचिरहेकी छन् ।

लालु शाहीले भारतका विभिन्न ठाउँमा जाँदा गरेका खिस्सा देखि जुम्लाका तालुक निकायमा गरेर सरकारी प्रमुखहरुलाई सार्वजानिक चासो र महत्वका विषयमा व्यांग्यात्मक रुपमा गराइएको ध्यानकर्षण आज पनि सिंजाका हरेक नेतालाई ताजै लाग्छ ।

सिंजाको भैरव मावि नराकोट विद्यालयको शैक्षिक,भौतिक र प्रशासनिक विकासका लागि स्वः शाहीले उल्लेखीय योगदान गरेका थिए । भैरब माविमा एसएलसीको सेन्टर स्थापना गर्न,परिक्षा केन्द्र तोक्न उनी अनसन समेत बसेका थिए । भने,सिंजामा इलाका प्रशासन कार्यालय स्थापना गर्न,हुलाक कार्यालय स्थापना गर्न,स्वास्थ्य चौकी निर्माण गर्न लालु शाहीकै देन रहेको पाईन्छ ।

झण्डै १६ वर्ष प्रधानपञ्च भएका शाहीले पञ्याती व्यवस्थामा गरिबहरुबाट उठाउने खर्चको समेत अन्त्य गरेका थिए । भने बहुदलपछि गाविस अध्यक्ष समेत भए । तर उनले २०५४ को गाविस अध्यक्ष भने हारेका थिए । उनको राजनीति जीवनको त्यो पहिलो हार थियो ।

चुनाव हारेपनि नियमित जनतामाझ जाने,सुख दुख बुझन्े अधिकांश दलितकै घरमा खाना खाने, उच निचको कुनै प्रवाह नगर्ने,गरिब विपन्नलाई सहयोग गर्ने,विकासमा समाबेशीता कायम गर्ने जस्ता गुणले लालु शाहीलाई सिंजाका नागरिक जनप्रिय नेता मान्छन् । अहिलेका राजनीति गर्नेले लालु शाहीको जीवनबाट यस्ता धेरै कुरा सिक्नुपर्छ ।

विचार विमर्शमा कसले के बोले ?
स्वः लालु शाहीका सहपाठि शैक्षिक सल्लाहकार नमराज शर्माले भने,“लालु शाही संग २०२६ सालमा पहिलो भेट भयो । उनी वर्गिय व्यवसाय संगठनको सदस्य थिए । उनी महान नेता मार्ग र्दशक सबैका जनप्रिय नेता हुन् ।”

जननायक विपि कोईरालाको राष्ट्यि मेलमिलापको नीतिलाई लालु शाहि ले गाउँगाउँमा पुराए । विकासमा सम्मान सहभागिताको सुनिश्चिता गर्नु हुन्थ्यो । २०५४ मा पहिलो पटक लालु शाहिले चुनाव हार्दा सिंजालीले केहि दिन सम्म खाना समेत नखाएको इतिहास सुनाए ।

सुरक्षा चुनौति देखाएर नराकोटमा परीक्षा केन्द्र दिन मानेका थिएनन् । तर लालु शाहीले २०३१÷३२ साल तिर नराकोटमा परीक्षा केन्द्र नदिए हामी अनसन बस्छौ भनेर अनसन बसेपछि परिक्षा केन्द्र नराकोट तोकियो । साथै लालु शाहिकै अगुवाईमा स्वास्थ्य चौकि,कृषि उपकेन्द्र हुलाक केन्द्र,ईलाका बन कार्यालय, ईलाका प्रशासन कार्यालय स्थापना भयो ।

शिक्षक बिष्णुलाल रोकायाले लालु शाहीले शिक्षा क्षेत्रको विकासका लागि उल्लेखिय योगदान दिएका बताए । सुर्खेतमा पहिलोपटक देउसी भैलो सुरुवात गरेका हौ । गाविस अध्यक्ष हुदा दलितको भान्सामा खाना खाने पहिलो पन्चायति नेता हुन् । भने, शिक्षक तथा सहपाठी जयकृष्ण चौलागाई लालु शाही बारे बोल्दै गर्दा स्टेचमै रोए । लालु शाहीको मृत्युपछि सिंजा क्षेत्र टुहुरो बनेको उल्लेख गरे ।

उनले भने,“लालु शाहिका दुस्मन कोहि थिएनन । पन्चायत,बहुदल र प्रजातन्त्र सम्म लालु शाहि कुसल नेता थिए । अहिले पदका नेता छन् । विचारका नेता छैनन् ।”
कनकासुन्दरी ४ का वडाध्यक्ष सुर्यमणि हमालले लालु शाही संगको अनुभव यसरी सुनाए,“म कुनै बेला जनयुद्द लडेर बाचेर घर आएर ससुरालि जाँदा पहिलो भेट भयो । उहाँ मेरो जेठान पर्नु हुन्थ्यो । एक दिन उहाँले केही कुरा भयो । तपाईं द्धन्द्धमा नजानु पथ्र्यो घरमै बस्नु पथ्र्यो । ठुलो परिवर्तन भयो खुसि लाग्यो धन्यबाद छ भने ।”

उनले थपे,“ज्वाइँ कुटो समाएर बारिमा जानू होला । तरकारी फष्टायो भने धेरै कुराको ईजज्जत रहन्थ । राजनीति गर्ने भए,तेरो मेरो नभन्नु,जात विजात नभन्नु,धनी गरिब नभन्नु,पार्टिको स्वार्थ नभन्नु,विकासमा कुनै पुर्वाग्राहि नराख्नु भन्नू भएको थियो । यि कुराले म सम्झिरहन चाहान्छु । मेरो राजनीतिक जीवन लालु शाहीकै प्ररेणाले अघि बढेको छ ।” त्यहि बीचमा हमालले गाएको गित

जुम्ला जिल्लाभरि चिन्थे लालु शाहि भनेर
दुनियाँ आर्कषण हुन्थो, नाम मात्रै सुनेर

उडेउ र को ठौर पुग्यौ, खोजि भेटौन्यानाई
स्वर्गीय लालु शाहिको सौराई मेटाउन्या नाई

उखान कस्ता,टुक्का कस्ता सुन्दा खुसी हुने
आर्दश, दुर्दशी नेता सम्झी जनता रुने

तत्तकालिन पाण्डवगुफा गाविस अध्यक्ष कर्ण बहादुर भण्डारीले नराकोटमा ईलाका प्रशासन कार्यालय स्थापनाम गर्न समेत लालु शाहीको मुख्य भुमिका रहेको बताए । नराकोट स्कुलका लागि २ लाख रेडक्रसबाट खातामा हालेर बजारदेखि फर्किएपछि बाटोमै ल्याउदै गर्दा बड्कीमा मृत्यु भएको हो ।

कनकासुनदरीका जयहरि आर्चायले नराकोटको भैंसी गौडाका ढुंगा खियाउने विचार पहिलो लालु शाहीले ल्याएको बताए । पुर्वमा घुच्चीलेक र पश्चिममा नाग्म गाडका मान्छेले लालु शाहि भन्ने बित्तिकै भेला हुने र सबैले चिन्थे । सिंजा गाँउपालिकाका पुर्व अध्यक्ष देवलसिंह रावलले आफुले २०७४को चुनावमा लालु शाहीकै नाम लिएर चुनाव जितेको बताए । उनले लालु शाहि राजमार्ग र शालिक निर्माण गर्न पालिकालाई अनुरोध गरे ।

एमाले कर्णाली प्रदेश उपसचिव टेक राज पछाइले लालु शाहि जुम्लाका लागि राज नेता भएकोले उनको जीवनीबाट अहिलेका राजनीति गर्ने व्यक्तिले धेरै कुरा सिक्नु पर्ने समेत उल्लेख गरे । सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले भने,“लालु शाहि युग पुरुष हुन् । उनी शिक्षा तथा विकास प्रेमि थिए । लालु शाहिको योगदानको कदर गर्न पालिकाले आबश्यक सहयोग गर्छ ।”

भक्त बहादुर रोकाया पुर्व वन राज्यमन्त्री, काँग्रेस नेता लंक बहादुर शाहीले लालु शाहि जस्तो मान्छे सिंजामा फेरि जन्मनु पर्छ भन्नेका लागि पनि यो विचार विर्मश गरिएको छ । सिंजाले लालु शाहीको योगदालाई कहिले विर्सनु हुन्न ।

लालु शाहीका कान्छा छोरा मोहन विक्रम शाहीका अनुसार स्वय बुबा लालु शाहीको सम्झानामा सामाजिक सेवा गर्नका एक वर्षमा कम्तिमा १० लाख सम्मको अक्षयकोष स्थापना गरिने बताए ।

को हुन लालु शाही ?
सिंजा गाउँपालिका पिंगी गाउँ निवासी लालु शाही १६ बर्ष गाविसको नेतृत्व गर्नुभएको थियो । उहाँ गाविसध्यक्ष समेत हुनुभएको थियो । २० बर्षको उमेरमा पहिलोपटक २०२४ सालमा उपप्रधान, २०३४ मा फेरि उपप्रधान, २०२९ र २०३९ सालमा २ पटक प्रधानपञ्च र २०४९ सालमा गाबिस अध्यक्ष हुनु भएको थियो ।

उहाँले भैरव माध्यामिक विद्यालय नराकोटमा ३ पटक ब्यवस्थापन समिति अध्यक्ष समेत हुनु भएको थियो । शाहीले राजाको प्रत्यक्ष शासनकालमा जिल्ला बिकास समिति सदस्यमा मनोनयन गर्दा अस्विकार गर्नुभएको थियो । माओबादीलाईनै द्वन्द्व कालमा माओबादिलाईनै प्रभावमा पारि मन जितेर अरु नेताहरु बिस्तापित भएपनि गाउँमै स्थापित हुनुभएको थियो ।

केही खिस्साहरु
“कुनै समय उहाँ भारतमा सहकर्मीको साथमा जानुभएछ, त्यहाँ भारतीय प्रहरीले पास खोजेछ, उहाँले पास आफुसँग भएको भन्दै सवैलाई प्रहरीको क्षेत्र कटाउनु भएछ, पछि प्रहरीलाई पास यही हो भन्दै,पेट देखाउँदा प्रहरी दंग परेछ । प्रहरीले पेट किन पास भनेको भनेपछि हामी पेट पाल्न आएको पास किन चाहियो भनेर उत्तर दिनुभएछ ।”

“भैरव माध्यामिक विद्यालय नरोकोटमा हावाले छाना उडाएछ, व्यवस्थापनका लागि शाही सहितको टोली सिडियो कार्यालय पुगेछ, किन आउनुभयो भनेर सिडियोले सोध्दा (सिंजाका क्षेत्रपाल तीन विद्यालयमा छैनन टिन) भनेर ध्यानाकर्षण गराउनु भएको बिषयले माग सम्वोधन भएको भन्ने छ ।”

“भारतमा सिलाजिल लैजा मोटाउछ भन्दै व्यापारको प्रचार गर्नु भएछ । सावुनको पसलमा वसेका व्यापारी भारतीयले सोधेछन, । त्यसो भए सिजाजीत खाएर तिमी किन नमोटाएको ? लालु शाहीले भन्नुभएछ त्यसो भए त सावुनको व्यापार गर्छस किन कालो भईस भनेर उत्तर दिनु भएछ ।”

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस