‘मध्यपहाडी लोकमार्ग’आर्थिक समृद्धीको आधार

जुम्ला । कालो पत्रे गरिएको दुई लेनको चौडा सडक । बीचमा सेतो अनि छेउमा पहेलो कलरले लाईनिङ समेत गरिएको सडक । जहाँ दुर्घटनाको कुनै चिन्ता छैन् । यात्रामा कुनै असजता महसुश हुदैन् । पहिलो पटक उक्त सडकमा यात्रा गरेको मान्छेलाई लाग्छ कर्णालीमै यस्तो यात्रा गरिरहेको छैन् । अझ छिमेकी मुलुक भारत गएका अधिकांले,रुपैडिया–हरिद्धार,चण्डीगढ,उत्तरखण्ड तिरका चिप्लो सडकमा यात्रा गरेको अनुभुति गर्छन् ।

यो विकास,अनुभति,आरामदायी यात्रा र समृद्धीको सम्भवना बोकेको ‘मध्यपहाडी लोकमार्ग’मा गर्न सकिन्छ । मुलुककै गौरबको आयोजना मध्यपहाडी लोकमार्गले कर्णालीमा समृद्धी भित्राउने पक्ष त एकातिर छ । मुख्यगरी नियमित सञ्चालनमा आएको खण्डमा कर्णाली राजमार्गको सास्तीले आजित कर्णालीबासीले यात्रा सुविस्ता पाउने छन् ।


कर्णाली राजमार्ग अन्तरर्गतको साईगाउँबाट उकालो लागेपछि साना जीपमा साढे २ घण्टा र ठुलो बसमा ढिलामा साढे ३ घण्टा भित्र करिब १२४ किमी दुरी पार गरी दैलेख सदरमुकाम हुदैँ सियाँकोट सुर्खेत रोडमा पुग्न सकिन्छ ।

जबकी साईगाउँ,टुनिबगर,पाल्तडा,रामाघाट,पादुका खोला हुदैँ तल्लो डुंगेश्वर पुग्न मात्रै करिब ६०–७० किमीदुरीमा कर्णाली राजमार्गमा दिन बित्छ । खाल्डा खुल्डी,धुलो धुवा,साईट दिने सम्म ठाउँ नभएर सास्ती कति हो कति ।

सरकारले अर्बौ खर्चिएर निर्माण गरेको लोकमार्गले पुर्वदेखि पश्चिम सम्मका २४ जिल्लालाई जोड्छ । तर अहिले सम्म पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन् । कोहि कोहि चालकले भने आरामदायी यात्राकाृ लागि मात्रै मध्यपहाडी लोकमार्ग प्रयोग गर्छन् ।
नेकपा एमालेको संकल्प यात्राले पनि मध्य पहाडी लोकमार्गको प्रर्बद्धनका लागि उक्त सडककै यात्रा गरेको थियो ।

अभियानकै क्रममा नेता बोकेर एक चालक विरेन्द्र रावत भन्छन,“कर्णालीमा सवारी चलाउन थालेको १० वर्ष भयो । कर्णाली राजमार्गको सास्ती हटेको छैन् । सडकको दुरावस्था हेरेर कामै छोड्दीउ की भन्ने लाग्थ्यो । तर मध्य पहाडी लोकमार्गको पहिलो यात्रा गरेपछि विदेशकै सडकमा चलाए जस्तो अनुभुति भयो । निकै सुरक्षित महसुश लाग्छ ।”


कर्णालीको समृद्धी र यात्रा सुरक्षाका लागि पनि यो मध्यपहाडी लोकमार्ग सञ्चालनमा जोड दिनु पर्नेमा उहाँको भनाई छ । कर्णाली राजमार्ग सुर्खेत–जुम्ला २३२ किलोमिटर दुरी सानो गाडीमा १५÷१६ घण्टा र बसमा दुई दिन लगाएर गन्तव्यमा पुगिन्छ । शरिरले पाउने दुःखको गणना छैन् । हिउँदको समयमा धुलो धुँवाले कर्णाली राजमार्गमा बाईक चलाउने चालक,गाडी भित्र बसेका यात्रु र उनिहरुको आफ्नो झोला समेत चिनिदैन् ।

तर मध्य पहाडी लोकमार्गको यात्रा निकै सहज आरामदायी र भरपर्दो रहेको पत्रकार शुभाकर विश्वकर्माले बताए । जुम्लाघरभई बाँके कोहलपुर स्थित पत्रकारिता गर्ने विश्वकर्मा वर्षमा २÷३ पटक कर्णाली राजमार्ग भएर घर आउजाउ गर्छन् । तर यसपाली कोहलपुर फर्किदा पहिलो मध्यपहाडी लोकमार्ग बाट फर्किदा भारतको हिमाचलको पहाडमा गाडी चढेजस्तो अनुभुति भएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो,“मध्यपहाडी लोकमार्ग बारे सुनिएको थियो । निकै राम्रो छ भन्थे । बास्तममै राम्रो रहेछ । यात्रा जोखिम मुक्त मात्र छैन् । कर्णालीको आर्थिक समृद्धी,रोजगारी सृजना, उत्पादनको बजारीकरणमा समेत टेवा पुराउने देखियो । त्यस क्षेत्रका सयौ बस्तीले समेत लोकमार्गकै कारण अबसर पाउने छन् ।”

कर्णाली राजमार्गको स्तरबृद्धि संगै मध्यपहाडी लोकमार्गको प्रयोगमा समेत बृद्धि गर्नुपर्ने उनको माग छ । अब यात्रा गर्दा अनिवार्य लोकमार्गबाटै गर्ने सुनाए । यात्रु शुभाकर,चालक विरेन्द्र मात्र हैन्,सुरक्षित र भपर्दो यात्राका त्यो सडकमा एक पटक गएका यात्रु कर्णाली राजमार्गबाट जान चाहानन् । भने गाडीकै मर्मतबाटै घाटामा परेका चालकहरु गाडीको सुरक्षाका लागि पनि मध्य पहाडी लोकमार्गनै प्रयोग गर्छन् ।


कर्णालीमा (कृषि,जलविद्युतको) उत्पादन सम्भावना,पर्यटन गन्तव्य थुप्रै छन् । तर प्रर्बद्धन तथा लगानी अभावलेनै ओझेलमा परेका छन् । दुर्गम कर्णालीको चेतना विकास,पूर्वाधार विकासमा कर्णाली राजमार्गको योगदान अतुलनीय छ । तर राज्यको उपेक्षाले मृत्यु मार्गका रुपमा कहलिएको छ । अहिले दुर्त गतिमा स्तरबृद्धि पनि भईरहेको छ ।

तर पुर्वदेखि पश्चिम जोड्ने मुलुक र कर्णाली समृद्धीको आधार मानिएको मध्य पहाडी लोकमार्गमा सवारी ओहोरदोहोर बढाउनु आजको आबश्यकता छ । उक्त लोकमार्गकै छेउ आसपास पेट्रोलियम पर्दाथको अन्वेषण भइरहेको छ । पेट्रोलियम पर्दाथको अन्वेषण सफल भएपछि अझै मध्यपहाडी लोकमार्गले गति लिन्छ । रोजगारी बढाउँछ । आर्थिक भित्राउँछ ।

यो लोकमार्गको दुरी पूर्वदेखि पश्चिम २४ जिल्लालाई जोड्न करिब १८ सय किमी लामो रहेको छ । जुन कर्णालीमा दैलेख,जाजरकोट,रुकुम पश्चिमलाई जोडेर करिब ३ सय बढी किमी छ । जवकी साईखोलादेखि दैलेख सम्म १२४ किमी भन्दा बढी दुरी जोडिएको छ ।

आर्थिक वर्ष २०६४÷६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम अझै जारी छ । २४ जिल्ला जोड्ने १७ सय ६५ किलोमिटर सडक निर्माण भएको हो । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।


नेकपा एमालेले यहि लोकमार्गको प्रर्बद्धनका लागि समेत संकल्प यात्रा अभियान सञ्चालन गरिरहेको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत बताउँछन् । उनी भन्छन,“अभियानको उदेश्यनै लोकमार्गको प्रर्बद्धन गर्नु हो । एमाले अध्यक्ष ओलीले समेत अभियानमा मध्यपहाडी लोकमार्गमै यात्रा गरिरहेका छन् । हामीले पनि साइखोला,दैलेख हुदैपहिलो यात्रा गर्यौ निकै राम्रो सडक छ । यात्रा सहज संगै आर्थिक समृद्धी जोडिएकोले लोकमार्गको प्रर्बद्धन जरुरी छ ।”

लोकमार्गमा कुन कुन जिल्ला जोडिन्छन् ?
लोकमार्गले पुर्व पश्चिमका २४ जिल्ला लाई जोड्छ । जसमध्य लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, कर्णाली प्रदेशका दैलेख,रुकुम पश्चिम र जाजरकोट जोडिन्छ । भने सुदुरपश्चिमका अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
लोक मार्गले कर्णालीका तीन जिल्लाका पातिहाल्ने, लुकुम गाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकांध, सातला र साइजिउलामा बजार प्रर्बद्धन गर्ने व्यापार बढाउने देखिन्छ ।

मध्य पहाडी लोकमार्ग राष्ट्यि गौरबका आयोजना मध्य एक हो । जसले कर्णालीका तीन जिल्लालाई पुर्वदेखि पश्चिम सम्म जोडेको छ । मध्यपहाडी लोकमार्ग नेपालको समवृद्धिको एउटा प्रमुख मेरुदण्ड हो । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुदै छ ।

लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० देखि ८० लाख बढी नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छ । प्रत्यक्ष रोजगारी सृजना हुने अनुमान छ । .

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस