उच्च अदालत सुर्खेत जुम्ला इजलासका ३७ प्रतिशत मुद्दा फछर्यौट


जुम्ला ः चालु आर्थिक वर्षको ८ महिना यता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश श्रीमण कुमार गौतमका अनुसार २ सय ३० मुद्दा मध्ये चालु आर्थिक वर्षको चैत २७ गतेसम्म ८६ वटा मुद्दा फछ्र्र्यौट भएको हो ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्य न्यायधीश गौतमले भने, “अदालतमा १४४ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । फछ्र्यौट हुन बाँकी रहेका मध्ये ४ वटा मुद्दा ४ वर्षे नाघेकोका मुद्दा फछर्योट भएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश गौतमको भनाई छ ।
उच्च अदालत जुम्लामा दुर्ए वटा इजालस छन । चालु आर्थिक वर्षमा चार वर्ष भन्दा बढी पुराना मुद्दाको संख्यालाई शुन्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायधीश गौतमले बताए । आगामी आर्थिक वर्षमा मुद्दा बाँकी नराख्ने गरी काम गर्ने अदालतले जनाएको छ । न्यायिक नीति तथा आफ्नै प्रयासका कारण अहिले सेवाग्राहीहरु बिच लोकप्रिय हुदै गएको छ ।
अदालतमा मुद्दा परे बर्षो भुल्नु पर्ने मान्यतालाई अदालत केही हद सम्म तोडन सफल भएको निमित्त रजिष्टार राकेशमणि उपाध्यायले बताए । अदालतमा पर्ने मुद्दा तथा फछर्योट हुने गतिका कारण अदालत झण्झटिलो प्रक्रिया हुने गरेका कुरा सेवाग्राहीले बिस्तारे भुल्दै गई रहेको उच्च अदालत सुर्खेत जुम्ला इजलासले जनाएको छ । अदालतमा मुद्दा लिएर आउने सेवाग्राहीले राहतको महशुस हुने गरि काम भइरहेको अदालतले जनाएको छ ।
कर्तव्य २० वटा, जबरजस्तीकरणी र उद्योग ३२ वटा, बालविवाह ३ वटा, लागुऔषध १३ वटा, ज्यानमार्ने उद्योग ८ ओटा, जजरजस्तीकरणी र बालविवाह १ वटा, अपहरण ३ वटा, पुरातत्व चोरी १ वटा, हाडनाताकरण १ वटा, अपराधिक उभद्र ४ वटा मुद्दा दर्ता भएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस