सहकारी पिडितकाे डेढ अर्व रकम ओली नेतृत्वकाे सरकारले फिर्ता गरायाे: ईन्चार्ज बाेगटी

गठबन्धनको मर्म र सहमती अनुसारनै संविधान संशोधन हुन्छ

जुम्ला । नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटीले सहकारी पिडितकाे डेढ अर्ब रकम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे वर्तमान सरकारले फिर्ता गराएकाे बताएका छन् । देशभरका विभिन्न सहकारले बचतकर्ता रकम अपचलन गरिरहेकाे अबस्थामा ओली नेतृत्वकाे सरकारले एक अर्ब ६३ कराेड सहकारी पिडितकाे रकम फिर्ता गरेकाे बताएका हुन् ।

विहिबार एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चद्दारा सम्वाद डवली काठमाडौंमा आयोजित अन्तरक्रिया तथा पालिका स्तरिय सम्मेलन कार्यक्रमलाई संबाेधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहेका नेता बाेगटीले भने,’सम्माननीय प्रधानमन्त्री ओली नेतृत्वकाे सरकारले सहकारी पिडितकाे १ अर्ब ६३ कराेड रकम फिर्ता गर्न सफल भएकाे छ ।

सहकारी पिडितलाई न्याय दिन ओली सरकारमा आएपछि ठाेस कदम चालिएकाे विषय पनि घाम जस्तै लर्छङ छ । संसदीय छानविन समिति बनाईनु,अध्यादेश ल्याउनु, सहकारी पिडितकाे पिडामा मलम लगाउन सरकार लागि परेकाे छ । विकास र सुशासनमा समेत निकै आशा लाग्दा काम भएका छन् ।’

नेता बाेगटीले संविधान संशाेधनकाे सन्दर्भमा पनि विचार राखे । उनले वर्तमान गठबन्धन देशकाे आर्थिक समृद्धि,सुशासन कायमका निम्ति बनेकाे भन्दै गठबन्धनको मर्म र सहमती अनुसारनै संविधान संशोधन हुने उल्लेख गरे ।

सरकारले जनताकै पक्षमा महत्वपूर्ण काम गरिरहेकै अबस्थामा पनि पार्टी भित्र र बाहिर राष्ट्रिय स्वार्थ समुहहरु स्वार्थ पुर्तीका लागि परेको बताए । साथै कर्णालीकाे विकासका लागि एमाले पार्टी र पार्टिका नेता कार्यकार्ताहरुले आफ्नाे व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पैरबी र पहल गर्न सुझाव दिए ।

उक्त कार्यक्रममा गठित सिमिकोट गापाको सम्पर्क मन्चका नवनिर्वाचित कमिटीलाइ हार्दिक बधाई समेत दिए। भने,बाँकी पालिकाको सम्मेलन छिट्टै सम्पन्न हुने आशा व्यक्त गरे ।

कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा, एमाले केन्द्रिय कमिटी सदस्य तथा हुुम्ला जिल्ला ईन्चार्ज छक्क बहादुर लामा, एमाले केन्द्रिय कमिटी सदस्य तथा हुुम्ला जिल्ला प्रदेश ख ईन्चार्ज दल रावल, केन्द्रिय कमिटी सदस्य दल फडेरा, कर्णाली प्रदेश कमिटी सदस्य नबराज महतारा, जिल्ला कमिटी अध्यक्ष ग्यामी बुमी, स्थानिय तह बिभाग सदस्य खगेन्द्र कार्की, जिल्ला कमिटी उपसचिव मन्जु रावल, रेडक्रस नेपालका केन्द्रिय सदस्य गोकुल बुढा, कर्णाली प्रदेश सम्पर्क कमिटी उप सचिव बिरजन महतारा, राष्ट्रिय युवा संघ सचिवालय सदस्य उपेन्द्र शाही लगायतका व्यक्तिले आफ्नाे धारणा राखेका थिए ।
कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) र विप्लवबाट एमालेमा प्रवेश गरेका हरुलाई स्वागत गरिएकाे छ ।

साथै हुम्लाका – सिमकोट काठमाडौं सम्पर्क मञ्च यम ब.बोहोराको अध्यक्षतामा र सर्केगाड – काठमाडौं सम्पर्क मञ्च नवराज रावतको अध्यक्षतामा गठन भएको छ ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस