
जुम्ला । विगत एक वर्षदेखि कर्णालीमा संचालित पुर्व व्यवसायीक संसदीय अभ्यास सहयोग कार्यक्रम(पिपिएसपी) कार्यक्रम सम्पन्न भएको छ । पुनः नयाँ स्वरुपमा संचालन हुने भएपनि पहिलो चरणको कार्यक्रम सम्पन्न भएको हो । पिपिएसपीले यूवालाई नीति निर्माणदेखि राजनीतिक नेतृत्व लिन अग्रसर बनाएको पिपिएसपी फेलोज रुकुमपश्चिमकी भावना शर्माले बताईन् ।
आफ्ना अनुभव सुनाउँदै भावना लगायत जुम्लाका सागर परियार,सुर्खेतका प्रेमबदा खड्काले पिपिएसपी सार्वजानिक नीति निर्माणमा यूवालाई प्रेरित गरेको उल्लेख गरेका छन् । कर्णालीका ५० जना यूवा मध्य विभिन्न चरण पार गर्दै १२ जनाले सांसदहरुको ज्ञान सहायकको रुपमा काम गर्ने अबसर पाएका थिए ।
नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डिन थम्सनले सार्वजानिक नीति निर्माणमा यूवा सहभागिता अपरिहार्य रहेको बताएका छन् । देशको विकास र समृद्धीका लागि नीति पहिलो मेरुदण्ड भएको र यूवाको सहभागितामा बन्ने नीतिले समाजको यर्थात बोल्ने र प्रभावकारी कार्यान्वयन हुने उल्लेख गरे ।
पुर्व व्यवसायीक संसदीय अभ्यास सहयोग कार्यक्रम(पिपिएसपी) को समापन कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनग पुगेका राजदूत थम्सनले कर्णालीका यूवाहरुलाई पिपिएसपी कार्यक्रमले नीति निर्माण र नेतृत्वमा पुग्न प्रेरित गर्नुका साथै आबश्यक ज्ञान प्रदान गरेको बताए ।
उनले भने,“कार्यक्रम अवधिभर जेजती सिक्नु भयो,ती सबै व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गर्ने,राजनीतिमा यूवालाई प्रेरित गर्ने कार्यक्रमका उद्देश्य हो । जहाँसम्म उदेश्य परिपुर्ति भएको छ । भने कर्णालीको समृद्धीको खाँका कोर्ने टप १२ जना यूवा तयार भएकाले उनिहरुको दक्षताको प्रयोग हुने आशा छ ।”
कर्णालीका यूवाको सशक्तिकरण,नेतृत्व विकास र नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गर्न आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्न अमेरिकी राजदुतावासले सधै सहयोग गर्ने राजदूत थम्सनले प्रतिबद्धता गरे ।
कर्णाली प्रदेश सभाका निवर्तमान सभामुख राज बहादुर शाहीले सरकारले अपेक्षित लक्ष्य प्राप्तीका लागि सोहि अनुसारका नीति आबश्यक रहेको औल्याए । उनले भने,“विगतको शासन प्रणालीले जनताका आबश्यकता परिपुर्ति हुन सकेनन् । नयाँ व्यवस्था (संघियता) को पहिलो पाँच वर्षमा विद्यायकहरुको कार्यकाल कानुन निर्माणमै बित्यो । कतैबाट सहयोग पाएनौ । तर पिपिएसपी कार्यक्रमपछि खटिएका सांसदका ज्ञान सहायकहरुले नीति निर्माणका लागि उल्लेखीय सुझाब दिँदा सहज भयो ।”
यूवालाई नीति निर्माणमा अग्रसर गराउनुको विकल्प छैन् । यूवा राजगरुक हुँदा पाँका नेतालाई उत्तरदायी बनाउन, युग सुहाउँदो नीति निर्माण गर्न यूवा सहभागिता सुनिश्चिता गर्नुपर्नेमा निवर्तमान सभामुख शाहीले जोड दिए ।
समय छोटो भएको र निर्वाचनका कारण फेलोजहरु संग लामो काम नगरेपनि छोटो समयको समन्वय सहकार्यले यूवाको आबश्यकता खट्कीएको समेत उनको भनाई छ ।
कानुन निर्माण गर्ने विद्यायीकाहरुलाई सहजीकरण गर्न र समाजका बास्तविक समस्यालाई कानुनी रुपमा समधान खोज्ने नीति निर्माण गर्न यूवा सभागिता सुनिश्चित गर्नुपर्नेमा शाहीले जोड दिए
ज्ञान सहायकहरुबाट निवर्तमान सांसदहरुले अपेक्षित काम लिन नसकेकोले नव निर्वाचित सांसदहरुलाई नीति निर्माण उत्तरदायी बनाउन र यूवालाई उर्जाशील बनाउन कर्णालीमा पिपिएसपी कार्यक्रमलाई निरन्तरता दिने समेत दुतावासलाई आग्रह गरे ।
पिपिएसपी कार्यक्रममा कर्णाली प्रदेशका ५० जनाबाट यूवा मध्यबाट विभिन्न चरण पार गर्दै १२ जना यूवाहरु टप १२ मा छनोट भई सांसदहरुको ज्ञान सहायकका रुपमा काम थालेका थिए । एक वर्षको अवधिमा ३ वटा क्याम्प समेत भएका थिए ।
कर्णालीका यूवाहरुको शुक्तिकरण,नीति निर्माणमा सहभागिता बढाउन र राजनीतिमा यूवाको पहुँच बृद्धि गर्ने उद्देश्यले कर्णालीमा पिपिएसपी कार्यक्रम संचालन गरिएको ऋति फाउण्डेसन सुर्खेतका अध्यक्ष कमल लम्सालले बताए । उता पोखरा रिर्सच सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले नेपालमै पहिलो पुर्व संसदीय अभ्यास सहयोग कार्यक्रम गण्डकी प्रदेशपछि कर्णाली प्रदेशमा संचालन गरिएको उल्लेख गरे ।
अमेरिकी राजदुतावासको सहयोग,पोखरा रिसर्च सेन्टरको साझेदारी र ऋति फाउण्डेसन सुर्खेतको समन्वयमा कर्णालीमा पिपिएसपी कार्यक्रम संचालन भएको थियो ।



