जुम्ला, ११ बैशाख। चाैथाे जुम्ला- रारा अल्ट्रा म्याराथन प्रतियाेगिता सुरु भएकाे छ । चाैथाे म्याराथनकाे साेमबार विहान ७ बजेबाट सुरु भएकाे हाे । प्रतियाेगिताकाे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले उद्घाटन गर्नु भएकाे छ ।
जुम्ला -रारा ४९ किलाे मिटर दाैड,पाँच किलाे मिटर र एक किलाेमिटर दाैड प्रतियाेगिता भएकाे छ ।
कर्णालीका मुख्यमन्त्री शर्माले कर्णालीकाे आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रकाे प्रर्बद्दन जरुरी रहेकाे बताउनु भएकाे छ ।
कर्णाली समृद्दिकाे आधार भनेकै पर्यटन हाे । पर्यटनलाई खेल क्षेत्रले प्रबर्दन गर्छ । उहाँले भन्नू भयाे,”कर्णालीकाे पर्यटन प्रर्बद्दनमा अल्ट्रा म्याराथन काेशेढुंगा सावित हुने छ । कर्णाली सरकार खेल क्षेत्रकाे प्रर्बद्दन गर्न तयार छ ।”
राष्टिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेकाे महत्वपुर्ण याेगदानकाे प्रशंसा गर्नुभयाे । जुम्ला रारा म्याराथन लगायत अन्य खेलहरुकाे प्रर्बद्दनमा टेवा पुग्ने उहाँकाे भनाई छ । परिषदले यसै आवमा जुम्लाकाे पातारासीमा बन्दै गरेकाे हाईअलेटिच्युट ट्रेनिङ सेन्टरका लागि बजेट विनियाेजन भईसकेकाे जानकारी दिनुभयाे ।
४९ किलाेमिटर दाैडान १२ महिला सहित ५१ जना, १ किलाेमिटर दाैडमा ८७ जना र पाँच किलाेमिटर दाैडमा १०७ जना खेलाडी सहभागी रहेका छन् । करिब साढे २ सय खेलाडी प्रतियाेगितामा सहभागी भएका छन् ।
हरेक वर्ष कर्णाली स्पाेर्ट क्लबले अल्टा रारा म्याराथनकाे आयाेजना गर्दै आएकाे छ ।