जुम्ला-रारा म्याराथनकाे सबै तयारी पूरा, ५९१ जना खेलाडी सहभागी हुदैँ

जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथनकाे सबै तयारी पूरा भएकाे छ । कर्णाली स्पाेर्ट क्लबकाे आयाेजनामा हुने जुम्ला-रारा अल्ट्रा म्याराथनकाे छैटाै संस्करणकाे सबै तयारी पूरा भएकाे हाे ।

वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलाेमिटर दुरीकाे जुम्ला-रारा म्याराथनकाे तयारी पूरा भएकाे बारे आयाेजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ ।

प्रतियाेगितामा देश विदेशका गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए ।

उनका अनुसार पाेल्याण्डका १,अमेरिकाका १,फ्रान्सका १,भारतका-२ जना खेलाडी सहभागी हुने छन् । भने सबैभन्दा ठुलाे रासीकाे ५१ किलाेमिटर दुरीकाे प्रतियाेगितामा ७४ जना खेलाडी सहभागी हुने छन् ।

त्यस्तै ५ किमी दाैड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट-२ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियाेगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

पाँचथर,काठमान्डाै,नुवाकाेट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी छन् । भने चार ठाउँमा चेकिङ प्वाईन्ट राखिएकाे छ ।

चेकिङ प्वाईन्ट-खाली पाटन,चाैथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाईन्ट ताेकिएकाे छ ।
साथै दविदत्त गणले स्वयमसेवककाे रुपमा सहयाेग गर्ने छ । म्याराथनका लागि अनुमानित २८ लाख लाग्ने छ ।

भने म्याराथनबाट बचेकाे रकमबाट कर्णाली स्पाेर्ट क्लबकाे भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर राेकायाले क्लबकाे भवन निर्माणका लागि निशुल्क जग्गा दिएका थिए ।

म्याराथनकाे उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुराे भएपनि बजेट निर्माणकाे छलफल नजिकीएकाेले नआउने भएका छन् ।

याे पनि पढ्नुहाेला…

प्रकाशित मिति : २०८२ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस