
जुम्ला । सिंजा गाउँपालिकाकाे नराकाेटमा खाना महाेत्सव सम्पन्न भएकाे छ । रैथाने बालीकाे उत्पादन बृद्दि र प्रर्बद्दनका खाना महाेत्सवकाे आयाेजना गरिएकाे थियाे ।
रैथाने बालीकाे प्रर्बद्दन,उत्पादन बृद्दि,घरकै उत्पादन खाने बानीकाे विकास गर्न माक्सबादी ज्ञानकेन्द्रकाे आयाेजना र सिंजा गाउँपालिकाकाे व्यवस्थापनमा पहिलाे पटक सिंजामा खाना महाेत्वसकाे आयाेजना गरिएकाे थियाे ।
उक्त महाेत्सवमा सिंजाका किसान शक्तिसिंह खत्री, तपेन्द्र जाेशी,तृसना हमाल,कालिका हमाल,रमा धिताल,विर्ख बहादुर भण्डारी लगायतका दर्जन बढी किसानले रैथाने बालीकाे स्टल राखेका थिए ।
पहिलाे पटक भएकाे खाना महाेत्सवले रैथानेबालीकाे महत्वलाई उजागर गरेकाे छ । रैथानेबालीकाे प्रर्बद्दनका लागि यस्ता महाेत्सवलाई निरन्तरता दिनु पर्ने किसानकाे माग छ ।
किसान विर्ख बहादुर भण्डारीले भने,”पछिल्लाे समय विभिन्न प्रकाेपका कारण रैथानेबाली उत्पादन घटदाे छ । बजारमा माग बढेपनि आपुर्ति न्यून छ । उत्पादन बृद्दि गरि निर्यात प्रर्बद्दन गर्न स्थानीय सरकार ठाेस नीति बनाउनु पर्छ ।”
आयातित वस्तु खाने लत हरेक नागरिकलाई परिसकेकाे हुनाले रैथाने उत्पादन खान हिचकिच मान्ने गर्छन् । कुनै समय चिनाे कागुनाे,फापरकाे पिठाे गरिबले खान्छन् भन्ने मान्यता थियाे । तर अहिले जुम्लाकाे अर्गानिक खाना धनीमानीकाे लागि चाैरासी बेन्जन स्रह भएकाे छ ।
माक्सबार्दि ज्ञान केन्द्रका कर्णाली प्रदेश अध्यक्ष जयशंकर धितालले जुम्ली रैथानेबालीमा जुम्लालाई आत्मनिर्भर गराउन,उत्पादन बढाउन यस्ताे महाेत्सव आगामी दिनमा पनि गरिने बताए । जुम्लाकाे स्याउ,सिमि,ओखर,मार्सि धान,चिनाे कागुनाे,काेदाे फापर लगायतकाे रैथानेबाली उत्पादन बृद्दि गर्ने उदेश्यले खाना महाेत्सव आयाेजना गरिएकाे हाे ।
माक्सबार्दि केन्द्रले केही दिन सिंजाका गाउँगाउँमा पुगेर किसानका समस्या बुझ्ने,उत्पादन बृद्दि रैथाने बालीकाे महत्व बुझाउने र किसान भेटघाट गरिने छ ।
गाउँकाे हजाराै हेक्टर जमिन बाझाे छ । आयातित दाल चामल खान्छन् । काम गर्ने बानीकाे विकास छैन् । खाजा भनेकै चाउ चाउ चाउमिन हाे ठान्छन् हामी स्थानीय बालीकाे प्रर्बद्दन गर्नुपर्छ ।
सिंजा गाउँपालिका उपाध्यक्ष सित्तली राेकायाले रैथानेबानी प्रर्बद्दनका लागि ठाेस नीतिनै बनाएर अघि बढ्ने बताईन् । उनका अनुसार किसानलाई आफ्नै उत्पादनमा सक्षम बनाउन जुरुरी रहेकाे छ ।
माक्सबार्दि केन्द्रका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विश्वेशाेर कट्टेलले कृषिनै मुलुककाे मुख्य आय स्राेत भएकाेले कृषि र किसानकाे विकासमा जाेड दिनु पर्ने बताए । जुम्लाकाे रैथानेबाली उत्पादन बृद्दि गर्न सरकारले कृषि कर्जा,ब्याजमा अनुदान ढुवानीमा सहुलियत दिनु पर्नेमा जाेड दिए ।
खाना महाेत्सवमा माक्सबादि ज्ञान केन्द्रका सचिव हाेमनाथ न्याैपाने उपाध्यक्ष जर्नादन बाबू कट्टेल,डा.निमानन्द रिजाल लगायतकाे सहभागिता थियाे ।