जुम्ला ः नेपाली काग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने संघ तथा प्रदेश निर्वाचनका लागि प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन् । उनलाई प्रदेश निर्वाचन क्षेत्र (क) समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला कमिटी जुम्लाले सिफारिस गरेको हो । उनी २०२८ सालमा पातारासी गाउँपालिका ६ बातागाउँमा जन्मेका हुन् ।
२०४६ साल देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर शुरुवात गरेका थिए । २०४६ सालबाटै विद्यार्थी जीवनबाट उनले नेपाली काँग्रेसको राजनीति शुरु गरे । जुम्ला बहुमुखी क्याम्पसमा कोषाध्यक्ष समेत भए ।
पहिलो स्थानीय तहको निर्वाचन ०७४ मा नेता बुढा जिल्ला समन्वय समिति जुम्लाको उपप्रमुख पदमा निर्वाचित भएका थिए । जिसस पुर्व उपप्रमुख बुढाले लामो समय देखि अलपत्र परेको धौलीगाड बृहत खानेपानी आयोजनालाई अगाडी बढाउनका लागि निकै सकरत गर्नु परेका बताउनुछन् ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो गौरवको आयोजना धौलीगाड बृहत खानेपानी आयोजना आर्थिक वर्ष ०६६÷०६७ मा निर्माण थालिए पनि लामो समयदेखि अलपत्र अवस्थामा थियो । आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ बजेट व्यवस्थापन भएर अगाडी बढेको छ ।
आयोजनालाई मुर्त रुप दिनका लागि अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका सदस्य मीनबहादुर शाही, कर्णाली प्रदेशका पूर्वमन्त्री तथा सांसद दीनवन्धु श्रेष्ठ, जुम्लाका तत्कालिन सिडिओ भुपेन्द्र थापा, पूर्व मन्त्री बल बहादुर महत, नेपाल कम्यूनिस्ट पार्टीका नेता धिरेन्द्र राज गिरी लगायत थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको सहयोग र समर्थन रहेको छ यसैले भनिन्छ एकता नै शक्ति हो, गरे के हुदैंन ।
कार्मा बुढा नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन् । उनले ४ सय ८६ मत प्राप्त गरेर उपसभापतिमा जीत हासिल गरेका गरेका थिए ।
छैटौँ जिल्ला अधिवेशनमा जिल्ला सचिव भएका उनी सातौँ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । सचिवको कार्यकालमा उनले पार्टीको विधि विद्यान र सिदान्त अनुसार दुर्त रुपमा अघि बढाएका थिए । संगठन विस्तारमा पनि महत्वपुर्ण भुमिका खेलेका थिए । जसका कारण काँग्रेसीजनहरु बुढाको धेरैनै गुनगान गाउँछन् ।
व्यक्तिगत काम भन्दा पनि सामुहिक काम गर्न रुचाउने उनी जहिले पनि समग्र जिल्लाको विकासका बारेमा चिन्तन गरिराखेका हुन्छन । पौडेल प्यानलबाट उनी निर्वाचन लडेपनि उनले गर्ने व्यवहार सबै काँग्रेसीजनलाई बराबर छ । निर्वाचन हुनु अघिपनि गुटगत भन्दा सहमती सहकार्यकै आधारमा जिल्ला अधिबेशन गर्नुपर्ने अडानमा थिए ।
पार्टी बनाउन सकेमात्र व्यक्ति बन्ने उनी बताउँछन । पार्टी,सिदान्त र जनसेवा पहिलो सर्त हो । व्यक्तिगुट सहायक पाटो हुन । उनले भने,“पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन निर्वाचनताका गुटउपगुट हुने गरेपनि समग्रमा पार्टी बनाउन सबैको हातेमालो जरुरी छ । अब हामी सबै काँग्रेसी भन्ने मान्यता स्थापित गराउनुपर्छ । यसमा नेतृत्वले चनाखो बन्नु पर्ने देखिएको छ ।”
माता टोमा तामांङ बुढा र पिता वीरबहादुर बुढाको कोखबाट जन्मिएका कार्मा बुढा सानै देखि चन्चले स्वभावका थिए । सेवा भावका थिए । उनी राजनीति प्रति निकै चासो राख्थे । जनसेवा र राजनीति उनका प्राथमिक विषय पनि थिए ।
सानै देखि जिल्लाको विकासमा अग्रसर हुने उनी काँग्रसभित्र पनि सबै कार्यकर्ताको समान नेतृत्व गर्ने क्षमताका नेता हुन् । बीचमा उनले विभिन्न क्षेत्रमा रहेर समाजसेवा गरे । राजनीतिक पृष्ठभुमिमा हुर्किएका बुढा राजनीतिमा हुने संकिर्णबाद भन्दा निकै फराकिलो छन । उनले भने,‘राजनीति पनि समाजसेवा हो ।
हाल काँग्रेसको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा जितेका बुढाले काँग्रेस पार्टी थप उचाईमा पुराउन महत्वपुर्ण भुमिका र योगदान दिने आम काँग्रेसीजनहरुको अपेक्षा छ । राजनीतिक एक सेवा हो जागिर होइन्, जनताका लागि काम गर्नुपर्छ, नीजि स्वार्थका लागि होइन भन्ने एक उदाहण पनि कार्मा बुढाले दिने आम जुम्लीबासीको आशा छ ।
प्रदेश सभा उम्मेदवारमा काँग्रेस नेता कार्मा बुढा सिफारिस
प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस