जुम्लामा स्नुकर खेल प्रतियोगिता सुरु

जुम्ला – स्नुकर खेल प्रतियोगिता जुम्लामा सुरु गरिएको छ । चन्दननाथ नगरपालिका – ६ का युवाहरुको आयोजना र वडापालिका र स्पोन्सरहरुको सहयोगमा स्नुकर खेल प्रतियोगिता सुरु गरिएको हो ।
जोरका स्नुकर क्लवमा सुरु गरिएको खेलका रेफ्री तथा यसका जानकार रोशन श्रेष्ठका अनुसार यो खेल इण्डियाबाट आएको हो । उनले भने, यो खेल ट्यापे मुन्द्रे विग्रेका युवाले खेल्ने खेल हो भनेर यतातिर बुझाई छ । तर त्यसो होइन । स्नुकर खेल पनि निकै महत्वपूर्ण र आकर्षक खेल हो ।
यो प्रतियोगिताको राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरका खेल हुने गरेका छन् । यो खेलबाट पनि राम्रो आन्दानी गरी राम्रो घर व्यवहार चलाएका धेरै खेलाडी रहेको उनले बताए । उनले भने, जुम्लासहित माथिल्लो कर्णालीमा यो खेल कमै खेल्ने गरिन्छ । धेरैजसो नागरिकले यो खेलका विषयमा बुझेकै छैनन् । आउदै गरेको १० औँ राष्ट्रिय खेलमा पनि यो स्नुकर खेल हुन्छ होला ।
यो खेलका सल्लाहकार युवा अनुप थापाका अनुसार स्नुकर खेल प्रतियोगिता जुम्लामा सुरु गरेका छौँ । उनले भने, दसैंतिहारको अवसर पारेर यो खेल सुरु गरिएको हो । टेवल ए र टेवल बी मा २० जना युवाले स्नुकर खेल प्रतियोगितामा भाग लिएका छन् । बी समुहको २१ गतेदेखि खेल सुरु भएको हो । सि समुहको १९ गते खेल सम्पन्न भएको हो । ए समुहको पनि खेल केही दिनमा सुरु हुदै छ । यो खेलमा स्पोन्सर गर्नेमा तिला कर्णाली यातायात व्यवसायी प्राति, रेग्मी हार्डवयर, प्राइम सेवालगायत रहेका छन् ।
चन्दननाथ नगरपालिका – ६ की वडासदस्य पार्वती रावलका अनुसार जुम्लामा धेरैजसो भलिवल फुटबलका खेलहरु हुने गरेका थिए । यो स्नुकर खेल यहाँका आम नागरिकका लागि नयाँ हो । यो खेलका विषयमा आम नागरिकलाई बुझाउनका लागि पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१ असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस