काठमाडौँ , फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।
यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरीको समय भोलि १२ बजेसम्म तोकिएको छ। सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ।
निर्वाचन तालिका अनुसार राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको समय अवधि फागुन २८ सकिदैछ।