सुर्खेत । मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको अझै खोजी कार्य हुन सकिरहेको छैन । घटना भएको मंगलबार (आज)चार दिन भइसकेको छ । तर, अझै पनि हिमपहिरो गएको स्थानमा सुरक्षाकर्मीको टोली पुग्न नसकेको हो ।
जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थिए । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने हुन्छ । १५ जना मध्ये १२ जना सकुशल फर्किएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार निकै विकट क्षेत्र र जिल्ला सदरमुकामबाट निकै टाढा रहेकाले खोजी कार्यका लागि अझै केही दिन लाग्ने बताए । त्यहाँ सडक यातायातको पहुँच नै पुगेको छैन ।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार