
यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो ।
त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् । बिहीबार रातोपाटीसँग कुरा गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूहरु समितिमा बयानका लागि नजाने बताइन् । कार्कीले भनिन्, ‘हामीलाई हिजो पत्र काटेर समितिमा बयानका लागि बोलाइएको थियो । हामीहरुले त्यहाँ नजाने निर्णय गरेका छौँ । हामी कोही पनि त्यहाँ जाँदैनौं ।’
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार



