
सुर्खेत । कर्णाली प्रदेश स्तरीय दुई दलीय राजनीतिक संयन्त्रको दोश्रो बैठक सम्पन्न भएकाे छ । काँग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकार छाड्ने चेतावानी दिएपछि बुधबार दुई दलिय राजनीतिक संयन्त्रकाे बैठक बसेकाे हाे ।
बैठकमा यामलाल कँडेल नेतृत्वकाे वर्तमान सरकारले गरिरहेकाे कार्यसम्पादनका बारेमा छलफल गरिएकाे छ । बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेश समितीका सभापति ललितजङ्ग शाही,काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही,नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज गाेरख बहादुर बाेगटी,एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाहीकाे सहभागिता थियाे ।
बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारले गरेका र अब गर्नु पर्ने कामबारे जानकारी गराए । नेकपा(एमाले) कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी,नेपाली काङ्ग्रेस प्रदेशसभा दलको नेता जीवनबहादुर शाही,नेकपा(एमाले) कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाह र नेपाली काङ्ग्रेसका सभापति तथा बैठकका अध्यक्ष ललितजङ्ग शाहीले सत्ता साझेदार दलबीचको आपसी सल्लाह,सुझाव एवम् सहकार्यको सस्कृतिलाई थप प्रगाढ बनाउदै अघि बढाउनु पर्ने लगायतका सुझाव राखे ।
त्यस्तै सरकारसँग सम्बन्धित बिषयमा छ्लफलको आवश्यकता महशुस भएमा संयन्त्रमा छ्लफलको बिषय बनाई राख्ने विषयमा जाेड दिईरहेकाे छ ।
साथै जिल्ला स्तरीय दुई दलीय राजनीतिक संयन्त्रका बैठक सन्चालन गरि कृयाशील रहन आआफ्नो पार्टीको तर्फबाट पार्टिलाई निर्देशन गर्ने निर्णय भएकाे नेकपा एमालेका कर्णाली प्रदेश ईज्चार्ज गाेरख बहादुर बाेगटीले बताए ।
बैठकका अध्यक्ष ललितजङ्ग शाहीले सत्ता साझेदार दलबीचको आपसी सल्लाह, सुझाव एवम् सहकार्यको सस्कृतिलाई थप प्रगाढ बनाउदै जाने उल्लेख गरे । गठबन्धनमा विश्वासका अघि बढ्ने, पारदर्शी तथा क्रियाशील बनाउने विषयमा निचोड निकालिएको उनले बताए ।