जुम्ला । करिब डेढ दशकपछि जुम्ला बहुमुखी क्याम्पसले नयाँ स्ववियु सभापति पाएको छ । १४ वर्षपछि आईतबार भएको स्ववियु निर्वाचनमा जुम्ला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका महेश हमाल निर्वाचित भएका छन् ।
कुल मतदाता संख्या ७८२ जना रहेको जुम्ला बहुमुखी क्याम्पसमा ५१३ जनाले मतदान गरेका थिए । कुल खसेको मत मध्य १ ४२ मत ल्याउदै नेविसंघका हमाल सभापतिमा विजयी हुनु भएको हो । अखिल (क्रान्तिकारी) का उम्मेदवार विष्ण भण्डारीलाई ३ मतान्तरले पछि पार्दै हमाल सभापतिमा चुनिएको निर्वाचन अधिकृत तथा प्रध्यापक प्रकाश चन्द्र खत्रीले बताउनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का सभापति उम्मेदवार विष्णु भण्डारीले १३९ मत प्राप्त गर्नुभएको छ ।
भने सचिवमा अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसी निर्वाचि हुनु भएको छ । जुम्ला बहमुखी क्याम्पस निर्वाचन समितिका अनुसार जैसीले १४० मत ल्याएर सचिव पदमा विजयी भएका हुन् उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अनिता नेपालीले १३६ मत प्राप्त गरेको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।
कोषाध्यक्षमा १५३ मतसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका उम्मेदवार मेगराज देवकोटा विजयी हुनुभएको छ । सदस्य पदमा सबै माओवाद निकट अखिल (क्रान्तिकारी) का उम्मेदवारले जित हासिल गरेको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।
त्यस्तो छ जुम्ला बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनको सार्वजनिक गरेको मत परिमाण
नेपाल विद्यार्थी संघ
महेश हमाल, सभापति १४२
खगेन्द्र उपाध्याय, सचिव ८९
उर्मिला बुढा, कोषाध्यक्ष ८१
ललिता बुढा, सदस्य ९५
रिता रोकाया, सदस्य १०८
दिपेन्द्र रावत, सदस्य ९१
निशा सेजुवाल, सदस्य ११३
पदम रावत, सदस्य ९९
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)
लोकेन्द्र बुढा, सभापति १३७
अनिता नेपाली, सचिव १३६
धन राज बुढा, कोषाध्यक्ष १४७
सृजना रावत, सदस्य ११५
टेकेन्द्र अधिकारी, सदस्य १०७
उर्गेन लामा, सदस्य १०६
ईश्वर खत्री, सदस्य १५५
मायादेवी रोकाया, सदस्य १०५
अखिल (क्रान्तिकारी)
विष्णु भण्डारी, सभापति १३९
जयकृष्ण जैसी, सचिव १४०
आर्विश कार्की, सदस्य १४८
राम प्रसाद बोहोरा, सदस्य १७३
रण ब. रोकाया, सदस्य १४३
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
मेगराज देवकोटा, कोषाध्यक्ष १५३ विजयी
विनोद भण्डारी, सदस्य १३२ विजयी
स्वतन्त्र विद्यार्थी समूह
पदम कामी, कोषाध्यक्ष ३७
मिमराज कामी, सदस्य ३६
रेखा खड्का, सदस्य ४३
अखिल (क्रान्तिकारी) विप्लव (सी)
रमेश रावत, सभापति ११
सावित्री अधिकारी, सदस्य २२
नेपाल क्रान्तिकारी विद्यार्थी संघ
सपना शाही, सचिव २७
नविन धराला, कोषाध्यक्ष २६
मिमकोशा बोहोरा, सदस्य २७
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन
हरि थापा, सभापति ५८
पन्चकली बुढा, सचिव ७६
सविना हमाल, सदस्य ३८
मुनप्रसाद न्यौपाने, सदस्य ६०
शेर ब. रावत, सदस्य ४४