जुम्ला । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शर्माले दलको नेताबाट राजिनामा दिएका हुन् ।
शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको छन् ।
राजिनामा पत्रमा उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा उल्लेख गरिएको छ ।
जनार्दन शर्माको नेतृत्वमा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् । शर्माले हालसम्म भने सांसद पदबाट राजीनामा दिएका छैनन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बुधवार



