जुम्ला । पातारासी गाउँपालिका वडा नंं.६ की चन्द्रा बुढाको मुख्य आयस्रोत कृषि हो । श्रमअनुसारको उत्पादन नभएर निरास भएकी चन्द्रा आजभोली जलवायुमैत्री खेतीपाती गर्न थालेपछि मख्ख छन् । गाउँमै कृषि पाठशाला सञ्चालन भएपछि मौमसी बेमौमसी, तथा जलवायु अनूकुल खेती बारे थाहा पाउँदा कृषिमा अझ आर्कषण बढेको छ ।
उनी भन्छन,‘समयानुकूल खेतपाती गर्न नजान्दा सोचेजस्तो उत्पादन हुदैन् । सिप ज्ञानको अभावले हाम्रो श्रम खेर गयो । पछिल्ला वर्षमा हिउँ समयमै नपर्ने,पानी नआउने समस्याले उत्पादन घट्दै छ । यो सबै जलवायुमैत्री परिवर्तनको असर रहेछ । यस्तो अबस्थामा मलजल,गोडमेल,रोग किरा नियन्त्रण जस्ता कुरामा ध्यान दिँदा उत्पादन पनि बढ्ने अनुभुति भयो ।’
विगतमा ग्रिन हाउँसमा तरकारी लगाएपनि बोटमै कुहिने गरेपनि यसपाली राम्रो उत्पादन भएको उनको भनाई छ ।
चन्द्रा बुढा जस्तै जुम्ला पातारासी, गुठिचौर, चन्दननाथ, तातोपानी र तिला गाउँपालिकाका किसानहरु जलवायुमैत्री कृषिमा आर्कषित भएका छन् । पाँच वटा पालिकामा १० वटा कृषि पाठशाला संञ्चालन भएपछि किसानहरु जलवायुमैत्री कृषिमा आर्कषित भएका हुन् ।

पाठशालामा माटोको संरक्षण,मल जल,गोडमेल,रोक किरा नियन्त्रणमा जैविक विधिको प्रयोग,विउबाली छनोट,जैविक मलको प्रयोगमा बृद्धि लगायतमा विषयमा किसानबीच नियमित छलफल हुने गरेको छ । जसले गर्दा किसानहरु समयनुकूल खेती गर्न थालेका हुन् ।
वल्र्ड भिजनको आर्थिक सहयोगमा किर्डाक नेपाल जुम्लाद्धारा संचालित जलवायू पोषण तथा उत्थानशील जीविकोपार्जन (एनआरएल) परियोजना मार्फत रैथानेबालीको उत्पादन बृद्धिका लागि जलवायुमैत्री कृषिमा जोड दिन १० वटा पाठशाला संचालन गरेको परियोजनाका फिल्ड अधिकृत सरु महतले बताईन् ।
समयमै हिउँ नपर्ने,खेतीपाती नसप्रिने र उत्पादन बृद्दि नहुने समस्याले किसानमा मर्कामा छन् । उलने भनिन,‘किसानको श्रमनुसार उत्पादन बढाउन,जलवायुमैत्री कृषिको विकल्प छैन् । त्यसका लागि परम्परागत खेती प्रणाली छोडेर समय नयाँ ज्ञान सिप सहित जलवायुमैत्री खेतीमा लाग्न परियोजनाले किसानलाई प्रेरित गरिरहेको छ ।यसले किसानको ज्ञान संगै उत्पादन बढ्ने आशा गरिएको छ ।’

जुम्लामा कृषिको प्रचुर सम्भावना भएपनि जलवायुमैत्री खेती प्रणाली नपनाउँदा उत्पादन घट्दै गएको छ । जुम्लामा उत्पादन हुने अन्नको माग बढेपनि उत्पादन घटेको छ । यसबाट प्रत्यक्ष मारमा किसान परेका छन् ।
रैथानेबालीको उत्पादन बढाउनकै लागि किसानहरुको अन्तरपालिका भ्रमण तथा अनुभव आदन प्रदान समेत गरिएको छ । शुक्रबार पातारासी,गुठिचौर,चन्दननाथ र तातोपानीका किसान तिलामा र तिलाका किसान चन्दननाथमा पुगेर जलवायुमैत्री खेतीको अनुदान साटासाट गरेका छन् ।
तातोपानी गाउँपालिका ५ की कालि रावतले एउटै जिल्लामा फरक भूगोल हुने भएकोले अनुभव आदान प्रदानबाट धेरै कुरा सिक्न मदत पुग्ने बताईन् ।
उनले भनिन,‘जलवायुमैत्री कृषिका लागि विउभिजनदेखि,खेती प्रविधि तथा गोडमेल,मलजलमा विगतको भन्दा किसानको ज्ञान बढेको छ । बालिलाई आबश्यकतानुसार सिँचाई गर्नुपर्ने,समयमा बिरुवा व्यवस्थापन गर्ने,विउ वाली छनोटमा ध्यान दिनुपर्ने जस्ता कुरामा सचेत छौ । यो सबै कृषि पाठशालाको देन हो ।’
जुम्लाको कृषि उत्पादनलाई बढाउन र किसानको आयस्तर बृद्धिका किसानलाई सिप र ज्ञान दिन आबश्यक रहेको सामाजिक परिचालक अजित थापाले बताए ।
उनका अनुसार दैनिक किसानसंग छलफल गरिरहँदा विगतको भन्दा जलवायुमैत्री खेतीमा किसानले अब्बलता हासिल गरेका छन ।

स्थानीय सरकारले जलवायु अनुकल तथा कृषि उत्पादन बढाउन नीति र बजेटमा प्रथामिकता दिएमा जुम्लाका कृषि सम्भावना अबसरमा रुपान्ततरण हुने अगुवा कृर्षक रामकृष्ण बुढ्थापा बताउँछन् ।
उनले कर्णाली समृद्धीको आधारनै कृषि क्षेत्र भनिएपनि उत्पादन बढाउन सरकार बेखबर रहेको प्रति गुनासो पोखे । जलवायुमैत्री कृषिको लागि नीति सहित लगानी बढाउन उनको माग छ ।



