जुम्ला ः नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य रतननाथ योगी जुम्लाबाट प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । नेकपा एमाले जिल्ला कमिटी जुम्लाको बैठकले केन्द्रीय योगीलाई प्रत्यक्ष तर्फ एकल उम्मेदवार सिफारिस गरेको हो ।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटी जुम्लाले जनाएको छ ।
उनी पूर्व जिल्ला पार्टी सचिव समेत हुन् । तिला गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत भएका केन्द्रीय सदस्य योगी पार्टीबाट एकल उम्मेदवार सिफारिसमा परेका हुन् ।
यस्तै एमाले पार्टी जिल्ला कमिटी जुम्लाले प्रदेश सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गरी कर्णाली प्रदेश कमिटीमा पठाएको जनाएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ नेता धिरेन्द्रराज गिरी र गगन बुढ्थापालाई सिफारिस गरिएको पार्टीले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) प्रत्यक्ष तर्फ युवा नेता टेकराज पछाईको एकल उम्मेदवार सिफारिस गरिएको पार्टी सचिव धनकृष्ण पाण्डेले बताए ।
एमाले जुम्लाबाट केन्द्रीय सदस्य रतनाथ योगी संघमा एकल उम्मेदवार
प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस