
जुम्ला । कर्णाली प्रदेशमा हुम्ला समृद्धिको बहुवर्षिय आयोजना निर्माण हुने भएको छ । भौगोलिक रूपले विकट हुम्लाको पूर्वाधार विकासका लागि कर्णाली प्रदेश सरकारको एक अर्ब लगानीमा उक्त आयोजना निर्माण प्रक्रियाअघि बढाएको हो ।
हुम्लाबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत गरेको खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षिय आयोजना बल्ल निर्माण प्रक्रियामा गएको जानकारी दिए । शाही मुख्यमन्त्री हुँदा स्वीकृत भएको उक्त बहुवर्षिय आयोजना सरकार परिवर्तन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले पूर्णता नपाउनु, वर्तमान पूर्वाधार मन्त्रीले चासो नदिनु, समपुरकको बजेट स्रोत सुनिश्चिता नभइअघि बढाउन नसकिने भ्रम जस्ता कारणले हालसम्मअघि बढ्न सकेको थिएन् ।
कर्णाली प्रदेश सभाको माघ ७ मा बसेको पाँचौ अधिवेशनको पहिलो बैठकमा पूर्व मुख्यमन्त्री शाहीले हुम्लाको भाग्य र भविष्यसँग जोडिएको ‘खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षिय आयोजना’ निर्माणमा सरकारले गरेको ढिलासुस्ती र पूर्वाधार मन्त्रीको लापरबाहीले आयोजनाअघि नबढेको संसद्मै कडा आलोचना गरे । संसद्मा शाहीले कर्णालीका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री शेरबहादुर बुढाले हुम्ला समृद्धिको आयोजनाअघि बढाउन चरम लापरबाही गरेको, तत्कालअघि नबढाए पूर्वाधार मन्त्रीनै हटाउनु पर्ने खोलको अभिव्यक्ति दिएका थिए ।
संसदबाटै शाहीले सहकार्य समन्वय नहुने,अघिल्ला सरकारले अघि सारेका आयाेजना कार्यान्वयन नहुने हाे भने वर्तमान सरकारमा बसीरहनु पर्ने कुुनै औचित्य नरहेकाे,सरकारमा बस्ने माेह पनि नभएकाे र हुुम्लाकाे आयाेजना अघि नबढे सरकारनै छाेड्ने चेेताबनी दिएका थिए
पूर्वाधार विकास कार्यालयले माघ १० गतेनै एक अर्ब लागतको खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षिय आयोजना निर्माणका लागि टेण्डर आह्वान गरेको छ । टेण्डर आह्वानसँगै हुम्लाको आर्थिक समृद्धि र हुम्लालाई चिनाउने बहृत आयोजना निर्माणको बाटो खुलेको पूर्व मुख्यमन्त्री शाहीले बताए ।
‘हुम्लालाई चिनाउने आयोजनाका रूपमा खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षिय आयोजनाअघि सारेको थिए’, उनले भने,‘म मुख्यमन्त्री हुँदाअघि सारेको योजना हो । तर मुख्यमन्त्री फेरिएपछि योजनाले गति लिन सकेन् । डिपिआर पनि पूर्ण भएको थिएन । ६ महिना अघिनै हुनु पर्ने टेण्डर मन्त्रालयकै ढिलासुस्तीले हुन सकेन् । संघीप्य समपुरक शीर्षकको बजेटबाट बन्ने भएकोले स्रोत सुनिश्चता नभई हुदैन भन्ने भ्रम परेछ । मैले त्यसो हुँदैन अघि बढाउभन्दा अघि बढेन् । पटकपटक पूर्वाधार मन्त्रीलाई फोन गर्दासमेत उठेन् । संसद बैठकमै कुरा उठाएपछि तत्काल ठेक्का भएको छ ।’
एक अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणका लागि ९८ करोडको ठेक्का आह्वान गरिएको छ । ढिलै कार्यान्वयन चरणमा गएको आयोजना बनेपछि हुम्लामा दर्जनौ पूर्वाधार निर्माण हुने छन् । हुम्लालाई चिनाउने आधार उक्त बहुवर्षिय आयोजनाबाट बन्ने छ । मानसरोवर हेर्न सिमकोट ओर्लिने हरेक व्यक्तिले यो आयोजनाअन्तरर्गत बन्ने विभिन्न संरचनाहरूबाटै हुम्ला बुझ्ने अवसर पाउने छन् ।

उक्त आयोजनाअन्तरर्गत हुम्लाको भाषा, संस्कृति, रहन सहन, भेषभूषा झल्किने संग्रहालय, पदमार्ग, गोरेटो बाटो, नमुना विद्यालय भवनहरू, सडक, पार्क, प्रतिक्षालय, अभिलेखालय जस्ता थुप्रै संरचनाहरू निर्माण हुने छन् । संघीय सरकार र प्रदेश सरकारको सह लगानीमा कार्यान्वयन हुने हुम्लाको समृद्घिसँग जोडिएको एक अर्ब बजेटको आयोजना निर्माण हुने कुराबाट हुम्लाबासी उत्साहित भएका छन् ।
शाहीले भने,‘ ढिलै भए पनि यो वर्ष यो आयोजना कार्यान्वयनमा आएको छ । आयोजनाको तयारी चरणमा केही ढिला भई सकेको छ । यद्यपि आयोजनालाई समयमा नै सम्पन्न गर्न जरुरी छ । विगतका अन्य बहुवर्षिय आयोजना जस्तै यो आयोजना अलपत्र नहुने अपेक्षा गरेका छौं ।’
आयोजनाअन्तरर्गत बन्ने संरचनाको गुणस्तर, समयमै निर्माण सम्पन्न गर्न लागि परेको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताए । उनका अनुसार पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षबाटै उक्त आयोजना निर्माणलाई अघि बढाउने भएको छ । हुम्लाको पूर्वाधार विकास र पहिचानका लागि निकै महत्त्वका साथ हेरिएको आयोजनालाई समयमै सम्पन्न गरिने कार्यालयको लक्ष्य छ ।