मितेरी ब्रर्थिङ सेन्टर पाँच वर्षपछि सिंजा गाउँपालिकालाई हस्तान्तरण


जुम्ला ः तत्कालिन शनिगाउँ गाविस संघीय संरचनापछि सिंजा गाउँपालिका –५ र ६ नम्बर वडामा पर्ने जोडु, भाडगाउँ, फुंग्र, काडागाउँ, शनिगाउँ र गोेरालगायत गाउँबस्ती छन् । यिनै दुर्गम गाउँबस्तीमा पुग्ने कच्ची सडकको ट्रयाक खोलिए पनि सवारी साधन भने नियमित सञ्चालन हुदैनन् । सडकको स्तरबृद्धि गर्नुपर्ने देखिन्छ ।
यिनै गाउँबस्तीका अघिकाँश गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका थिए । ६ नम्बर वडाका तत्कालिन वडाध्यक्ष कालीबहादुर बुढाका अनुसार यो ठाउँमा २०७५ ब्रर्थिङ सेन्टर स्थापना नहुदा अघि यहाँका भर्गवती महिलालाई बोकेर शनिगाउँ, नराकोट, खलंगा लिनु पर्ने अवस्था थियो ।


एक जना गर्भवती महिला बाटोमै सुत्केरी भईन् । नवजात शिशुको मृत्यु भयो । अर्की गर्भवती महिला ब्रर्थिङ सेन्टरमा लैजादा लैजादै बाटोमा बच्चाको हात निस्कियो । नराकोट ब्रर्थिङ सेन्टरमा शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । बच्चा बचेन उनले भने । यस्ता किसिमका यहाँका महिलाले धेरै दुख्खकष्ट पाएपछि एक्सन वक्र्स नेपालको सहयोगमा २०७५ सालमा सिंजा गाउँपालिका – ६ दातास्थित मितेरी ब्रर्थिङ सेन्टर स्थापना भएको हो ।
ब्रर्थिङ सेन्टर स्थापनादेखि एक्सन वक्र्स नेपालले एक जना स्वास्थ्यकर्मी (अनमी) राखेर गर्भवती महिलालाई चेकजाँच देखि सुत्केरी गराउदै आएको तत्कालिन वडाध्यक्ष बुढाले बताए ।
ब्रर्थिङ सेन्टरकी अनमी सारादा रोकायाले भनिन् स्थापना भएदेखि ०८० बैशाख मसान्तसम्म ८५ जना गर्भवती महिला सुत्केरी भएको बताइन् । उनले भनिन् यहाँबाट दुई जना गर्भवती महिलालाई मात्रै रेफर गरिएको हो । गर्भ चेकजाँच गर्न नमान्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुनु पर्छ भन्ने जानकारी नै नआएका महिलाहरु पछिल्लो समय सचेतीकरण भएर नियमित चेकजाँच र प्रसुति गर्न स्वास्थ्य संस्थामा आउने गरेका छन् ।


अहिलेसम्म नियमित सञ्चालनमा आएको ब्रर्थिङ सेन्टर गाउँपालिकालाई हस्तान्तरण पछि बन्द नहोस र यहाँका गर्भवती महिलाले सेवा पाईराखुन उनले सुझान् ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले दुर्गम ठाउँमा ब्रर्थिङ सेन्टरले सेवा प्रवाह गर्दा आमा सुरक्षा सुचक बृद्धि भएको बताए । उनले भने अहिले पनि कतिपय गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । विशेष गरी यो वडा भित्र पर्ने काँडागाउँका गर्भवती महिला शनिगाउँ र दाता ब्रर्थिङ सेन्टरमा प्रसुति हुन आउने गरेका छैनन् । सुरक्षित प्रसुतिका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन सुझाए पनि भुतप्रेत लाग्छ भन्ने परम्परागत कुसस्कारको भ्रममा पर्ने गरेका छन् ।
आवश्यकता ठानेर स्थापना गरेको ब्रर्थिङ सेन्टर पाँच वर्षपछि सिंजा गाउँपालिकालाई हस्तान्तरण गरेको एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेलले बताइन् । उनले भनिन् स्थानीय स्तरबाटै माग भएपछि सरोकारवाला निकायको समन्वयमा स्थापना भएको हो । जेठ ३ गतेदेखि यस ब्रर्थिङ सेन्टरको व्यवस्थापन, संरक्षण सवै गाउँपालिकाले गर्ने गरी हस्तान्तरण गरेका छौँ ।
वडाध्यक्ष तथा सामाजिक समितिका संयोजक तिर्थ वडाले भने दुर्गम क्षेत्रमा भर्गवती महिलाको सेवाका लागि एक्सन वक्र्स नेपालले ब्रर्थिङ सेन्टर स्थापना गर्नु सबल पक्ष हो । राज्यको परिपुरणका रुपमा काम गर्ने सहयोगी संस्थाप्रति कृतज्ञ नै छौँ । लामो समय पाँच वर्षसम्म पूर्ण व्यवस्थासहित ब्रर्थिङ सेन्टरले गर्भवती महिलालाई सेवा दिदै आएको छ । हस्तान्तरपछि पनि यो ब्रर्थिङ सेन्टर नियमित रुपमा सञ्चालन हुने छ । पालिकादेखि संरक्षणदेखि व्यवस्थापन गरी यहाँका गर्भवती महिलाको सेवा गर्ने छ ।
एक्सन वक्र्स नेपालले ब्रर्थिङ सेन्टर संचालनका लागि भौतिक संरचना निर्माण, प्रसुति स्वास्थ्य सामग्री, सोलार प्रणाली र एक जना स्वास्थ्यकर्मी अनमीको समेत पाँच वर्षदेखि व्यवस्थापन गर्दै आएको थियो । वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार हस्तान्तरणपछि सवै जिम्मेवारी हाम्रो काँघमा आए छ । यसको व्यवस्थापन देखि संरक्षणको गाउँपालिकादेखि समुदायको भुमिका रहने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस