‘वाईपीजि’ कर्णालीकाे दाेस्राे क्याम्पमा २५ यूवा छनाेट,नीति र शासनबारे सिकाईदैं

जुम्ला । यूथ ईन पाेलेसी र गर्भनेन्स वाईपीजि कर्णालीकाे दाेस्राे क्याम्प संचालन भएकाे छ । सार्वजानिक नीति निर्माणमा यूवाकाे अर्थपूर्ण सहभागिता,क्षामता विकास तथा नीति र शासनबारे यूवालाइ सिकाउन वाईपीजि दाेस्राे क्याम्प संचालन भएकाे हाे ।

पाँच दिनसम्म चल्ने यस तालिममा युवाहरूले संघीयता, अनुसन्धान, कानून निर्माण, प्रदेश सभा, संसदीय समिति लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक सीप सिक्ने अवसर प्राप्त गर्नेछन्।

गत मंसिर २८ गतेबाट वाईपिजिकाे पहिलाे क्याम्प संचालन भएकाे थियाे । जसमा कर्णाली प्रदेश १० वटै जिल्लाबाट ५० जना यूवा युवती सहभागी रहेका थिए ।

पहिलाे क्याम्प तालिम तीन दिन सम्म संचालन भएकाे थियाे । अमेरिकी दूतावासको सहयोगमा ऋति फाउन्डेसनले कर्णाली प्रदेश सभा र पुरक एसियाको सहकार्यमा तालिमको आयोजना गरेको हो।

पहिलाे क्याम्पपछि असाईमेन्टकाे मुल्यांकन पश्चात दाेस्राे क्याम्पका लागि २५ जना यूवा छानिएका छन् । दाेस्राे क्याम्पमा छानिएका यूवालाई ५ दिन सम्म नीति र शासनबारे प्रशिक्षण दिईने छ ।

पाँच दिने प्रशिक्षणमा यूवाहरुलाइ विभिन्न विषय विशषज्ञहरु बाट प्रशिक्षण गराईएकाे छ । नीति निर्माणकाे प्रक्रिया,यूवाकाे सहभागिता,कर्णालीकाे आर्थिक,सामाजिक तथा राजनीति स्थितीबारे तालिम दिईएकाे छ ।

ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार कर्णालीका दशवटै जिल्लाबाट ३ सय भन्दा बढी युवाहरुबाट प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत पहिलाे चरणमा ५० जना युवा,दाेस्राे चरणमा २५ जना छनाेट गरिएकाे बताए ।

उनले भने,’दोस्रो चरणबाट छनोट भएका १२ जनालाई तेस्रो चरणमा तालिम दिइनेछ। उनीहरुलाई कर्णाली प्रदेश सभाका सदस्यहरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरिनेछ।’

नीति निर्माणमा यूवाकाे अर्थपूर्ण सहभागिता गराउने र नीति निर्माण विकास निर्माणका गतिविधिमा यूवालाइ प्रेरित गर्न समेत समेत वाईपिजि कार्यक्रम काेशेढुंगा सावित हुने अपेक्षा गरिएकाे छ ।

तालिमले नीति निर्माण र शासन प्रक्रियामा युवाहरुको भूमिका सुदृढ गर्दै उनीहरुलाई प्रभावकारी नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ। यस तालिमले कर्णालीका युवाहरुलाई शासन र नीतिनिर्माण प्रक्रियामा सशक्त बनाउने अपेक्षा छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस