जुम्ला । १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै जुम्लाकाे हिमा गाउँपालिकामा जल सम्मेलन सम्पन्न भएकाे छ । सबैका लागि दिगाे खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियाेजना संचालन भएका कर्णालीका २८ वटास्थानीय तह पहिलाे हिमामा जल सम्मेलनकाे आयाेजना भएकाे हाे ।
दुईदिन सम्म संचालित सम्मेलनले हिमाका खानेपाानी आयाेजनाकाे दिगाे व्यवस्थापन,संचालन तथा मर्मत संभारलाई प्रभावकारी बनाउने सवाललाई जाेड दिँदै १२ बुँदे प्रतिबद्धता-पत्र जारी भएकाे हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले बताईन् ।
उनका अनुसार खानेपानी याेजनाकाे दिगाे व्यवस्थापन र संचालनकाे मुख्य उदेश्य राखेर हिमामा पहिलाे पटक जल सम्मेलन आयाेजना गरिएकाे हाे ।
खानेपानी सरसफाई तथा स्वच्छता, योजनाको पहुचको सुनिश्चितता, दिगाे संचालनका लागि कार्यविधि तयार गरी लागु गर्ने, वास याेजना निर्माण गरि साेहि आधार मर्मत संभार नीति बनाउने,मर्मत संभार काेष स्थापना गर्ने,पानीकाे बहुउपयाेग,हरेक वर्ष साधारण सभा तथा पालिका र वडामा प्रतिवेदन पेश गर्ने लगायत पक्षलाई जाेड दिदै १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएकाे छ ।

सम्मेलनमा सहभागी हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खानेपानी र सरफाईमा हिमाले गरेका कामलाई संरक्षण तथा व्यवस्थापन गर्न जल सम्मेलनका प्रतिबद्धताले थप सहयाेग पुग्ने बताए ।
उनले भने,’पाँच वर्ष भित्र खानेपानीमा नमुना विकास गर्ने गरि हामी लागेका छाै । स्राेतकाे संरक्षण रसदुपयाेगमा जाेड दिएका छाै । करिब ११ सयबढि घरमा धारा पनि पुगिसकेका छन्। ती संरचनाकाे दिगाे व्यवस्थान र संचालन महत्व पूर्ण विषय हाेल। जुन कुरामा जल सम्मेलनले जाेड दिएकाे छ । प्रतिबद्धता कार्यान्वयनमा गम्भीर हुनुपर्छ ।’
सम्मेलनमा ३१ वटा खानेपानी याेजनाका पदाधिकारी,स्थानीय सहित पालिकाका जनप्रतिनिधिकाे सक्रिय सहभागिता थियाे । कूल ३१ वटा उपभाेक्ता समिति मध्य २७ समिति संग याेजना सम्झाैतानै भईसकेकाे छ ।
भने २७ वटा समितिको सम्मेलनमा सेवा सहायता केन्द्र मार्फत खानेपानी तथा सरसफाइ योजनाको मर्मत तथा सम्भार कार्यान्वयन समजदारी पत्रमा समिति र पालिकाबिच सम्झौता समेत भएको वास संयाेजक सुमिता शाहीले कर्णाली मिसनलाई जानकारी दिईन् ।
नेपाल सरकारको राष्टि्य खानेपानी तथा सरसफाइ नीति २०८० मा उल्लेखित प्राबधान अनुसार साना तथा मध्यम मर्मत गर्नुपर्ने खानेपानीका योजनाहरुलाई उपभाेक्ता र गाउँपालिका बीच निश्चित रकममा साझदारी गर्नु पर्ने व्यवस्था छ ।

साेहीनुसार समझारीपत्रमा हस्ताक्षर,समेत भएकाे छ ।
सम्मेलनमा पालिकामा दर्ता भएका उपभाेक्ता समितिलाई प्रमाण पत्र वितरण गरिएकाे छ । भने कुल ३१ पटा याेजना मध्य तीन वटा याेजना मर्मत संभार काेषका लागि रकम समेत जम्मा भएकाे छ ।
जसमा पहिलाे खल्ढुङा खानेपानी तथा सरसफाइ उपभोक्ता समिती हिमा-६ जुम्लाले ६ लाख ९७ हजार,दाेस्राेमा बादाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिती हिमा ५ ले ४ लाख ९४ हजार र तेस्राेमा रिन्डिल सिम्डिल खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले ५ लाख ५० हजार रुपैया मर्मत काेषका लागि जम्मा गरेका छन् । साथै पहिलाे पटक आयाेजना भएकाे वास सम्मेलनमा १०५ जनाकाे सहभागिता थियाे ।
१२ बुँदे प्रतिबद्धता-पत्र पूर्णपाठ यस्ताे छ:-
नेपालको संबिधानको धारा ३५ ले खानेपानी सरसफाई तथा स्वच्छता मौलिक हककोरुपमा सुनिश्चित छ । गाउँ. पालिकाले आगामि ४ वर्ष भित्र हिमा गाउँपालिका लाई शुद्ध पिउने पानी र ५ वर्ष भित्र गाउँपालिक पूर्ण सरसफाई र छाउगोठ मुक्त गाउँपालिका सुनिश्चीतता गर्ने लक्ष्य लिएको छ। सोको लागि योजनाको गुणरू निमार्ण, मर्मत, सभ्मार र दिगो संञ्चालन अपरिहार्य रहेको विषय लाई मध्यनजर गरी “गुणस्तरीय र दिगो खाने हाम्रो आवश्यकता, पूर्ण सरसफाई छाउगोठ मुक्त स्वच्छता हिमालकी प्रतिवद्धता” भन्ने मुल नारालाई आत्म गर्दै संबैधाानिक प्रवधान र गाउँपालिको लक्ष्य पुरा गर्ने सन्दर्भमा मिति २०८२ साल जेष्ठ २२ गते हामी निर्वा जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, कर्मचारिर सरोकारवाला हरुले पूर्णरुपमा कार्यन्वयन गर्ने गर। एक्यवद्धता सहित यो फ्रीवद्धता व्यक्त गर्दछौं ।
१. खानेपानी सरसफाई तथा स्वच्छता, योजनाको पहुचको सुनिश्चितता, दिगाे संचालनका लागि कार्यविधि तयार गरी लागु गर्ने ।
२. गाउँपलिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना, ( WASH Plan ) निर्माण गरी, सो आधारमा, संचालन तथा मर्मत सम्भार निति तयारपारी सवैयोजनामा अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनेछौं
३. योजनाको दिगो संचालनको लागि कति सम्भारकोषको अपरिहार्यता भएकोहुँदा सामुदायिक धारा भए योजनाहरुमा कम्तीमा दिनको १ रुपैंया र निजि धारा संचालन गर्ने याजेनामा मिटर अनुसारको रकम उठ कोषको व्यवस्थापन गर्ने छौं ।
४. प्रत्येक बर्ष वार्षिक रुपमा साधारण सभा गरी ओने प्रतिवेदन सम्बन्धित वडा र गाउँपालिकाको सम्बनि शाखा पेश गर्ने छौ ।
५. पानीको व्यवस्थापन र वहु प्रयोग जिविकोपार्जनको महत्वपूर्ण आधार भएको हुदा घरमा वा धारामा प्रयोग है पानीको व्यवस्थापन गरी सरकारी उत्पादनमा उपयोग गर्ने छौं। यस्कालागि एक घर एक पोषण वगैचा / घरवारीको व्यवस्थपनल है अनि गर्ने छौं।
६. जलवायुपरिवर्तन व अस मानव सृजित क्रियाकलप र प्राप वाट पानिका श्रोत घट्दै जाने प्रक्रियालाः रोकथाम गर्न श्री संरक्षण, पुनरभरण वृपण जस्ता याकलाप संचालन गर्ने छौं ।
७. खाने पानीको गुणस्तर सुनिश्चितताको रुम पटक वर्षातको समय र वर्षात सकिसके पश्चात पानी परिक्षण गराउने छौं साथै गाउँपालना सम्तौता गर्नु पुर्व पानीको गुणस्तर सुनिश्चितता अनिवार्य गर्न गराउन सिफारीस गर्दछौ । ८. विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता सुविधाको सुनिश्चितता खानेपानी तथा सरसफाई तथा स्वच्छता योजना निर्माण गरी कार्यान्वयन गर्नेछौँ।
९. योजनाको खातापाता व्यवस्थीत गरी राख्नेछौं र प्रत्येक वर्ष यसको सार्वजनिक परिक्षण गर्नेछौं ।
१०. पूर्ण सरसफाई क्रियाकलाप संचालनगरी ५ वर्ष भित्र पूर्णसरसफाई युक्त गाउँपालिका बनाउन लियको लक्ष्य पूरागर्न प्रतिवद्धछौं साथै महिनावारीको समयमा पनि धारा र शौचलयको प्रयोग गर्न चेतनामुलक आभयान सञ्चालन गरी सोसमयमा धारा र चर्पि प्रयोग नगर्ने परम्पराको अन्त्य गर्नेछौं ११. गाउँपालिका स्तरमा खानेपानी सरसफाई र स्वच्छता क्षेत्रमा प्रकोप बाट हुने क्षतिमा गाउँपालिकामा एक आपतकालिन कोष स्थापना गर्नेछौं ।१२. खानेपानी योजनामा मर्मत सम्भार कार्यकर्ता (पानी हेराला) को विधिवत नियुक्ती गरी परीचालन गर्नेछौँ ।



