
जुम्ला । जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जुम्लालाई स्याउको राजधानी समेत भनिन्छ । यहाँका १९ हजार घरधुरी मध्य १६ हजार घरधुरी स्याउखेतीमै निर्भर छ । जुम्लाको बेसीदेखि लेक सम्मको सबै जमिन स्याउ खेतीका लागि उर्वर छ । पछिल्लो समय स्याउ खेतीको क्षेत्र समेत विस्तार हुदैँ गएको छ । कृषि विकास कार्यालयको तथ्यांक अनुसार जुम्लाको चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भईरहेको छ ।
राष्ट्यि अन्तराष्ट्यि बजारमा जुम्ली अर्गानिक स्याउको माग बढेसंगै पछिल्लो समय स्याउको क्षेत्र विस्तार हुदैँ गएको छ । सुपरजोन,पालिका,कृषि विकास कार्यालयले स्याउ खेतीको विस्तार गरिरहेका छन् । तर स्याउ खेती विस्तार भएको एकिन तथ्यांक आउन बाँकी छ ।
स्याउ खेतीको क्षेत्र विस्तार तथा किसान आर्कषित भएपनि व्यवसायीक स्याउ खेती नहुँदा बजारको माग अनुसार पुर्ति हुन सकेको छैन् । समग्र नेपालकै मागलाई धान्न सक्ने स्याउ उत्पादनको सम्भावना भएको जुम्लामा व्यवसायीक स्याउ खेती नहुँदा वर्षेनि चीन र भारतबाट नेपालमा अर्बौको स्याउ निर्यात हुने गरेको छ । भने जुम्ला सहित अन्य जिल्लाको स्याउले ४÷५ महिना समेत धान्न सकेको छैन् ।
बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मध्यनजर गर्दै स्याउले आर्थिक समृद्धी,रोजगारी सृजना तथा पर्यटन प्रर्बद्धनमा टेवा पुराउने लक्ष्यका साथ जुम्लाको गुठिचौरमा करोडौको लगानीमा कर्णाली प्रदेशकै ठुलो स्याउ बगैचा निर्माण गरिएको छ ।
करोडौको नीजि लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठुलो स्याउ बगैचाले जुम्लाको आर्थिक समृद्धी,एग्रो टुरिजम प्रर्बद्धन तथा रोजगारी सृजनामा पुग्ने देखिएको छ । बुधबार कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाले गुठिचौरमा रहेका तीन वटा बृहत्त बगैचाको अनुगमन गरेका छन् ।
जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकोले गुणस्तरीय उत्पादन,ग्रेडिङ,लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने र ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जुम्ला समृद्धीको एक स्रोत स्याउ हो । स्याउको व्यवसायी खेती विस्तार तथा किसानको उत्पादन सुरक्षित हुने नीति आबश्यक छ । सरकारले ढुवानीमा सहुलियत दिनुपर्छ भने,किसानले उत्पादनमा जोड दिन जरुरी छ ।”
३० करोडका तीन बगैचा,६४ हजार विरुवा
गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोड बढी लगानीमा तीन वटा बृहत्त स्याउ बगैचा निर्माण भएका छन् । जस मध्य सबैभन्दा ठुलो ‘गुठिचौर एग्रो फर्म’द्धारा निर्माण भएको बगैचा हो । जहाँ १८ हेक्टर जमिनमा ४८ हजार विरुपा रोपिएको छ ।
गुठिचौर ५ केसी बहादुर भण्डारीले २२ करोड लगानीमा २०७६ सालबाट नेपालकै दोस्रो ठुलो बगैचा निर्माण गरेका हुन् । गत वर्ष ८० टन स्याउ उत्पादन भएको भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभो,“स्याउबाटै जुम्लाको समृद्धी सम्भव छ,भन्ने उदेश्यले स्याउखेती गरेको हुँ । २०७६ सालमा १५ सय विरुवा रोपेर बगैचा सुरु गर्यौ । विस्तार गर्दै जाँदा ४० हजार विरुवा रोपेका छौ । यस वर्ष दुई सय टन उत्पादन हुने लक्ष्य छ । भने दुई वर्षभित्र ३ लाख विरुवा रोप्ने योजना बनाएका छौ ।”
हाल फर्ममा फुजि,गाला,किंरड,फुजि, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भईरहेको छ । बगैचमा कृषि वैज्ञानिक समेत राखिएको छ । जसले नियमित अनुसन्धान गर्छन् । हाल पुर्व स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले समेत ५० प्रतिशत सेयर लिएका छन् ।
त्यस्तै,गुठिचौर ३ का टंक गरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गमा १४ हजार विरुवा रापेर बृहत्त बगैचा निर्माण गरेको २ वर्ष भयो । ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ मार्फत गुठिचौर ३ मा गिरीले बृहत्त बगैचा निर्माण गरेका हुन् । स्याउबाटै रोजगारी सृजना गर्ने र जुम्लालाई एग्रो टुरिजमको हब बनाउने लक्ष्य राखेको उहाँको भनाई छ ।
साथै,गुठिचौर ५ मै ‘सामुदायिक स्याउ उत्पादन समूह’ मार्फत ६५ हजार वर्गमिटर जग्गामा सामुहिक स्याउ खेती भईरहेको छ । १ करोड लगानीमा निर्माण भएको बगैचामा हाल २८ सय विरुवा रोपिएको संचालक धर्म भण्डारीले बताए । उनका अनुसार समुहमा ४० जना किसान आबद्ध रहेका छन् ।
समग्रमा गुठिचौर एग्रो फर्म,‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ र सामुहिक स्याउ उत्पादन समुह गरी तीन फर्मले झण्डै साढे ३० करोड लगानीमा व्यवसायीक स्याउ खेती गरेका छन् ।
जसले स्याउलाई जुम्लाको समृद्धी सम्भव रहेको र स्याउ खेतीमा जोड दिनुपर्ने सन्देश समेत दिएको प्रमुख जिल्ला अधिकारी जय प्रसाद घिमिरेले बताउनुभयो । स्याउ खेतीलाई पर्यटन प्रर्बद्धन संग जोडे जुम्लाले मनग्य आर्थिक भित्राउने सक्ने सम्भवना रहेकोले तीनै तहका सरकारले जुम्लाको स्याउ खेतीमा विशेष बजेट दिनुपर्नेमा उहाँको जोड छ ।
५० जनालाई रोजगार,
गुठिचौर एग्रो फर्म र श्री हिमाली टि एण्ड एन एग्रो फर्मले झण्डै ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । जसमा गुठिचौर एग्रो फमले कृषि वैज्ञानिक सहित ३२ जना बेरोजगार महिला पुरुषलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
दैनिक ३० देखि ४० जना ज्यालादारीमा काम गरिरह्का छन् । भने स्याउ टिप्ने,सिचाई गर्ने समयमा ज्यालादारी गर्नेको संख्या बढ्ने गरेको संचालक केसी भण्डारीले जानकारी दिनुभयो । मुख्य उदेश्यभ भनेकै आम्दानीसंगै रोजगारी सृजना भएकोले भविष्यमा स्याउबाटै सयौलाई रोजगारी दिन सकिने बताउनुभयो ।
त्यस्तै ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्मले प्रत्यक्ष स्थायी रुपमा १६ जनालाई रोजगारी दिएको संचालक टंक गरीले बताउनुभयो । उहाँले भन्नुभयोे,“भविष्यमा सयौको संख्यामा रोजगारी दिन सकिने सम्भवना छ । दिन्छौ पनि तर अहिले स्थायी रुपमा १६ जना र दैनिक ज्यालादारीमा २५÷३० जना काम गरिरहेका छन् ।”
भूगोल संगै स्याउको सिजनमा मनाङ मुस्ताङमा पर्यटकको आगमन बृद्दि हुने गरेको छ । त्यसैगरी जुम्लामा पनि सिजनल पर्यटक भित्राउन स्याउखेतीलाई पर्यटनसंग जोडन् आबश्यक रहेको पातारासीका अध्यक्ष पुर्णसिंह बोहोराले बताउनुभयो ।
भने जुम्लामा स्याउबाट देखिएको आर्थिक समृद्धी,पर्यटन पर्यटन प्रर्बद्धनमा पुग्ने टेवा,रोजगार सृजनाको सम्भवानालाई प्रचार प्रशार गर्र्नुपर्नेमा कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीको जोड छ ।