जुम्ला । जुम्ला प्रदेश सभा क (ख) मा ९ हजार ६५७ मत गणना हुँदा एमालेका टेकराज पछाईले अग्रता लिएका छन् । यश अघि नेकपा एसका पदम राेकायाले अग्रता कायम गरेका थिए ।
तर पछिल्लाे मत परिणाम अनुसार पछाईले राेकायालाई पछि पार्दै अग्रसरता लिएका हुन् । उनले ३५ सय १७ मत प्राप्त गरेका छन् ।
भने उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका पदम बहादुर राेकायाले ३३ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले १८ सय ८९ मत प्राप्ति गरेका छन् भने नेमकिपाका विर्ष रावतले पाँच सय १० मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार



