जुम्लाका गठबन्धन दलका साँझा प्रतिबद्धताःपूर्वाधार विकासदेखि प्राविधिक विश्वविद्यालय स्थापनासम्म’


जुम्ला । जुम्लाका गठबन्धन दलको साँझा प्रतिबद्धता पत्र सार्वजानिक गरिएको छ । नेपाली काँग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टीको तीन दलीय गठबन्धनको साँझा चुनावी प्रतिबद्धतापत्र सार्वजानिक गरिएको हो ।

घोषणा पत्रमा सडक पूर्वाधार विकास,अन्तरजिल्ला जो्ड्ने सडक निर्माण,प्राविधिक विश्व विद्यालय स्थापना गर्ने,संचार,स्वास्थ्य,शिक्षा,कृषि लगायतको क्षेत्रको आबश्यकतामैत्री विकास गर्ने विषय उल्लेख छन् ।

गठबन्धनका तर्फबाट माओबादी केन्द्रकी नेतृ गोमा कुँवर प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । भने निर्वाचन क्षेत्र (क) बाट नेपाली काँग्रेसका तर्फ ललितजंग शाही र निर्वाचन क्षेत्र (ख) बाट नेकपा एकिकृत समाजबादी पार्टी तर्फबाट कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री पदम रोकाया उम्मेदवार बनेका छन् ।

चुनावी ऐजण्डाका साथ मतदाता भेटघाटका लागि गाउँ फसेका गठबन्धनका उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । जनताको माग र आबश्यकता अनुसार संविधान रक्षा गर्न राजनीतिक स्थायीत्व कायम राख्न गठबन्धन भएकोले जुम्लामा गठबन्धनले जित्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोमा कुँवर बताउँछन् ।

गठबन्धन दलका साँझा प्रतिबद्धता पत्रमा जितेपछि जनताका सेवा र जुम्लालाई कर्णाली नमुना जिल्ला बनाउन सकिने खालका योजना तथा कार्यक्रमलाई मात्र प्रथामिकता दिइएको कुवँरको भनाई छ ।

सिंजा सभ्यताको विकासका लागि पनि आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्र (ख)का गठबन्धनका उम्मेदवार पदम रोकाया बताउँछन । जुम्लाको विकासमा चिन्ता चासो राख्दै, व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर एक पटक जनताको सेवा गर्न इच्छुक रहेको जनताको अमुल्य मतद्धारा विजयी हुने रोकायाको अपेक्षा छ । कर्णालीको भौतिक मन्त्रीका हिसाबले जुम्लाको पूर्वाधार विकासमा उल्लेखीय काम गरेको हुनाले पनि जीत सुनिश्चित रहेको रोकायाको दाबी छ ।

यता निर्वाचन क्षेत्र (क) का काँग्रेसका उम्मेदवार ललितजंग शाहीले गठबन्धनको बलियो सम्बन्ध र विश्वास चुनावी परिणामले देखाउने बताए । उनले भने,“विश्वास भन्न खोजेको जीत हो । जुम्लामा तीन दलीय गठबन्धनले संघ र प्रदेशका बहुमत ल्याएर जित्छ । यसमा दुई मत छैन् । स्वतन्त्र अन्य उम्मेदवारले केहि मत काट्ने कुरा तपशिलका विषयहुन । आत्तिनु पर्ने अबस्था छैन् ।”

यसरी गठबन्धनका उम्मेदवारले आफु जित्ने ठोकुवा गरिरहँदा साँझा प्रतिबद्धता पत्रमा भने खास्सै नविनतम कुरा उल्लेख गरेको पाईदैन् । तथापी सडक यातायात अन्तरर्गत कर्णाली राजमार्गको स्तरबृद्धि गर्ने,नाग्म–गमगडी सडकको स्तरबृद्धि गर्ने,अन्तर जिल्ला सडक निर्माणमा जोड दिने,विपदबाट क्षतविक्षत संरचनाको पुर्ननिर्माण गर्ने लगायतका विषयहरु छन् ।

हवाई यातायात तर्फ,हवाई सेवालाई सहज र सर्वसुलभ बनाउने,साविक कर्णालीका जिल्लाबाट सुर्खेत उडान सहज र नियमित गरिने उल्लेख छ । भने विद्युतीकरण तर्फ,स्थानीय विद्युत उत्पादनमा जोड दिनुका साथै राष्ट्यि प्रशारण लाईनको बत्ती नियमित र भरपर्दो गरिने छ । संचारलाई नियमित र भरपर्दो गरिने छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाको स्तरबृद्धि गर्ने,प्राविधिक विश्व विद्यालयको स्थापनाका लागि पहल गर्ने,सामुदायिक विद्यालयको शिक्षा गुणस्तर बनाउने,जुम्लाको पर्यटन विकास र रोजगारी सृजनामा जोड दिने,कृषि पकेट क्षेत्र निर्धारण र विकासमा जोड दिने,अर्गानिक उत्पादनलाई प्रथामिकता दिने,साना तथा मझौला उद्योग स्थापना गरी रोजगारी सृजन ागर्ने,हाइअल्टीच्युट तालिम केन्द्र स्थापना गर्ने,बृहत्त धौलिघाड खानेपानी आयोजना सम्पन्न गर्ने,लगायत विधित एजेण्डाहरु सार्वजानिक गरिएको छ ।

एजेण्डा हेर्दा सबै पुराना देखिएपनि कार्यान्वयन भएको खण्डमा जिल्लाको विकासमा कायापलट हुने देखिन्छ । तथापी प्रतिबद्धता पत्र मात्र चुनावी कागजी घोडा बन्छ की भन्ने मतदाताको आशंका छ ।
यस्तो छ गठबन्धन दलका साँझा प्रतिबद्धतापत्र ः

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस