प्रजातन्त्र दिवसको अवसरमा बृक्षरोपण


जुम्ला ः फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवस ! यही दिवसको अवसरमा जुम्लामा बृक्षरोपण कार्यक्रम गरिएको छ । तातोपानी गाउँपालिकाको एैरेनीस्थित डुठेचौरमा बृक्षरोपण गरिएको हो ।


जहाँ सशस्त्र प्रहरी बल गण स्थापना गर्नका लागि भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ । स्याउ, ओखर, देवदियार र सल्लाको गरी तीन सय विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने नांगा डाँडापाखा चौरमा हराबरा गर्नका लागि बृक्षरोपण गरिएको हो ।
बृक्षरोपण कार्यक्रमका प्रमुख अथितिसमेत रहेका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले नांगा डाँडापाखा हरियारी बनाउनका लागि बृक्षरोपण गर्नु असल कार्य हो । उनले भने बिरुवा रोपेर मात्र हुदैन । यसको रेखदेख र संरक्षण, मलजल र ब्यवस्थापन गर्नुपर्ने हुन्छ । २ बिगा ९ रोपनी ३ धुुर जग्गामा बृक्षरोपण गरिएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस