‘जनताले प्रतिक्षा गरेको अनुहार र पात्र मै हु,मेरो जीत सुनिश्चित छ’ःधिरेन्द्र गिरी


जुम्ला । आसन्न मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा जुम्लामा चुनावी गरगर्मी बढेको छ । आफ्ना एजेण्डा सहित मतदाता रिझाउन उम्मेदवार घरदैलोमा व्यस्त छन् ।

नेकपा एमालेका तर्फबाट जुम्ला निर्वाचन क्षेत्र (क) बाट धिरेन्द्र गिरी पहिलो पल्ट चुनावी मैदानमा छन् । २०४६ साल पछिका विभिन्न आन्दोलनले जन्माएको एक बौद्धिक,निडर,समाजसेवी, र पाका नेता मध्य भित्र पर्छन उम्मेदवार गिरी ।

विभिन्न आन्दोलनको नेतृत्व गर्दै झण्डै ३ दशक देखि जनता माँझ रहेर काम गरेका धिरेन्द्र गिरीले प्रदेश सभा सदस्यका लागि जुम्ला प्रदेश (क)बाट पहिलो पटक चुनावी मैदानमा होमिँदा कतिपयले उनलाई कमजोर उम्मेदवारका रुपमा टिप्पणी गरेपनि जनताले प्रतिक्षा गरेको नयाँ अनुहार र सक्षम पात्र आफुनै रहेको र आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

“विभिन्न आन्दोलनको नेतृत्व गर्दै झण्डै ३ दशकदेखि जनता माँझ रहेर काम गरेका गिरी एक पाका तथा जनप्रेमी नेता हुन् । जनताले प्रतिक्षा गरेको नयाँ अनुहार र सक्षम पात्र आफुनै रहेकोले मंसिर ४ पछि आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ ।”

अबश्य पनि २०६४ यताका विभिन्न निर्वाचनमा जितेर गएका प्रतिनिधिले अपेक्षाकृत काम गर्न नसकेको,जितिसकेपछि फर्केर पनि नआएको,जनताको हित भन्दा आफ्नो स्वार्थका लागि बढी काम गरेकोले मदताता नयाँ अनुहारको प्रतिक्षामा भने छन् । तर धिरेन्द्र गिरीको जस्तो दाबी अनुसार जनताले प्रतिक्षा गरेको नयाँ पात्र उनी नै हुन वा हैनन भन्ने कुराको पुष्टी मंसिर ४ पछिनै हुने छ ।

जनताको भावना र मुलुकको हित विपरित भएको गठबन्धनबाट जनताले सन्तुष्ट छैन् । जुम्लामा भएको तीन दलीय गठन्बन्धन भित्रको विबाद तिक्कता र अविश्वास अझै कायम रहेको छ । उनले भने,“पछिल्लो समय नेकपा एमाले झन बलियो हुदै गएको छ । म पनि दशकौदेखि जनता माझमै रहेको मान्छे हुँ । मलाई जनताले नजिकबाट नियालेका छन,काँग्रेस भित्रकै बाँगी उम्मेदवार हुनु,राप्रपाको उम्मेदवार नहुनु,नेमकिपा कमजोर हुनुनै मेरो जित्ने आधार हुन् । मेरो जीत सुनिश्चित भएपछि धेरैलाई टाउँको दुखाई बनेको छ ।”

जुम्लाको कम्युनिस्ट आन्दोलनको शुरुवातीदेखि नै सक्रिय रुपमा राजनीतिमा होमिएका गिरी जनप्रिय नेतामा पर्छन् । उनी भन्छन,“मेरो पृष्टभुमि अरुको जस्तो धमिलो छैन् । मेरो राजनीतिक जीवनमा कहिले पनि मेरा आफन्त नातागोतालाई पदमा पुराउने,शिक्षा दिक्षा दिने र विलासी जीवन बिताएको छैन् । आफ्नो कारणले छोराछोरी समाजको भविष्य नबिग्रियोस भनेर राजनीतिक सेवा हो भन्ने सिकाएको छु । भोली मैले जितेपछि पनि आम जनताका सेवक नै बन्ने हुँ ।”

मतदाता असिमित माग छन् । तर मैले घरदैलो जादा मतदाताको गुनासो सुनेपनि अन्य उम्मेदवार जस्तो यसो गर्छु उसो गर्छु भनेर महोत्वकाँक्षी सपना बाडेको छैन् । मेरो प्रथामिकता नीति निर्माणमा रहन्छ । जितिसकेपछि मतदाता विर्सने प्रबृत्तिको अन्त्य गरी पुनः मतदाता सामु गएर उनीका गुनासा सुनी कार्यक्रम बनाउने लक्ष्य राखेको गिरीको भनाई छ ।

जितिसकेपछि फेरी गाउँ नफर्किने गरेको अधिकांश मतदाताको गुनासो छ । म हिजो पनि जनता माँझ थिए । भोली पनि जनता माँझ हुने छु । जितेपनि नजितेपजि धन्यबाद दिन,पटक पटक भेटघाट गर्न जनता माँझ जाने गिरीको प्रतिबद्धता छ ।

उनले थपे,कतिपयले मंसिर १ पछि मेरो उम्मेदवारी निष्क्रिय हुने भन्ने खालको झुटो हल्ला फैलाईरहेका छन् । एमाले जनताको आस भरोसा भएको पार्टी हो । मेरो उम्मेदवारीले आम जनतामा ठुलो आशा जगाएको छ । पार्टी कमिटीले निर्णय गरेर दिएको उम्मेदवारी हो । पैसा दिएर कुनै स्वार्थमा विलिन भएर टिकट ल्याएको हैन् ।कसरी निष्क्रिय हुन्छ ? मेरो जीत सुनिश्चिित देखेर एमालेमा बढ्दो जनमत देखेर विरोधी अत्तालिएका मात्त हुन् ।”

एमालेको लोकप्रियतादेखि अत्तालिएर कांग्रेस, माओवादी र समाजवादी लगायतका पार्टीहरुले पत्तासाफ हुने डरले गठबन्धन गर्न लागेको उनको भनाई छ । जुम्लाको शिक्षा, स्वास्थ्यलाई अब्बल बनाउन,पर्यटन प्रर्बद्धनको ठोस नीति बनाउन,जुम्लाको जल,जमिन,जडिबुटि,जंगलको संरक्षण,परिचालन गर्न,रोजगारी सृजना गर्न, कृपिष उत्वादन बृद्धि,प्रशोधन तथा बजारीकरणको नीति बनाउन आफ्नोे उम्मेदवारी रहेको समेत उनले बताए ।

जुम्लाको आर्थिक समृद्धी,रोजगारी सृजना,निर्यात प्रर्बद्धन,सडक विस्तार र किसानको जीवनसुधार हुने खालको नीति निर्माणमा जोड दिने समेत उनको प्रतिबद्धता छ । नीति बिना विकास र समद्धी सम्भव छैन् ।

अहिले सम्म कर्णालीमा यातायातको भाडादर निर्धारण गर्ने,विभिन्न राजश्व उठाउने,स्रोत परिचालन गर्ने,रोजगारी सृजना गर्ने, निर्यात प्रर्बद्धन, जस्ता अत्याआबश्यक कानुन बनेका छैनन् । जसका कारण सम्भावना भएर पनि जुम्लीले अबसर पाएका छैनन् । त्यसैले आफ्नो पहिलो प्रथामिकतानै नीति निर्माणमा रहने समेत गिरीको जोड ।

 

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस