‘राष्ट्को नेतृत्व गरेर देखाउन र समृद्ध जुम्ला बनाउन मेराे उम्मेदवारी’ःज्ञानेन्द्र शाही


जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकीए संगै जुम्लामा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा त्रिपक्षिय खरो प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन,राप्रपा र नेकपा एमालेका उम्मेदवारबीच प्रतिनिधि सभाका लागि त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने छ । जुम्लामा स्थानीय तहको निर्वाचनमा ५९२ मत मात्रै प्राप्त गरेको राप्रपा जुम्लामा पुन उदय हुने देखिन्छ ।

भ्रष्टचार विरुद्धका अभियान्ता हुदैँ राप्रपाको केन्द्रिय प्रवक्ताबाट अहिले जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका ज्ञानेन्द्र बहादुर शाहीको व्यक्तित्वका कारण राप्रपामा जनलहर बढ्दो छ । जनताले प्रतिक्षा गरेको नयाँ अनुहार र पात्र आफुनै रहेको र जीत सुनिश्चित रहेको दाबी शाहीले गर्दै आएको छन् ।

यदपी,त्यसको एक उदाहरणका रुपमा सोमबार बृहत आमसभा तथा शक्ति प्रदेश गरेर ज्ञानेन्द्र शाही जिताउ अभियानले देखाएको छ । ५९२ मत भएको राप्रपाले सोमबार जुम्लामा ७ हजार बढीको संख्यामा समर्थक,शुभचिन्तक र कार्यकर्ता सदरमुकाम ओरालेको थियो । जुम्लाका आठै पालिकाका २ सय १२ वटा गाउँको घरदैलो पछि ज्ञानेन्द्र शाही जिताउ अभियानले आमसभा गरेको हो । आमसभामा जुम्ली नागरिकको उत्साह पुर्ण सहभागिता रहेको थियो ।

एक पटक मुलुकको नेतृत्व जुम्ली छोराले गरेर देखाउने,आर्थिक भ्रष्टचार अन्त्य गर्ने, सुगम र समृद्ध जुम्ला बनाउने एजेण्डा बोकेर घरदैलो गरेका उम्मेदवार ज्ञानेन्द्र शाहीले पुनः मुलुकको नेतृत्व गर्न र सुगम जुम्ला बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

राप्रपाका केन्द्रिय प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शाहीले मुलुकलाई भ्रष्टचार मुक्त बनाउन हलोमा भोट हाल्न मतदातालाई अपिल गरेका छन् । जुम्ली छोराले मुलुकको नेतृत्व गरेर देखाउने,भ्रष्टचारलाई निर्मुल पार्न,जुम्लाको स्याउ,सिमि,जडिबुटि,ओखर,ढटेलो लगायत बस्तुको बजार प्रर्बद्ध गर्न र समृद्ध जुम्ला निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

सोमबार जुम्ला सदरमुकाममा आयोजित विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै शाहीले २०६४ यताका विभिन्न निर्वाचनमा जिताएर पठाएका नेताले जुम्लाको विकास गर्न नसकेको र केन्द्रको मन्त्री बन्नै हैसियत नराखेको उल्लेख गरे ।

भ्रष्टचार विरुद्धको अभियान्ता हुदँै राजनीतिमा आएका शाहीले कुनै दल र पार्टीका विरुद्ध नभई जुम्लाको आर्थिक समृद्धी,भ्रष्टचार अन्त्य र जुम्ली छोराले मुलुकको नेतृत्व गर्न सक्छ भन्ने देखाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले भने,“३४ वर्षदेखि जुम्लाका सबै नेता केन्द्रका दास भए,कसैले मुलुकको नेतृत्व लिन सकेनन् । सधै दास भईरहे । जसका कारण जुम्लाको विकास ओझेलमा पर्यो । त्यसैले अब जुम्ली छोराले मुलुकको नेतृत्व गर्न सक्छ, काठमान्डौका टाउकेलाई दाँस बनाउन सक्छ भन्ने देखाउन मेरो उम्मेदवारी हो । कुनै दल पार्टी र व्यक्तिका विरुद्ध मेरो उम्मेदवारी हैन् ।”

जुम्लाको स्याउ,ओखर,मार्सी चामल,कोदो,फापर,ढटेलोले उपयुक्त मुल्य पाएको छैन् । जडिबुटि निर्वाध रुपमा विक्री गर्न पाउने नीति छैन् । आफ्नो उत्पादनको आफै मुल्य निर्धारण गर्ने क्षामता किसान संग छैन् । किसानका उत्पादन सरकारले किन्ने नीति बनाउन समेत पहल गर्ने शाहीको आश्वास छ । उहिले देवता नमान्ने,मन्दिर भत्काउने प्रचण्डले अस्ती प्रेतआत्मको कुरा गरेको स्मरण गर्दै शाहीले प्रचण्ड आफ्नो सिद्धान्तबाट स्खलित भईसकेको कटाक्ष दिए । जुम्लाबाट ज्ञानेन्द्रले आफु माथि खनिने,नेतृत्व खोस्न सक्ने डरले अस्ती जुम्ला आएको समेत उल्लेख गरे ।

जुम्लाका २१८ मध्य २१२ गाउँमा पुगेर फर्किदा जनता नयाँ अनुहारको प्रतिक्षामा रहेको र जुम्लाको विकासका लागि मुलुकको नेतृत्वका लागि ज्ञानेन्द्र शाही सक्षम उम्मेदवार हो भन्ने बुझिसकेको कारण जनलहर बढ्दो क्रममा भएको आफ्नो जीतलाई कुनै शक्ति र ताकतले अब रोक्न नसक्ने समेत शाहीको दाबी छ ।

पार्टी,विचार र सिद्धान्त भन्दा माथि उठेर भोट गर्न जुम्ली जनता सचेत हुन जरुरी छ । विगतमा धेरैलाई जितायौ काम गर्ने तवर तरिका पनि हेर्यौ । अब एक पटक हलोमा भोट गर्नुहोस् । परिणम मुखी काम हुने छन् ।

प्रदेश (क)का समानुपातिक उम्मेदवार तथा राप्रपा सह–महामान्त्री रमानन्द न्यौपानेले भने,“जनता नयाँ अनुहारको प्रतिक्षमा रहेको र ज्ञानेन्द्र शाही बाहेक सबै परिक्षण भएका उम्मेदवार हुन् । पार्टी भन्दा माथि उठेर जुम्लाको समृद्धी र आर्थिक भ्रष्टचार अन्त्यका लागि हलोमा भोट हाल्नुको विकल्प छैन् ।”

२०६४ यताका विभिन्न चुनावमा जिताएर पठाएका नेताले जुम्ली जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै जुम्लाको भाग्य भविष्य कोर्नका लागि पनि सक्षम व्यत्तिनै ज्ञानेन्द्र शाही भएकोले हलोमा भोट गर्न उनको अपिल छ ।

उनले भने,“राज्यले जुम्लीलाई दोस्रो दर्जाको नागरिकमा रुपमा हेर्ने गरेको छ । कर्णाली प्रतिको नजर फेर्नका लागि पनि हलोलाई भोट दिनुआबश्यक छ । पार्टिका विरुद्द नभई जुम्ला समृद्दिका लागि ज्ञानेन्द्रको उम्मेदवारी हो । ज्ञानेन्द्र शाही बाहेक अरु सबै परिक्षण गरेका उम्मेदवार हुन । नयाँ फ्रेस ब्यक्ति ज्ञानेन्द्र शाहि हुन् । मेचिदेखि महाकालीका रोलमोडल यूवा शाहिलाई जिताएर मुलुकको नेतृत्व गर्ने ठाउँमा पठाउनु जुम्लाको आबश्यकता हो ।”

त्यस्तै,राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार मनसुर सुनाले राप्रपा दलित,निमुखा,गरिबको पार्टी भएको र ज्ञानेन्द्र शाहीको उपस्थितीले जुम्ली जनतामा आशा पलाएकोले हलोमा भोट गर्न अनुरोध गरे ।

उनले भने,“गरिब र दलितको घरमा जन्मीएको म जस्तो मान्छेलाई स्टेच पाउने आशा थिएन । तर अहिले जुम्लामा ज्ञानेन्द्र शाही आएपछि राप्रपा पनि उदय भएको र दलितले पनि अबसर पाएका छन् । माओबादि आन्दोलनबाट जुम्लाका सबैभन्दा दलित पिडित भएका छन् । तर ती दलितहरुले अहिले सम्म कुनै दलितले असवर पाएका छैनन् । तर राप्रपामा ज्ञानेन्द्र शाहीकै कारण आफुले जस्ता दलितले अबसर पाएका छौ । त्यसैले हलोमा भोट हाल्नुहोस ।” जुम्ला जनता सचेत भईसकेकोले ज्ञानेन्द्र शाहीको जीत सुनिश्चित रहेको राप्रपा नेता विर्ष बहादुर शाहीले बताए ।

अप्रत्यासी शक्ति प्रर्दशन
स्थानीयको निर्वाचनको मत परिणाम अनुसार जुम्लामा राप्रपाको मत संख्या ५ सय ९२ वटा मात्रै छ । तर ज्ञानेन्द्र शाही राप्रपाको उम्मेदवारका रुपमा जुम्ला आएपछि एकाएक राप्रपा प्रतिको आर्कषण बढेको छ । सोमबार भएको आमसभा भएको अप्रत्यासी शक्ति प्रर्दशनले राप्रपा पुनः उदय भएको नेताहरुको दाबी छ ।

आमसभामा ५ हजार कार्यकर्ता शुभचिन्तक ओराल्ने लक्ष्य भएपनि अप्रत्यासी रुपमा जनताको भेला भएको राप्रपा जुम्लाका अध्यक्ष बेद बहादुर शाहीले बताए ।

उनका अनुसार अनुमानित ७ हजार नागरिकको सहभागिता रहेको थियो । राप्रपाले गरेको आसमभा तथा शक्ति प्रर्दशनले गठबन्धन तथा एमालेलाई ठुलो धक्का पुग्ने अनुमान छ । राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही संगै गठबन्धनबाट गोमा कुवँर गौतम,एमालेबाट रतननाथ योगी र नेमकिपाबाट डिल्ली प्रसाद काफ्ले प्रतिनिधि सभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस