
जुम्ला । कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँकी १३ वर्षिया ममता बुढा आर्थिक अभावले आईसियूमै छटपटाई रहेकि छन् ।
‘बाँयापट्टिकाे फाेक्साे सुकिसकेकाे,टाउमा पानी जमेर ईन्फेक्सन भएकाे र दायाँ पट्टिकाे शरिर चल्न’ छाेडेकाे लगायतकाे राेगबाट ग्रसित ममताकाे चारदिन देखि काेहलपुर मेडिकल कलेजकाे आईसियुमा उपचार भईरहेपनि अझै हाेस नखुलेकाे मामा नाता पर्ने सन्ताेष बाेहाेराले बताउनु भयाे ।
उहाँले भन्नुभयाे,”डाक्टरहरकाे सल्लाहअनुसार भेन्टिलेटरमा लिनुकाे विकल्प छेैन् । चारदिन देखि हाेस बन्द छ । भेन्टिलेटरमा प्रतिदिन १४ हजारबढि खर्च लाग्ने देखिन्छ । घरकाे आर्थिक अबस्था कमजाेर हुँदा भेन्टिलेटरमा लिने पैसा जाेहाे नहुँदा १३ वर्षिय ममताले मृत्यु कुरिरहेकी छन् ।”
बुबा खुम बहादुर बुढा छाेरी त्याे अबस्था देखेर पागल जस्तै भएका छन् । कालापहाड जाने र सामान्य व्यापार गरि परिवार चलाउदै आएका खुमबहादु छाेरीकाे उपचारमा अर्थ अभाव भएपछि सहयाेगकाे खाेजीमा भाैतारिकएका छन् ।
गाउँले साथि भाईकाे सहयाेगमा ४ चार आईसियुमा उपचार भएपनि हाेस नखुलेपछि भेन्टिलेटरमा लिनैपर्ने बाध्यता छ । तर आर्थिक अभावले भन्टिलेटरमा लिन नसकेर जिउदाे लास जस्तै बिरामी पल्टिरहेकाे हेर्नुपर्ने बाध्यता आईलागेकाे मामा बाेहाेराले जानकारी दिनुभयाे ।
तत्काल भेन्टिलेटरमा लिनु पर्ने र नलिए ज्यान तलमाथि हुन सक्ने भएकाेले सहयाेगी मनहरुलाई ईच्छा अनुसार सहयाेग गरि १३ वर्षिया ममता एक उज्जल भविष्य भएकि छाेरीलाई अकालमै मृत्य हुनबाट बचाई दिन समेत आफन्तले अपिल गरेका छन् ।
सहयाेगका लागि मामा नाता पर्ने सन्ताेष बाेहाेराकाे माेबाईल नम्बर (9848209054) मा सम्पर्क गर्न सकिने छ । भने सिधै सन्ताेष बाेहाेराकाे कुमारी बैंक काेहलपुर शाखामा रहेकाे खाता नम्बर ( 0350035968300001 ) मा पैसा पठाउन सक्नु हुने छ ।



