एकीकृत समाजवादी त्यागेर चापागाईं फर्किए एमाले

रुपन्देही , नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।  एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं ​अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।
इतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पूर्व कार्यकारी अध्यक्ष समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस