एमाले जुम्लाको कार्यकर्ता भेला सम्पन्न, वडाकेन्द्रित कार्यक्रम संचालन गरिने

जुम्ला । नेकपा एमाले जिल्ला कमिटी जुम्लाद्वारा आयोजित कार्यकर्ता भेला सम्पन्न भएको छ ।  जेन्-जी आन्दोलनपछिको विकसित घटनाक्रमका विषयमा र एमालेको आगामी रणनीतिबारे छलफल गर्दै कार्यकर्ता भेला सम्पन्न भएको हो ।

कार्यबाहक अध्यक्ष प्रेम बहादुर बुढाको सभाध्यक्षता र स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमाले कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीले जेन्-जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा एमाले माथि भईरहेको बताए । राष्टि्यताका सवालमा सधै अग्रपक्तिमा रहने एमाले मात्र रहेको उनको दाबी छ । उनले भने,´संकटमा पार्टी एकता बद्व हुने हो । अब वडादेखि केन्द्रकै सबै सांगठनिक संरचना मजबुद बनाउनु पर्ने छ । पार्टिभित्र मतभेद भएपनि चुनावमा एकजुट भएर जानु आजको आबश्यकता हो । सबै सचेत हुने भेला आएको छ ।`

नेकपा एमाले जुम्ला जिल्ला ईन्चार्ज रतन नाथ योगीले एमाले जस्तो लोकतान्न्त्रिक पार्टि चुनावबाट नभाग्ने बताए । बरु अहिलेको सरकारले तोकिऐएकै मितिमा चुनाव गराउनेमा शंका रहेको उल्लेख गरे ।

साथै  संगठन बलियो भएर पनि जुम्लामा एमाले कमजोर हुनुमा नेताकै कमजोरी रहेको भन्दै अब वडा र पालिका केन्द्रित गतिविधि बढाउन समेत निर्देशन दिए । अब यूवा पुस्ताको अर्थपूर्ण सहभागिता रहने गरी पार्टिका सबै संगठनहरु चलयामान हुनु पर्नेमा जोड दिए ।

योजना आयोगका पूर्व सदस्य तथा एमाले नेता मिन बहादुर शाहीले एमाले सरकारले गरेकै कामहरुको एमाले कार्यकर्ताले प्रचार गर्न नसकेको बताए । एक अर्ब २६ करोड लागतको धौलिगाड खानेपानी आयोजना आफु योजना आयोगको सदस्य हूँदा एमाले सरकारको पालामा स्वीकृती भएको उल्लेख गरे । अहिले कुनैदिन अनुहार नदेखिएका व्यक्तिले श्रय लिएपनि एमाले नेता कार्यकर्ताले हाम्रो पहल भन्न नसक्नु दुखद पक्ष भएको उनको भनाई छ । साथै पार्टिभित्र गुटगत राजनीतिको अन्त्य गर्न समेत अनुरोध गरे ।

केन्द्रिय सल्लाहकार परिषद सदस्य देविलाल थापाले देश एमालेकै एजेण्डामा अघि बढीरहेको बताए । सबै नेताकार्यकर्ता सच्चीएर अघि बढ्न सुझाव दिए ।

यसैबीच कार्यकर्ता भेलाबाट तीन वटा निर्णय गरिएको छ । प्रचारप्रशार विभाग प्रमुख सरोज शाहीका अनुसार जिफन्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको दुखद निधन प्रति श्रद्वान्जली अर्पण गर्ने, कार्तिक १६ गते जिल्ला कमिटीको बैठक बसी पालिका, वडा र जनवर्गिय तथा पेशागत संगठनका भेला बैठक छलफल अघि बढाउने लगायत तीन वटा निर्णय गरिएको छ । 

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस