सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी, सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन् । बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

सूचना :

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस