सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण सुरु, सेना र संचारकर्मीको सम्बन्ध विस्तारमा जोड

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

नेपाली सेना र संचारकर्मी बीच सम्बन्ध विस्तार गर्ने, सेनाका गतिविधिबारे जानकारी गराउने, समन्वय सहकार्यलाई बढाउने उदेश्यले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

कर्णाली प्रदेशका आठ र लुम्बिनी का दुई जिल्ला गरी दश जिल्लाका २४ जना पत्रकारहरूको सहभागितामा सुर्खेत स्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरमा कार्यक्रम संचालित छ ।

उत्तर पश्चिम हेटकटरका पृत्तनापती दिपेसजंग शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम  उद्घाटन गरिएको थियो । पृत्तनापति शाहले नेपाली सेनाका विभित विषयमा संचारकर्मीलाई जानकारी गराउन र संचार सम्बन्ध प्रगाढ बनाउने कार्यक्रमको उदेश्य रहेको बताए ।  उनले नेपाली सेनाले शान्ति सुरक्षादेखि विकास निर्माण, प्राकृतिक संरक्षण लगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गरे ।

चार दिने कार्यक्रमको पहिलो दिनमा सोमबार विभिन्न चार सेसन संचालन भएका थिए । सेनानीहरु संजय अधिकारी, वरुण केसी, महासेनानी जिवन कार्कि, पत्रकार ज्योती कटुवालले पत्रकार आचारसहिंता र अन्य सुरक्षा संवेदनशिलका बिषयमा प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागि पत्रकारहरुले सेनाका गतिविधि बारे साक्षात्कार हुने अबसर प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन्  ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस