विकास र सेवाको अग्रपंक्तीमा हिमा गाउँपालिका

जुम्ला । मुलुकमा संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष बित्यो । जनताका असिमित आबश्यकता बीच सिमित स्रोत साधनले स्थानीय सरकारले उल्लेखीय काम गरेका छन् । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी,पूर्वाधार गायतका क्षेत्रको आधारभूत विकाससंगै चुस्त सेवा प्रवाहमा जोड दिदै आएका छन् । जसको अग्रपंक्तीमा हिमा गाउँपालिका देखिन्छ ।

बितेको बैशाख ३१ गते सम्म दोस्रो स्थानीयतहको निर्वाचनबाट निर्वाचित हिमाका अध्यक्ष लक्ष्मण शाही लगायतका नयाँ जनप्रतिनिधिले कर्णालीमै नमुना बन्ने ध्येले चुस्त सेवा प्रवाह र विकासको लहर बढाउदै गएको पाइएको छ ।

जुम्लामा एक नगरपालिका सहित सात गाउँपालिका छन् । तर तुलनात्मक रुपमा पूर्वाधार विकास,प्रत्यक वडामा आफ्नै भवन,लाखौ बृक्षा रोपक्षणको अभियान,डिजिटल सेवाको अबधारणा लगायतका कामहरु हिमाले निरन्तर अघि बढाएको छ ।

पाँच वर्षमा २ लाख ५० हजार विरुवा रोप्ने अभियान अन्तरर्गत ४० हजारबढी विरुवा रोपिएको छ । पालिकाका ७ वडामध्य ६ वटा वडा आफ्नै भवनमा संचालित छन् । ७ नम्बर वडा बाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई संचालनमा छन् ।

पालिका भरीका नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिएको छ । भने हिमाको १ नम्बर वडाले भत्ता बुझ्न निशुल्क गाडीको व्यवस्था गरेका छ । उल्लेखीय कामहरुलाई हेर्दा हिमा गाउँपालिका विकास र सेवा प्रवाहमा जिल्लाकै अग्रपक्ती (पहिलो) पालिका बनेको छ । शिक्षा,स्वास्थ्य,खानेपानी,सिचाई,पर्यटन प्रर्बद्धन,कृषि,सडक भवन निर्माण लगायत विकास र सेवाको अग्रपंक्तीमा हिमाले आफुलाई स्थापित गर्न निरन्तर लागि परेको छ ।

गाउँगाउँमा ठडिए सिंहदबार
जुम्लाका आठवटै स्थानीय तह र करिब ९० प्रतिशत वडा पालिका भाडाकै घरमा सञ्चालित छन् । जसले गर्दा साँघुरो कोठाबाटै सेवा प्रवाह गर्न कर्मचारी बाध्य छन् । बितेको पाँच वर्षमा गाउँपालिका र वडापालिकाको प्रशासनिक भवन निर्माण, जग्गा खरिदमा स्थानीय तहले चासो दिएनन् । फलस्वरुप अहिले पनि अधिकांश वडा तथा गाउँपालिका वर्षेनि लाखौं तिरेर भाडाकै घरमा कार्यालय चलाइरहेका छन् । भाडाका घरबाट न नागरिकले सहज सेवा पाउन सकेका छन् न कर्मचारीले प्रभावकारी सेवा दिन सकेका छन् ।

तर जुम्लाको हिमा गाउँपालिकाका ७ वटा वडामध्ये चारवटा वडामा सुविधा सम्पन्न भवन निर्माण भएका छन् । दुर्गम गाउँका नागरिकलाई सजह, सरल छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले चारवटा वडामा नयाँ पक्की भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ भने, वडा नं.१, ५ र ६ का कार्यालय गाविस भवनमा सञ्चालित छन् ।

संरचना बिना छिटो छरितो सेवा प्रवाह सम्भव छैन । सिंहदबारको अधिकार मात्र हैन संरचना पनि गाउँमा पुराउने लक्ष्यअनुसार हिमा गाउँगाउँमा सिंहदबार ठडिएका छन् । सात वडामध्ये ६ वटा वडामा आफ्नै भवनबाट सेवा सुरु भइसकेको छ ।

हिमाका अध्यक्ष लक्ष्मण शाहीले हिमालाई जिल्लाकै नमुना पालिका बनाउन आफ्ना चुनावी घोषणापत्रको अक्षरशःपालना गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो,“गाउँमा ठडिएका भौतिक सिंहदबारले सेवामा पनि सिंहदरबार झल्काउनु पर्छ । पूर्वाधार विकास र सेवा प्रवाह शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना पालिका हिमा बनाउने अभियानमा छांै ।”

सिमित स्रोतले असिमित चाहना परिपुर्ति गर्न आबश्यक योजना चाहिन्छ । इच्छा शक्ति भएमा बजेट अभाव बाधक बन्न सक्दैन् भन्ने उदाहरण हिमा बनेको छ । जनताले प्रत्यक्ष महसुश गर्ने तर हेर्दा देख्दा सानो लाग्ने आधारभूत विकासमा हिमा अग्रसर छ । वर्खामा बाईक बगाउने हिमा प्रबेशद्धारको खोलामा पुल बनाएपछि रारा जाने पर्यटकलाई ठुलो राहत भएको छ ।

साथै हिमाको ७ नम्बर वडा बाहेक ६ वटा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएका छन् । त्यसबाट पनि नागरिकले संघियताको महशुस नजिक बाट गर्न पाएका छन् । भने,हिमाका दुर्गम गाउँमा विद्यमान इन्टरनेट समस्या पनि अन्त्य भएको छ । फोरजी सहितको इन्टरनेट सेवा सुरु भएपछि हिमाबासी खुसी छन् ।

त्यस्तै, गत असोजमा आएको बाढीले पुल बगाउँदा आवतजावत गर्न कठिनाई भएको हिमाको बड्की मोफ्ला जोड्ने काठेपुल सेनाले बनाउँदा तत्कालिन राहत भएको थियो । तर हिमा सरकारले ४८ लाख बढीको लागतमा भने दुई वडा जाड्ने झुलंगे पुल निर्माण थालिएको छ । काठेपुल दिगो समधान नभएको र वर्षेनि आउने बाढीले समस्या निम्त्याउने भन्दै झुलंगे पुल निर्माण थालिएको हो । वर्षौदेखि भवन अभावले काचिएर पढ्नु पर्ने बाध्यता खेपिरहेको रुपाकोट विद्यालयमा ३६ लाख लगातमा पक्की भवन बनेको छ । जसले गर्दा पठक पाठनमा सहज भएको छ ।

जिल्लाकै नमुना बन्ने अठोट
बैशाख ३१ को चुनावमा चुनिएका हिमा नयाँ जनप्रतिनिधिहरु हिमालाई जिल्लाकै नमुना बनाउने अठोटका साथ काम गरिरहेका छन् । शिक्षा क्षेत्रलाई हिमाले पहिलो प्रथामिकता दिएको छ । अध्यक्ष लक्ष्मण शाही भन्छन,“समाजमा हुने खाने र हुँदा खाने बीचको विभेद अझै कायम छ । त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा देखियो । धनी र गरिबले आर्जन गर्ने शिक्षामै विभेद छ । त्यसैले हिमाको शैक्षिक क्षेत्र सुधारमा विशेष जोड दिएका छौ । पाँच वर्षमा शिक्षा क्षेत्रमा देखिने खालका सप्टवयर तथा हाडवयरका थुप्रै काम गर्ने योजना छ ।”

जुम्लाका आठै पालिका मध्य शिक्षा,विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना बन्ने कसरतका साथ काम अघि बढाइएको अध्यक्ष शाहीले जानकारी दिए । उहाँका अनुसार हिमाका २२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई गर्ने प्रक्रिया थालिएको छ । प्रत्यक विद्यालय डिजिटल हाजिरी,फ्रि वाइफाई,सिसि क्यामरा जडान गरिदै छ ।
साथै हिमा गाउँपालिकालाई विकास र सेवा प्रवाहमा कर्णालीकै नमुना पालिका बनाउने लक्ष्यका साथ हिमाका कर्मचारी र जनप्रतिधि जुटेका छौ । अध्यक्ष शाहीले थप्नुभयो,“कुनै पनि कर्मचारीले बिना सर्त छिटो छरितो सेवा दिने छन् । हेल्पडेस्कको स्थापना गरेका छौ । भने सुनुवाईलाई प्रभावकारी बनाईने छ । विकास निर्माणलाई विगतको भन्दा केहि पृथक गर्ने पनि योजना छ ।”

चुनावी घोषणापत्रलाई व्यवहारमा उर्तान र कार्यकाल पछि जनतालाई हिसाब दिनका लागि अनुसार शिक्षा संगै कृषि,खानेपानी,सिचाई,रोजगारी सृजना,भ्रष्टचार न्युनिकरण तथा शुसासन पारदर्शीतामा शुन्य सहनशीलता क्षेत्रमा विगतको सरकार भन्दा देखिने गरी काम गर्ने समेत अध्यक्ष लक्ष्मण शाहीको प्रतिबद्धता छ ।
बढ्दो जलवायु परिवर्तनबाट बच्न,वाताबरण संरक्षण गर्न तथा बाढी भुक्ष्य जस्ता घटना न्युनिकरण गर्न ‘ग्रिन रोड ग्रिन रिभर’को नीति अनुसार पाँच वर्षमा २ लाख ५० हजार विरुवा रोप्ने अभियान समेत थालिएको छ ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस