जुम्ला, १६ कार्तिक । गाउँमा रोजगारी नभएको नगन्य मात्रामा नेपाली यूवा खाडी मुलुक तथा भारतमा कामको खोजिमा जाने गरेका छन् । गाउँमा सम्भावना नदेख्ने र गाउँमा ईलम गर्न लाज मान्ने प्रबृत्तिका कारण रोजगारि खोज्न पलायन हुने यूवाको संख्या बढ्दो छ ।
एकातर्फ तिनै तहका सरकार संग रोजगारी सृजनाको ठोस नीति नहुनु र अर्कोतर्फ शिक्षित यूवाहरुनै गाउँघरमा ईलम गर्न,व्यापार व्यवसाय,कृषि उद्यमशिलता गर्न हिचकिच्याउने प्रबृत्तिले गर्दा बेरोजगारीको समस्या चुलिदै गएको छ । अझ मुलुुकका सात प्रदेश मध्य बेरोजगारीको समस्या कर्णाली प्रदेश बढी छ । गत आवको आर्थिक सर्वेक्षणको रिपोर्ट अनुसार कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेर ३९ प्रतिशत पुगेको छ ।
तथ्यांकिय रुपमा हेर्दा गरिबी घटेको छ । यस अर्थमा कर्णालीका यूवा युवतीको रोजगारी दर बढेको हुनु पर्ने हो । तर वास्तविक रुपमा रोजगारी बढेको देखिदैन् । अझै दशै तिहार मनाई सकेपछि हजारौको संख्यामा कर्णालीबाट कमाउन कालापहाड जाने गरेका छन् । त्यहि रुपमा खाडि मुलुकमा जानेको सख्या पनि अत्यधिक छ ।
तर संघियतापछि बेरोजगारी अन्त्यका लागि उल्लेखीय काम हुन नसकेको अबस्थामा जुम्ला तातोपानी गाउँपालिका ४ का ददिमने सार्की विगत एक दशकदेखि गाउँमै व्यवसायीक माछा पालन गरेर मनग्य कमाउदै आउनु भएको छ । परिक्षणका रुपमा गरिएको माछा पालन सफल भएपछि सार्की माछा पालनमा जमेका हुन् । गाउँमै रोजगाी सृजना संगै मनग्य आम्दानी गर्दै आएका सार्की दशकदेखि माछा पालनमा रम्दै आउनु भएको हो ।
सदरमुकाम खलंगादेखि करिब १५ किमि टाढा दुर्गम खिडिखोला गाउँमै एक दशकदेखि माछा पालन गरि आम्दानी गर्दै आएका छन् । गाउँमा माछाको माग बढ्दो छ । माछा पालनबाटै परिवार चलेको छ । आम्दानी पनि राम्रो छ । ददिमनेले भन्नुभयो,“कमलकार जातको माछाबाट व्यवसाय सुरु गरेको हुँ । अहिले झण्डै ५ प्ररकारका माछा छन् । गाउँपालिकाको सहयोग सुन्य छ । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालयबाट घेराबार पाएको छु । व्यक्तिगत ६ लाख लगानी छ । कतैबाट सहयोग नपाएपनि तर मैले माछा पालनलाई निरन्तरता दिएको छु ।”
गत आवमा माछा पोखरी निर्माण गरेपनि स्टमेट अनुसार काम नभएको भन्दै तातोपानी गाउँपालिकाले नदिएको गुनासो गर्नुभयो । गाउँमै गरेको उधमशीलाई प्रोत्साहन गर्ने ठाउँमा पूर्वाधार निर्माण गरेको पनि बजेट भुक्तानि नदिएको दुखेसो पोख्नुभयो ।
जुम्ला सदरमुकामदेखि विभिन्न स्थानीय बजारमा लिएर बेच्ने गरेको उनको भनाई छ । गाउँमै पुगेर माछा लिनेलाई सहुलियत मुल्यमा समेत दिने गरेका छन् । गाउँमै ५ सय माथि देखि एक हजार तल प्रतिकेजि माछा बिक्रि भईरहेको छ । सिजनमा माछाबिक्रि बाट मासिक १० हजार बढी आम्दानी भईरहेको समेत सार्किले उल्लेख गर्नुभयो । कार्तिक देखि बैशाख जेठसम्म माछा बिक्रि हुने गरेको छ । भने माछापालनमा छोराछोरीको साथ छ ।
असारमा ३ हजार भुरा पोखरीमा छोडिएको छ । कम्तीमा ५ लाख बढी आम्दानी हुने अपेक्षा ददिमने सार्कीको छ । कार्तिक अन्तिम साताबाट माछा बिक्रि गरिने छ । गाउँमै गरिएको उधमशिलताले अन्य यूवाका लागि प्रेरणाका स्रोत बनेका छन् । स्थानिय गोपीकृष्ण पाण्डेले भन्नुभयो,“गाउँमै गरेको माछा पालनले सेवा संगै आम्दानी पनि भएको छ । बेरोजगार यूवाका लागि पनि एक उदाहरण बनेको छ । व्यवसाय विस्तारका लागि आबश्यक सहयोग गर्न जरुरी छ ।”
गाउँमै रोजगारी सृजना र व्यवसाय प्रर्बद्दनका लागि स्थानीय सरकारले ठोस नीति निर्माणमा जोड दिन आबश्यक छ । यूवालाई निरब्याजी ऋण दिने,सहुलियत कर्जा,उत्पादनका आधारमा अनुदान तथा उत्कृष्ट उद्यमीलाई सम्मान प्रोत्साहनको नीति निर्माण तथा कार्यान्वयनमा जुम्लाका आठै स्थानीय तहले ध्यानदिन माछा पालक सार्किको भनाई छ ।