कर्णाली राजमार्ग दुई दिनदेखि पूर्ण रुपमा अबरुद्ध

जुम्ला । विरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । लगातार भईरहेको वर्षाले विभिन्न ठाउँमा पहिरो आउन थालेपछि कर्णाली राजमार्ग शनिवारदेखि पूर्ण रुपमा बन्द भएको छ ।

कर्णाली राजमार्ग भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरु अलपत्र परेका छन् । कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड,गाल्जे पिली,गगनेखोला,एसमोड,हुल्म बजार लगायतका ठाउँमा पहिरोले कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको छ ।

हुल्म बजार नजिक ठुला ठुला ढुंगा सहित पहिरो खसेपछि त्यस क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द भएको हो । शनिवार साँझ सम्मपनि पहिरो पन्छाउन नसकेपछि हुल्म बजारमै यात्रु रोकिएका थिए । भने केहि यात्रु कालिकोट सदरमुकाम मान्म फर्किएका थिए । दुई दिन राजमार्ग अबरुद्ध भएपनि सवारी साधनहरु बीच सडकमै लाम लगाएर रोकिएका छन् ।

सडक डिभिजन जुम्लाले पहिरो पन्छाउने कार्यलाई तिव्रता दिएपनि चाडै सडक खुल्ने स्थिती छैन् । सडक डिभिजन जुम्लाका अनुसार कार्यालयका सबै मेसिन सहित जनशक्ति पहिरो प्रभावित क्षेत्रमा खटिएपनि सबै ठाउँमा एकैसाथ अबरुद्ध खुलाउन सकिएको छैन् ।

निर्माण व्यवसायीहरुलाई सडक खुलाउन डोजर सहयोग गर्न समेत अपिल गरिएको छ । यदपी हरेक वर्ष बर्खाको समयमा यात्रामा सास्ती हुनेभएपछि सम्भावित क्षेत्र आपसाप डोजर तथा जनशक्ति तयारी अबस्थामा राख्नु पर्नेमा स्थानीय नागरिकको माग छ । अत्याआबश्यक कामले यात्रामा निस्कीएका यात्रुहरु सडक बन्द भएकै कारण फर्किनु पर्ने अबस्था रहेकोले अबरुद्ध खुलाउने संयन्त्रलाई मजबुद बनाउनु पर्ने कर्णालीबासीको माग छ ।

अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि हुने अनुमान गरिएको छ । पुरानो सामान मौज्दात भएपनि भर्खर ल्याएको भन्दै चर्को मुल्य असुल्ने समस्या भएकोले बजार अनुगमनमा प्रहरीले जोड दिन समेत आश्यक छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै कर्णालीका उच्च जोखिममा रहेकाअ ६ जिल्ला जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्लालाई विपद पूर्वतयारीमा रहन आग्रह गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार कालीकोटको हुल्म बजार नजिक ठूल्ठुला बोल्डर आई पूर्ण रुपमा सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस