जुम्ला । राष्टि्य स्वतन्त्र पार्टि (रास्वपा) काे जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी मक्कर भण्डारीले पाएका छन् । रास्वपाका सभापती रवि लामिछानेले भण्डारीलाई जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी दिएका हुन् ।
सरकारी जागिर त्यागेर रास्वपा राेजेका चन्दननाथ नगरपालिका-१० निवासी भण्डारीले संगठन विहिन रास्वपालाई जुम्लामा विस्तार गर्ने अबसर पाएका छन् ।
जिल्ला संयाेजककाे जिम्मेवारी पाउनु मेराे लागि अबसर चुनाैती दुबै छ । भण्डारीले भने,’संगठननै नभएकाे बेला संयाेजककाे जिम्मेवारी पाउनु चुनाैती हाे । तर नेपालकाे उदयमान पार्टि,जसबाट जनताले विकास,सुशासन तथा चुस्त सेवा प्रवाहकाे अपेक्षा राखेका छन् । त्याे पार्टिकाे संयाेजक हुनुलाई अबसरमा लिएकाे छु ।’
कर्णाली मिसन संग कुराकानी गर्दै संयाेजक भण्डारीले जुम्लामा अब रास्वपाका गतिविधि निरन्तर अघि बढ्ने उल्लेख गरे ।

जुम्लामा संगठननै नभएकाे पार्टिकाे संयाेजक हुनु भएकाे छ । आगामी पार्टिकका गतिविधि कसरी अघि बढ्छन् ? भन्ने प्रश्नमा संयाेजक भण्डारीले भने,’ जुम्लामा रास्वपाकाे बाहिर देखिने संगठन विस्तार मात्र नभएकाे हाे । हामी अनलाईन मार्फत धेरै यूवा संग जाेडिएका छाै । नयाँ पार्टि,नयाँ परिबेशमा,संगठननै नभएकाे जिल्लामा काम गर्न चुनाैती छन् । तर जिम्मेवारीनुसार चुनाैती सामना गरिन्छ ।’
तत्काल जुम्लामा पार्टि कार्यालय स्थापना गरेर पार्टिका गतिविधि अघि बढाईने संयाेजक भण्डारीले उल्लेख गरे ।
यूवा साथीहरुकाे आकर्षण रास्वपा प्रति बढ्दै गएकाे छ ।
अनलाईन फर्म भरेर धेरै पार्टिमा जाेडिएका छन् । अब देखिने गरि पार्टिमा जाेडिन्छन् । रास्वपालाई जुम्लामा बलियाे पार्टि पाउने लक्ष्य लिएकाे संयाेजक भण्डारीकाे भनाई छ ।



