जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका नेकपा एमालेका नेताहरुले कर्णालीको पूर्वाधार विकासलाई अघि बढाउन माग गरेका छन् ।
कर्णालीको सडक,विमानस्थल,जलविद्युत तथा छिमेकी राष्ट चीन संग जोड्ने सडक आयोजनामा बजेट सुनिश्चितता संगै राष्ट्यि गौरबका आयोजनाका रुपमा अघि बढाउन ५ बुँदे माग गरेका हुन ।
नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज गोरर्ख बोगटीको नेतृत्वमा गएको १५ जना नेताहरुको टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटी कर्णालीको सडक,जलविद्युत तथा विमानस्थल विस्तार र विकासमा प्रथामिकता दिन माग पेश गरेका छन् ।
प्रदेश ईन्चार्ज देखि अध्यक्ष तथा कर्णालीका १० वटै जिल्लाका ईन्चार्जहरुको सहभागितामा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासका लागि चालु आव र आगामी आवको बजेट वक्तव्यमै कर्णालीका ठुला आयोजना समेटीने गरी पहल गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीको कार्यकालमा कर्णालीमा भएका विकास र उपलब्धी प्रति धन्यबाद ज्ञापन सहित बजेट अभावले रोकिएका,अधुरा रहेका आयोजनामा बजेट सुनिश्चतता गर्न र कर्णालीको आर्थिक,सामाजिक विकास र समृद्धी संग जोडिएका पूर्वाधारका आयोजनालाई अघि बढाउनु पर्ने ५ बुदेँ माग गरिएको छ ।
जसमा कर्णाली प्रदेशको लाईफलाईनका रुपमा रहेका कर्णाली करिडोर अन्र्तगत सुर्खेत–हिल्सा सडक, भेरी करिडोरको छिन्चु–जाजारकोट–डोल्पा (धो–मोरिम्ला) सडक र कर्णाली राजमार्ग अन्तंगत सुर्खेत–जुम्ला–मुगु (नाक्चे लाग्ना) सडक लाई राष्ट्रिय गौरवका योजनाको रुपमा समाबेस गरि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै,बाँके जिल्लाको कोहलपुर देखि कर्णाली प्रदेशको राजधानी सुर्खेत सम्म चार लेनको सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन, चीन सिमानासँग जोडिएको हिल्सा नाकामा स्वारेनटाईन र यारी नाकामा सुख्खाबन्दरगाहाको स्थापना गर्ने व्यवस्था गरिदिन,नलगाड जलविद्युत आयोजना लाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी अगाडी बढाउन माग गरिएको छ ।
भने,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत स्थित एयरपोर्ट विस्तारका लागि १० करोड बजेटको व्यवस्था भएको छ । आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरी चालु आवबाटै विस्तार तथा निर्माण कार्य सुरु गर्नुका साथै प्रदेशका हिमाली जिल्लाहरुमा सुर्खेतबाट नेपाल एयरलाईन्स र अन्य निजी एयरलाईन्सहरुको नियमित तथा सुलभ उडान गर्ने व्यवस्था गरिदिन माग गरिएको नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज गोरर्ख बोगटीले बताए ।
कर्णालीको दुरगामी महत्वका आयोजनाहरु निर्माणमा वर्तमान सरकारले गरिरहेको पहलका लागि धन्यबाद समेत दिएका छौ । ईन्चार्ज बोगटीले भने,‘दैलेखमा पेट्रोलियम पदार्थको सफल अन्वेषण, कर्णाली करिडोरको खार्पुनाथ गाँउपालिका स्थित चुवाखोला–खार्पु नदिमा बेलिब्रिज–पुल निर्माण,८०० मिटर सडक निर्माणको व्यवस्था, जुम्लाको सिंजामा मालपोत तथा नापी कार्यालयको स्थापना जस्ता उदाहरणीय काम भएका छन् । जसले कर्णालीको आर्थिक विकास र सेवा प्रवाहलाई थप सुदृढ बनाउने छ ।’
मित्र राष्ट्र चीनसँग भएको बेल्ट एण्ड रोड सहकार्यका लागि फ्रेमवर्कमा उच्च प्राथमिकताका साथ ‘हिल्सा–सिमकोट’राजमार्ग निमार्ण गर्ने जस्ता दुरगामी महत्वका अत्यावश्यक योजनाहरु वर्तमान सरकारले समेटेर कर्णालीको विकासलाई दिएको प्रथामिकताप्रति एमाले कर्णाली प्रदेशका नेताहरुले प्रमलाई कृतज्ञता व्यक्त गरेका छन् ।
गोरख बहादर बोगटी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज,भैरव सुन्दर श्रेष्ठ, पोलिटब्यूरो सदस्य,नवराव रावत, केन्द्रीय कमिटी सदस्य,छक्क बहादुर लामा, केन्द्रीय कमिटी सदस्य,रतननाथ योगी केन्द्रीय कमिटी सदस्य,नगेन्द्र शाही नेशनल। केन्द्रीय कमिटी सदस्य, राज बहादर बुढा,डम्बर सिंह,निरज आचार्य,विष्णु रिजाल,दल रावल,पर दल फटेरा,ठम्मर विष्ट, सूर्यकुमारी श्रेष्ठ,गुलाबजंग शाहले कर्णालीका विकासका लागि प्रमलाई संयुक्त रुपमा माग पेश गरेका छन् ।