हिमपात पछि पहिराे खस्दा नाग्म-गमगडी सडक अबरुद्ध

जुम्ला । लगातारकाे वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अबरुद्द भएकाे छ । मुगुलाई कर्णाली राजमार्गमा जाेड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अबरुद्द भएकाे हाे ।

लगातारकाे वर्षा र हिमपातले नाग्म-गमगडि सडक खण्डकाे भुलभुले क्षेत्रमा पहिराे खस्दा र सात माेड क्षेत्रमा बाक्लाे हिउँ जमेपछि सडक अबरुद्ध  भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए ।

हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिराे खसेर सडक अरुबद्द भएकाे छ । भने सात माेडमा बाक्लाे हिउँ जमेपछि सवारी आवागमन राेकिएकाे छ ।

उनले भने,’हिउँ र पहिराे पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अबरुद्द हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ।’

सडकमा जमेकाे हिउँ पन्छाउँदै डाेजर । फाईल तस्बिर कर्णाली मिसन

हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अबरुद्ध  भईरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डाेजर लगायतका जनशक्ति तैथान राखेकाे डिभिजन प्रमुख चाैधरीकाे भनाई छ ।
सडक अबरुद्द भएपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएकाे छ । यदपी सडक डिभिजनले अबरुद्द खुलाउने काम जारी रहेकाेले धैर्य गर्न अनुराेध गरेकाे छ ।

भने हिमपातकाे समयमा  सडककाे अबस्था बुझेर मात्र यात्रा पनि अपिल गरेकाे छ  । माैसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटककाे घुईचाे लाग्ने भएकाेले चाडै अबरुद्द खुलाउन जाेड दिईएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।

यता जुम्लाकाे खाली,चेरे चाैर लगायतका स्थानमा हिउँ खेल्न जानेकाे घुईचाे लाग्ने छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् ।

लामाे समयसम्म वर्षा र हिमपात नहुँदा हिँउदे बाली सुक्ने चिन्तामा रहेका किसान विहिबार रातदेखि वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका हुन् ।

साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लाे हिउँ जमेकाे छ  । भने बेसी क्षेत्रमा हिउँ परेन् । वर्षा र हिमपात संगै  भएपछि अपेक्षाकृत हिउँ जम्न सकेन् । यदपी लगातार दुईदिन भएकाे वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस