जीन–जी आन्दोलनको शिक्षा

जेन जीबाट केही सिकौं :
नेपालमा जेन जी (युवापिडीं ११ देखि २७ बर्षका उमेर समुह) ले २०८२, भाद्र २३ र २४ गते गरेको आन्दोलनले सामाजिक कार्यकर्ता, अभियान्ता, राजनितिकर्मि, राजनैतिक दल, तिनका नेता र कार्यकर्ता एवम् शासकहरुलाई लोकतन्त्रिक हुन सिकाएको छ । त्यति मात्र होईन पुनः जागरण हुन बाध्य गराएको छ । अहंकार, घमण्ड, निरंकुश र देवत्ववाी तथा सबै प्रकारले भ्रष्टबाट मुक्त हुन सचेत गराएको छ । यस आन्दोलनले सत्ताहस्न्तारण होईन, सरकार हस्तनतरण गरेर बौद्धिक मन्थन शुरु गराएको छ । अनि सबैलाई सच्निन, आत्म समिक्षा गर्न शिक्षा दिएकोछ । शासक र सरकारलाई अझ लोकतान्त्रिक हुन दवाव दिएको छैन, नसच्चीए बृद्धपुस्तालाई जनताको प्रतिनिधि र नेता बन्न निति नियम बनाईने चेतावनी समेत दिएको छ । यसले राजा महाराजाका शासनकाल र २००७, २०४६, २०६२. ०६३ को आन्दोलन भन्दा फरक आचचरण वा चरित्र बोकेको छ । मुलुकमा कानुनी तथा सुशासन कायम गर्ने । दण्ड हिनताका अन्त्य गरिनु पर्ने दवाव सृर्जना गरेको छ । जनताको सेवामा भाई भारादारी तथा नातावाद कृपावाद जस्ता भर्ति केन्द्र र हुक्के ,बैठके, झुण्डमुण्डहरुको अन्त्य गरिनु पर्ने आशय प्रकट गरेको छ । राजनिती वा सामाजिक सेवामा व्यक्ति र व्यक्तिवादी चरित्रको अन्त्य र आसेपासेहरुबाट मुक्त हुन सबैलाई पाठ दिएको छ । अब सार्वजनिक सम्पत्ती र विकासलाई आफनो पेवाको रुपमा उपयोग गर्ने र प्रभार प्रसार गरेर व्यक्तिगत फाईदा उठाउने प्रवुत्तीलाई चुनौति यस आन्दोलनले दिएको छ । वास्तविक रुपमा सबै क्षेत्रमा रुपान्तरण र पुस्तान्तरण लोकतन्त्रिक ढंगले गर्न गराउन दवाव चौतर्फी दिएको छ आदि आदि ।यसको सबै पक्षले सदुपयोग निस्वार्थ निर्धक्क गरौ, लोकतन्त्रलाई अझ समुन्नत, समृद्ध र आधुनिककरणमा जोड दिऊ । वास्तविक संरक्षणत्व युवापुस्तालाई प्रदान गरौं । अझ सकिन्छ भने यसको मर्म र भावनालाई २१ औ शताब्दीको विकसित विज्ञान, प्रविधि र विकाससँग जोडेर लैजाने प्रतिवद्धता सवै पक्षले गरौ । यिनीहरु हाम्रै छोरा छोरी, विहिनी, भाई भतिजा आदि आदि हुन । उनीहरुको अभिभावकत्व हामी सवैले ईमान्दारिपुर्वक गर्नु पर्छ । सही र वास्तविक शिक्षा मार्गनिर्देश दियौ भने उनी र हामीहरुको भविष्य सुन्दर हुन्छ । अनि सुखी, शान्ति र समृद्धीले हामी सबैलाई सन्तोषपुर्वक बाच्न सिकाउने छ । हो भनिन्छ जस्ता बाबु आमा उस्तै छोरा छोरी हून्छन् । हाम्रो शिक्षा दिए, राम्रै हुन्छन, नरामा्रे शिक्षा दिए, नराम्रो । आजका कलिला कोपिला भोलिका भविष्यका कर्णदार हुन । यिनको पालन पोषण, हेर चाह राम्रोसँग गरौं । यस वेला यो पार्टी, त्यो पार्टी र उ पार्टी नगरौ । यिनको युग, परिस्थिति, प्रविधिको माग अनुसार चल्न दिउ, चलाऔं । हामीले हिजो राम्रो नगरे कै कारण जेन जी उठे, हामीलाई राम्रो गरे, राम्रैसँग मर भनेर स्मरण गराएका छन् । त्यसैले यो युग र मागलाई व्यवस्थित गरेर सबैले अगाडि बढने प्ररण गरौ, प्रतिबद्धता जाहेर गरौ ।
जेन जी आन्दोलनका कारण :
यो आन्दोलन सत्ता हस्तान्तरणको लागि भएको होईन, पुस्तास्तन्तरणको लागि हो । सरकार हस्तान्तरणका हो । लोकतन्त्र सृदृढ, समुन्नत, समृद्ध र अनुशासित बनाउन भएको हो । व्यक्तितन्त्र होईन, सासुहिक तन्त्र, निरंकुशतन्त्र हाईन, लोकतन्त्र, दण्डहिनता हाईन, दण्डनिय, कानुनी शासन र सुशासन कायम होस भन्नका लागि हो यो आन्दोलन । यसले अघि अति गरेर पति जान्छ भनेको छ । हाम्रा दल, नेतृत्व र सरकार संचालकहरुको मनपरितन्त्र, एकलवर्चस्व, मिलिभगत, राज्यको सम्पत्ती चरम दोहन, बाडीचुडी खाने भ्रष्ट प्रवृत्ती र मनमौजी अन्त्यका लागि शुरु भएको आन्दोलन हो । यो दल, शासक र सरकारको अहंकार, घमण्ड, अधिनायकवाद तथा एकमानावादी कार्य शैलीका तथा मपाईत्व विरुद्ध उत्पन्न आन्दोलन हो । त्यति मात्र हाईन समाजमा प्रत्यक्ष देखा परेका विभेद, असमानता, दमन र लोकतन्त्रको नकावमा सबै खाल शोषण विरुद्ध गरिएको आन्दोलन हो यो । यो आन्दोलनमा शुरु शुरुमा उनीहरुले २०८२ भान्द्र २३ गते प्रर्दशन गर्दा सरकारद्धारा सामाजिक संञ्जाल बन्दको विरोध, फुकुवा, भ्रष्टाचारको अन्त्य र राज्यमा गरिएको दोहनबाट सृर्जित असमानताको अन्त्यका विरुद्ध थियो । तिनीहरुको शुरुका प्रर्दशनको मागमा राज्य सत्ता परिवर्तन, संरचना ध्वस्त, खारेजी जस्ता माग थिएनन । सरकारले विना विकल्प एककाएक बन्द गरिएको सामाजिक संञ्जालको फुकुवा थियो । जसले यो पुस्ताको स्वतन्त्रतालाई कुण्ठित गरयो । अनि सामाजिक सम्बन्ध र सम्र्पक विच्छद गरायो । आम संञ्चार क्षेत्रमा यसको ठुलो प्रभाव पर्न गयो । जसको चौतर्फि विरोध भयो । जेन जीहरुको शान्तिर्पुण आन्दोलन मागलाई सरकारले समय मै पुनःविचार गरेका स्कुलका लुगा लगाएको युवाहरु रोकिने थिए । तर सरकारले मागलाई संबोधन गर्न बार्तामा आव्हान गर्नु भन्दा यीनिहरुलाई नक्कली जेन जी हुन, उनीहरु लुटपाटका लागि तयार भएका हुन, उनीहरुले कुनै लछार पछार लगाउदन्ैनन भन्ने सरकार प्रमुख केपि शर्मा ओलीको अभिव्यक्तिले आन्दोलन चर्कन गएको हो । प्रम ओलीले बली रहेको आगोमा निभाउने प्रयास गर्नु भन्दा आगोमा ध्यु थप्ने काम भयो । जसले आगो दन्कियो । आन्दोल नियन्त्रण भन्दा बाहिर गयो । सरकारले कलिला युवाहरु माथि अन्धाधुन्ध ताकी ताकी शरिरको माथिल्लो भाग टाउका छातीमा गोली प्रहार गरायो । आन्दोलनको शुरु दिन मै १९ जनाको विभत्स हत्या गरायो । त्यति भएको सुचनाको आधारमा सरकारले २३ गते साझ वा दोस्रो दिन विहानै राष्टको नाममा संबोधन गरेर उनीहरुलाई बार्तामा आव्हान गर्नु पर्ने त्यो पनि सरकार चुक्यो । दोस्रो दिन जन आक्रोश बढन गयो । त्यो दिन विभिन्न प्रकारका घुष पैठ हुन गयो । घुषपैठियाहरुले हरेक समुहको नेतृत्व गरे । अनि संसद भवन, सिहंदरवार, सर्वोच्च अदालत लगायत सार्वजनिक सम्पत्तीहरु माथि निशासन बनाई एकाएक अप्रत्यासित दन्किन गए । त्यो दृश्य विभत्स र कहाली लाग्दो थियो । यसैलाई भनिन्छ शासकको विपरित काल विनास बुद्धि । ००००
आन्दोलनमा घुषपैठको विश्लेषण :
जेन जी आन्दोलन आक्रेकश साथ बढयो । विश्वमा यस भन्दा अगाडिका आन्दोलनहरुमा जसरी घुषपैठ, चलखेले भएको विश्लेषण छ । यस आन्दोलनमा पनि त्यही विश्लेषण हुनु स्वाभाविक हो । औ १८ औं शताब्दीमा जर्मनमा भएका क्रान्ति (पेरिस कन्युन), १९ औ शताब्दीमा रुसमा भएको अक्टोवर क्रान्ति, १९४५–१९४९ मा भएको चिनिया क्रान्ति, १८५७–१९४७ मा भएको भारतीय स्वतन्त्रतता सग्राम (ब्रिटिश सामाराज्य हटाउन) लगायत विश्वमा भएका आन्दोलनमा देशी विदेशी हस्तक्षेप, प्रतिगमनकारी षडयन्त्र, प्रतिक्रान्तिकारी, पुनःउत्थानवादी लगायत देशी विदेशी थास्थितिवादी शक्तिहरुको चासो र घुषपैठक भएकै इतिहास पढन पाईन्छ । ति ईतिहासकाबारे याख्या र विश्लेषण गर्दा आलेखको अर्थ र मर्म मोडिने भएकोले यहाँ जेन जी आन्दोलन नेपालमा २ दिनमा किन, कसका लागि के गर्न भएको हो ? त्यसका सारसंक्षप यहाँ बताउन कोशिश गरिएको छ । उदाहरणका लागि भए पनि विश्वमा १७ औं शताब्दीदेखिका क्रान्ति तथा आन्दोलनहरुः
१. जर्मनमा भएको १८७१ को पेरिस कम्युन मजदुरवर्गले सर्वहारा अधिनायकत्व लागि गरेका थिए, जुन आन्दोलन त्यहाँका पुँजिवादीहरुलाई नियन्त्रणमा राख्न नसक्दा ७२ दिन पछि त्यो असफल भएको ।
२.रुसी अक्टोवर क्रान्ति,यसको आधार तयार १९०५, १९१४, १९१७ फ्रेवेवरी र त्यस पछि १९१७ अक्टोवर २५ क्रान्ति सफल ।
३.चिनिया क्रान्ति विभिन्न प्रकारले भयो, १९११ देखि १९४९ सम्म भयो । विशेष गरि १९४५ बाट अक्टोवर १,१९४९ मा सफल ।
४. भारतीय स्वतन्त्रता संगा्रम १८५७ देखि १९४७ (ब्रिटिश सामाराज्यलाई हठाउन) सम्म ।
५.२००७, २०३६ देखि २०४६ जनआन्दोलन, माओवादी जनयुद्धको रापतापमा २०६२÷०६३ दोस्रो जनआन्दालन र अहिले २०८२ साल भान्द्र २३ र २४ गतेको जेन जी आन्दोलन ।
५. यस वाहेक १५ औं १६ औ शताब्दीमा वेलायत, फ्रान्स, जर्मनमा पनि क्रान्ति र आन्दोलनहरु भएका छन् । ठुला ठुला रक्तपात भएका छन् । कसैका टाउका काटिएका छन् । कसैका घाँटी छुटाईउएका ईतहासहरु छन् । यहाँ सबै क्रान्ति र आन्दोलनहरुको व्याख्या विश्ेलषण समयको अभावले गरिएको छैन । केवल उदाहरण मात्र दिन खोजिएको छ ।
माथि उल्लेख गरेका अधिकांश क्रान्ति र आन्दोलनहरु पुस्ताहस्तान्तरण नभई सत्ता हस्तान्तरण भएका ईतिहास छ । जुन वेला जहाँ जहाँ क्रान्ति र आन्दोलन भएका थिए । त्यहाँ राज्य सत्ता परिवर्तन गरि नयाँ सविधान कानुन र राज्यको निकायहरुमा पुनः संरचना गएिका थिए । नेपालमा २०४६ र २०६२. ०६३ को जनअन्दोलनले सत्ता र संविधान कानुन नयाँ निर्माण गरेका थियो । तर नेपालमा २०८२ भदौँ २३ र २४ को युवापुस्ताको आन्दोलन पुस्ता हस्तान्तरणका लागि भएको बुझनु पर्छ । यसले वेथितिमा हुर्केको सरकार जेन जीमा सिफारिसमा सरकार हस्तान्तरण वा परिवर्तन गरिएको छ । किन की २०४६ को प्रजातन्त्र पुनः स्थापनाको आन्दोलन र २०६२÷०६३ को दोस्रो जनआन्दोलन पश्चात लोकतान्त्रिक शासन व्यवस्थामा सकारात्मक कम र नकारात्मक पक्षहरु बढदा मुलुक कु.शासन तर्फ बढयो । लोकतान्त्रिक व्यवस्थाका संचालकहरु लोकतन्त्र र गणतन्त्रको आवरणमा निरंकुश हुन थाले । जसको परिणामले जेन जी आन्दोलन युवा पुस्ता हस्तान्तरणका बाध्यकारी बन्यो । त्यसमा पनि ११ देखि २७ बर्षसम्मका जेन जीहरुले राज्यद्धारा बन्द गरिएको सामाजिक संञ्जालको फुकुवा र भ्रष्टाचारीहरु माथि कारवाही गर्न सरकारसँग शान्तिपुर्ण रुपमा स्कुले लुगासँगै सडकमा उत्रिएका भाई वहिना, छोरा, छोरी, भाई भतिजा, नाति नातिलाहरुको भावनालाई नबुझेर केपि ओलीको नेतृत्वका सरकारले ध्यान नदिदा बर्बर दमन भयो । अन्धाधुन्ध गोली प्रहार गर्दा संसद भवन आसपा।मा भदौँ २३ गते निर्दोष १९ जनाको ज्यान गयो । ज्यानको बदला ज्यान र न्याय माग्दा गोली दिन्छ भने मर्न र लडन तयार छौ भन्दै दोस्रो दिन युवा लगायतका लाखौ लाख नागरिक सडकमा उत्रिए । राज्यको प्रहरी र सेनाले सुरक्षा दिन नसक्दा उत्तेजित प्रदर्शनले राज्य र सरकार विरुद्ध नारा जुलुश गद निजि तथा सार्वजनिक सम्पत्ती जलाउने, नष्ट गर्ने र लुटने काम भयो । जसलाई नियन्त्रणमा लिन नसके पछि प्र.म. ओलीले बाध्य भएर राजिनामा दिएर सरकारबाट बाहिरीनु पर्यो । प्रम आलीले राजिनामा दिनु अघि आन्दोलनकारी युवापुस्तालाई बार्ताको लागि आव्हान गर्ने कुनै आवश्यकता ठानेन् । भदौँ २३ र २४ गते भएको क्षति अकल्पनिय हुन पुग्यो । प्रम ओलीले विनास काल विपरित बुद्धि गरेकै कारण आज ३ सुरक्षाकर्मीसहित ५६ जना युवाहरुले ज्यान गुमाउनु पर्यो । खरबैको भौतिक संरचना, धन र महत्वपुर्ण डाटाहरु जलेर नष्ट भए । यो राज्य सरकारको अर्दुशी, संवेदनहिनता, घमण्ड र बदख्याई तथा अहंकार थियो । जसका कारण राज्य जल्यो, भविष्यका हानाहार युवा पुस्ता मर्न गए । मुलुलक संवेदनामा पर्यो । यसका जिम्मा तत्कालिन सरकारले लिनु पर्ने तर उनीहरु अहिले छैनन । अब यो पुर्व प्रद्यान न्यायधिश शुसिला कार्कीको नेतृत्वमा बनेको सरकारले घटनाको यथार्थ छानविन गरि दोषी माथि कारवाहीको दायरामा ल्याउन के कस्ता उपाया र विकल्पहरु अगाडि ल्याउने हुन यो हेर्न बाँकी छ । पर्छ ।
अब समालिनुको विकल्प छैन :
दुई दिने जेन जी आन्दालन सपन्न भयो । आन्दोलनका क्रममा भएको क्षतीबारे सरकारले छानविन आयोग बनाएर दोषी माथि कारवाही गर्ने नै छ । अब जेन जी आन्दोलन विशेष गरि बन्द गएिको सामाजिक संञ्जाल फुकुवा र भ्रष्टहरुलाई कारवाहीको माग थियो । आन्दोलन नियन्त्रण भन्दा बाहिर गए पछि संसद विघटन नयाँ सरकार निमार्ण, नयाँ संविधानक निमार्ण, प्रदेश सभा खारेज, स्थानिय तह खारेज लगायत नयाँ निर्वाचनको तयारी आदि आदि विषय उठान आन्दोलनले उठाएको छ । यस वेला नेपाली सेना र राष्टपतिको विवेकमा मुलुललाई बार्य शक्तिको हस्तक्षेपबाट बचेर असफल राष्टबाट जोगिएका छ । राष्टपति राम चन्द्र पौडेलले सविधानको धारा ६१(४) प्रयोग गरेर अविभावकको भुमिका निर्वाह गदै जेन जीको सिफारिसमा पुर्व प्रद्यान न्यायधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । त्यस सरकारमा उर्जा, जल श्रोत मन्त्री कुलमान घिसिगं र अर्थ मन्त्री पुर्व सचिव रामेश्वर खनाललाई मन्त्री मण्डलमा नियुक्त गरएको छ । संसद विघटनका विषयमा मुलुका राजैतिक दलहरुको कतै विरोध र कतै समर्थन गरेका पाईएकोछ । आम नागरिकहरु भने दलहरुको पक्षमा देखिदैनन । त्यसैले दलहरुको संसद विघटनको विरोधले त्यति गति लिन सकेको छैन । राष्टपतिलाई संसद विघटन संविधान विपरित भयो भनेर आपत्ती जनाएको भए पनि राष्टपतिले विषम परिस्थितिमा त्यो वाहेक संविधानमा अर्को विकल्प थिएन भनेका छन् । त्यसैले दलहरुलाई चुपलागेर ६ महिना पछिको निर्वाचनको तयारी गर्न अप्रत्यक्ष सुझाएका छन् । वर्तमान अन्तरिम सरकारले चीन, भारत, अमेरिका लगायतले बधाई दिई सकेकको अवस्था छ । त्यसैले जेन जीको आन्दोलनको माग बन्द सामानजिक संञ्जाल फुकुवा र भ्रष्टहरुलाई कारवाही थियो । उनीहरुले शुरुमा संसद विघटन,नयाँ सविधान र लोकतन्त्र हटाउन माग राखेका थिएनन । आन्दोलनमा २३ गते धन्धाधुन्ध १९ जनाका विभत्स हत्या भए पछि २४ गतेका अविभावक सहितको समर्थ भए पछि आन्दोलान रोएिन । २४ गते विशेष गरि २४ गते विभत्स हत्याको विरोधमा प्रर्दशन भयो । त्यसमा सबै खाले तत्वहरुको घुसपैठ भयो । आन्दोलन नियन्त्रण भन्दा बाहिर जादा आक्रोषित मिश्रित प्रर्दशनले संसद भवन, सर्वाेच्च अदालत, सिहदरवार लगायत दर्जनौमा आगोलगाई लुटपाट, क्षति गरियो । राजनैतिक दलका नेताह्रुको घर, पार्टी कार्यालय जलाउन काम भयो । जसले आन्दोलनको मागलाई उच्चतम् बनायो । जेन जी भित्र रहेका भिन्न दलका युवा कार्यकर्ताहरुले संसद विघटन, प्रदेश सभा विधटन, स्थानिय निकाय विघटन, नागरिक स्तरबाट अन्तरिम सरकार गठन लगायतका मागहरु थपिए । जसले गर्दा मुलुक विषम अवस्थामा पुग्यो । नेताहरुलाई कुटपिट र उनीहरुका निजि भवनहरु तेडफोट र आगजनी गरे पछि सबै पार्टीका शिर्ष नेताहरु केही दिन भुमिगत जस्तै भए । नयाँ सरकार गठनमा केही समय गतिरोध आएकै हो । जन स्तरबाट सरकारको गठन गरि मुलुकमा शान्ति कायम गर्ने दवाव बढयो । समयमा निकास राष्टपति र सनो प्रमुखले दिन नसकेमा पुनः जनता आन्दोलित भएर मुलुकको अवस्था नियन्त्रण भन्दा बाहिर गएर वैदेशिक हस्तक्षेप बढन गई असफल राष्टको रुपमा घोषित हुने संकेतहरु देखा पर्न थाले पछि राष्टपति र नेपाली सेनाले तत्काल निकासका लागि अन्तरिम सरकारको घोषणा र ६ महिना पछि निर्वाचन गर्ने मिति तय भए पछि मुलुक लाइनमा आएको जस्तो छ । यदि अवस्था विषम हून्थ्योन भने दलहरुको सहमति वा नेपालको सविधान २०७२ को धारा ७६ (१देखि ५ र ६ तथा ७) प्रयोग गरिेर अहिलेको संविधान अनुसार निकास दिन सकिने ठाउँ थियो । दलहरु स्वयम् पनि यस विषयमा प्रकृया चाल्न ढिलाई गरे कै हुन । अब समालिएर वर्तमान लोकतन्त्र, गणतन्त्रलाई उन्नत र समृद्ध बनाउने तर्फ लाग्नु पर्छ । यदि वर्तमान संविधान र लोभतन्त्र समाप्त गर्ने खेल शुरु भयो भने चौतपर्फि दवाव सुर्जना गर्नु पर्छ । अहिलेलाई विषम परिस्थितिको उपजको रुपमा सबैले स्वीकार गरेर समालिएर अगाडि बढनु पर्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस