संघीय खानेपानी कार्यालय खारेजीकाे विरुद्व उत्रिदै दलहरु, कार्यालय तालाबन्दी गरिदै

जुम्ला । जुम्लाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेजी हुने भएपछि जुम्लाका दलहरु विराेधमा उत्रिने भएका छन् ।

असार २३ काे मन्त्री स्तरकाे निर्णयबाट जुम्लाबाट संघीय खानेपानी कार्यालय खारेज गरिएकाे छ ।

२०७५ सालमा जुम्लामा स्थापना भएकाे कार्यालय खारेजी हुने भएपछि जुम्लामा राजनीतिक दलहरुले विराेधमा उत्रिने निर्णय गरेका छन् ।

आईतबार विहान बसेकाे सर्बदलिय बैठकले कार्यालय खारेजीकाे विरुद्वमा कार्यालय तालाबन्दी गर्ने,प्रशासन मार्फत ज्ञापनपत्र बुझाउने र माग पूरा नभए चरणबद्व आन्दाेलन गर्ने निर्णय गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए ।

साउन १ गतेबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाबाट हटाएर सम्पूर्ण आर्थिक काराेबार सुर्खेतबाट हुने छ । अब जुम्ला सहित हुम्ला,मुगु र कालिकाेटका नागरिक सुर्खेत पुगेर सेवा लिनु पर्ने छ ।

यस्ताे छ निर्णय
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खानेपानी मन्त्रालयको मिति २०८२ आषाढ २५ गतेको परिपत्रानुसार सो कार्यालय श्रावण १ गते देखि सुर्खेतबाट संचालन हुने बुझिएकोले जुम्लामा संचालित धौलिगाड वृहत खानेपानी आयोजना लगायत २० औं आयोजना अलपत्र पर्ने देखिएको हुँदा साथै नेपाल सरकार र कर्णाली प्रदेश सरकारको निर्णयबाट एक एक गरी जुम्लामा रहेका कार्यालयहरु क्रमशः सुर्खेत तिर स्थानन्तरण गर्ने रवैयाको घोर भर्त्सता गर्दै संविधान कानुनको प्रावधान बमोजिम सकारात्मक विभेदको आधारमा भूगोल समेतलाई मध्यनजर गरी संघियताको मर्म अनुरुप थप कार्यालय संचालन गर्नुपर्ने अवस्थामा कार्यालय क्रमश सुर्खेत केन्द्रित गर्दै जानु घोर आपत्ति जनक कुरा भएको हुँदा यथासिघ्र निर्णय संशोधन गरि सो कार्यालय जुम्लामा यथावत राखी दिन जिल्ला प्रशासन कार्यालय, जुम्ला मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पेश गर्ने एवं जुम्लाबाट प्रतिनिधित्व गर्न सम्पूर्ण माननीय सांसद ज्यूहरुलाई समेत माग संवोधनका लागी आवश्यक पहल गरिदिन अनुरोध गर्ने साथै दवाव मुलक कार्याक्रम देहाय बमोजिम संचालन गर्ने निर्णय गरियो ।
तपसिल

१) जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा आजै तालावन्दी गर्ने ।

२) जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार खानेपानी मन्त्रालयमा ज्ञापन पत्र पेश गर्ने ।

३) माग पुरा नभए थप दवाव मूलक कार्यक्रमहरु संचालन गर्ने

याे पनि पढ्नुहाेस्…

प्रकाशित मिति : २०८२ असार ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस