नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखि, पारदर्शी र परिणाममुखि नागरिक जवाफदेही हुनु पर्दछ। ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु। मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन।
यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन। यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ। ललितपुर महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि गरेका कामहरु प्रशंशनीय छ। निर्माणाधिन सम्पदाहरुको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरुको प्रवद्र्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृति स्मार्ट सिटीको रुपमा विकास र्ग पनि सहयोग पुग्नेछ।
भौगोलिक पूर्वाधारमा मात्रै जोड नदिई नागरिकलाई खुसी बनाउने तथा उनीहरुलाई सांस्कृतिक मूल्य, मान्यता संरक्षण र सम्वद्र्धन गर्दै अघि बढाएको यस महानगरपालिकाका कामहरु उदाहरणीय छन। आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु। प्राचित सभ्यता र संस्कृतिलाई यथावत संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचिन र आधुनिक सहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन। भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ। यहाँ भएको कामले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ।’
त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे। भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो।