जुम्ला ः नेकपा एमाले पार्टीका कर्णाली प्रदेश कमिटीएका सदस्य धिरेन्द्रराज गिरी आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन् । उनलाई प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फको उम्मेदवारमा नेकपा नेकपा एमाले जिल्ला कमिटी जुम्लाले सिफारिस गरेको हो । उनी तत्कालिन कार्तिकस्वामी गाविस हाल चन्दननाथ नगरपालिका १० पिपलगाउँमा ०२५ भदौँ १९ गते पिपलगाउँमा जन्मेका हुन् ।
निर्वाचन क्षेत्र समन्वय कमिटी निर्वाचन क्षेत्र (क) इन्चार्जसमेत रहेका गिरीले २०४१ सालमा स्व डिल्ली बहादुर महतको सम्पर्कमा बाम समर्थक भएका हुन् । २०४६ सालको जन आन्दोलनमा पर्चा पोस्टर टास्ने र बाड्ने भुमिका निवाह गरी आन्दोलनलाई अगाडी बढाउने काम गरेका थिए ।
०४६ सालको परिवर्तन पछि तत्कालीन नेमकिपा कार्तिक स्वामी गाउँ कमिटीको अध्यक्षसमेत भएका नेता गिरीले २०४७ सालमा नेकपा माले जुम्लाको सस्थापक सदस्य ११ जना माध्ये एक सदस्य थिए । २०४७–२०४९ सम्म भेरी कर्णाली सम्पर्क कमिटी सदस्यसमेत भएका गिरी अनेरास्ववियुको नवौँ दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि भएका थिए ।
२०४७–२०६९ सम्म नेकपा माले एमाले पार्टीको जुम्ला जिल्ला कमिटीको सदस्य, सचिबालय सदस्य, कार्यालय सचिबभै जिम्मेवारी बहन गरेका गिरीले २०४९ सालमा प्ररायुसघको प्रथम केन्द्रीय कमिटीको सदस्य तीन कार्यकालसम्म जिम्मेवारी बहन गरेका थिए ।
नेकपा एमालेको पाँचौ, आठौं र नवौं दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा छौटौ महाधिवेशनमा स्वयंसेवक भुमिका निर्वाह गरेका नेता गिरीले प्ररायु संघको जुम्लाको प्रथम सस्थापक अध्यक्ष भएका थिए ।
२०६९ सालदेखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र कर्णाली अञ्चल समन्वय समिति सदस्य भइ जिम्मेवारी बहन गरेका नेता गिरीले २०७१ देखि हालसम्म नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्यको भुमिका निर्वाह गर्दै आएका छन् ।
२०५४ सालमा तत्कालिन जिबिस सदस्यमा निर्बाचित तथा विभिन्न पटक जिबिस बोर्ड सदस्य भइ काम गरेको नेता गिरीसँग अनुभव रहेको छ ।
२०७४ सालको प्रतिनिधि सभा सदस्य उम्मेदवार मा सर्बसहमत सिफारिस भएका गिरीले बाम गठबन्धनका कारणले माओवादीको भागमा परेपछि छोड्नु परेको थियो ।
२०५८÷०५९ र ०६२÷०६३ सालको जन आन्दोलनमा आन्दोलन रथ दलहरुको आन्दोलन परिचालन कमिटीको सचिब भएर जिम्मेवारी बहन गरेका गिरीले तत्कालीन माओवादी र सात राजनीतिक दलको जिल्ला तहमा बार्ता टोलीको सदस्यका रुपमा भुमिका निर्वाह गरेका थिए । २०५८÷०५९ र ०६२÷०६३ मा सुरक्षाकर्मीले पटक पटक पक्राउ नेता गिरी तत्कालीन नेकपा माओवादीबाट ३ पटक अपहरणसमेत भोग्नु परेको थियो ।
जिल्ला खेलकुद बिकास समिति, कर्णाली अञ्चल अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष जिम्मेवारी बहन गरेका समाजसेवी नेता गिरीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पहल कमिटीको सदस्यको तर्फबाट भुमिका निर्वाह गरेकै कारण अहिले प्रतिष्ठानले चिकित्सा शिक्षा प्रदान गर्नुका साथै विरामीको उपचार गर्न सहज भएको छ ।
गोठीचौर परियोजनाको सचिब तथा नेपाल रेडक्रस सोसाइटीको आजिबन सदस्य रहेका नेता गिरी आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् ।
प्रदेश सभा उम्मेदवारमा सिफारिस एमाले नेता धिरेन्द्रराज गिरीको राजनीतिक यात्रा
प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस