तल्फीका आगलागी पिडित कालसिंहलाई पालिकाद्दारा एक लाख बराबरकाे राहत वितरण

जुम्ला । पातारासी गाउँपालिका वडा नं.२ का आगलागि पिडित कालसिंह सार्कीकाे परिवारलाई पालिकाले अत्याबश्यक राहत विरतण गरेेकाे छ । शनिवार राती साढे ११ बजे एक्कासी घरमा आगलागी भई विस्तापित भएका कालसिंह सार्किकाे २८ जनाकाे परिवारलाई तत्काल अत्याआबश्यक राहत उपलब्ध गराईएकाे पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले बताईन् ।

उनका अनुसार पालिकाले तत्कालका लागि करिब एक लाख बराबरकाे लत्ता कपडा,खाधन्न सिरक डस्ना उपलब्ध गराईएकाे छ ।
गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेरा र उपाध्यक्ष जनमाया राेकाया सहितकाे टाेली पिडितकाे घरमै पुगेर राहत वितरण गरेका हुन् ।

राहतमा चालम १० बाेरा,तेल डेढ कार्टुन,२९ जनालाई स्वीईटर,कुर्ता सुरुवाल,धाेती,बच्चालाई न्यानाे कपडा,चार सेट सिरक डस्ना,केही भाँडा कुडा लगायतकाे राहत सामाग्री वितरण गरिएकाे उपाध्यक्ष राेकायाले जानकारी दिईन् ।

गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेरा गाउँमै बसेर यूवाहरुलाई परिचालन गरि राहत व्यपस्थापनमा जुटेका छन् ।

छरछिमेकमा कालसिंह सार्कीका लागि युवालाई परिचालन गरेर सिमि,काेदाे,फापर,मकै लगायतका अन्नपात जुटाउन लागि परेका छन् ।

‘पालिकाबाट पहिलाे चरणमा अत्याआबश्यक सहयाेग गरेका छाै’ अध्यक्ष बाेहाेराले भने,’हामीले आगलागी पिडित सार्कीकाे राहत पुर्नस्थापनाका लागि जिल्लाका सबै संघ संस्थासंग प्रस्ताव गरेका छाै  । सबैले हुन्छ भनेका छन । यदपी कतैबाट राहत नजुटे पालिकाबाटै दाेस्राे चरणकाे राहत दिन्छाै ।’

तत्कालीन खाधन्न भन्दा पनि आवासकाे व्यवस्थापन गर्न पिडित कालसिंह सार्कीले माग गरेका छन् । आगलागीबाट उनकाे दुई तले ८ काेठे घर जलेर पुर्णरुपमा नष्ट भएकाे छ । घरमा आगलागी हुँदा ४१ लाखबढीकाे क्षति समेत भएकाे छ ।

याे पनि पढ्नुहाेस्...

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस