सिंजाका विद्यालयमा गुनासो सुनुवाई पेटिका


जुम्ला ः सिंजा गाउपालिका विद्यार्थीका गुनासा सुन्न र कार्यन्वयन गर्नका लागि विद्यालयमा गुनासो सुनुवाई पेटिका वितरण गरेको छ । विद्यार्थीले सहजै रुपमा शिक्षकलाई गुनासो गर्न नसके पनि यो पेटिका मार्फत गुनासो राख्नका लागि विद्यालयमा गुनासो सुनुवाई पेटिका वितरण गरिएको हो ।
गुनासो सुनुवाई पेटिका कार्यवहाक अध्यक्ष तिर्थ वड, वडाध्यक्ष रन्जित बुढा र प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले वितरण गरेका हुन् ।
बिद्यालयमा हुने लैगिक हिंसासँग सम्बन्धित बिषय जुन विद्यार्थीले खुलेर शिक्षकसँग सुनाउन सक्दैनन् । त्यो गुनासो पेटिकामा खसाल्ने अपेक्षा गरिएको सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले बताए । उनले भने शिक्षकलाई गुनासो सुनुवाई सम्बन्धी निर्देशिका तथा कार्यबिधी अनुसार कार्यन्वयन गर्ने निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस