जुम्ला – कर्णाली प्रदेश जुम्ला जिल्ला चन्दनाथ नगरपालिका – ३ डाँडाकोट गाउँ बुहुसंख्यक दलित बस्ती भएका गाउँ हो । यो गाउँका धेरैजसो किशोरकिशोरी सानै उमेर नै उपुगेर विवाह गर्ने गर्दछन् । उहिलेदेखि अहिलेसम्म पनि हरेक वर्ष झै किशोरकिशोरीले बालविवाह गर्ने गर्दछन् । पहिले भन्दा अहिले बालविवाह गर्नेको संख्या भने घट्दो क्रममा छ ।
अशिक्षा, गरिवि जस्ता समस्याले यो गाउँका किशोरकिशोरी बालविवाह गर्ने गरिएको बुभिन्छ । १८ वर्षीय गोकर्ण सुधार पनि यहाँ गाउँका हुन् । गाउँमा धेरैजसो बालविवाह हुने गरेकाले यो कुरालाई न्यूनिकरण गर्नुपर्दछ भन्ने उद्देश्यका साथ उनी वडास्तरी बालक्लवमा आवद्ध भए । वडास्तरीय हुदै उनी नगरस्तरीय र जिल्ला स्तरीय बालक्लको अध्यक्ष भए । अव केही समयपछि बालक्लवको अध्यक्ष पद हस्तारण गर्ने उद्देश्यमा पनि बालविवाह विरुद्धको अभियानमा निकै सक्रिय छन् ।
बालविवाहका कारण सामाजिक विकासमा निकै प्रभाव परेको छ । बालविवाहले स्वास्थ्य शिक्षादेखि प्रजनन् क्षमतमा समेत प्रभाव परेको छ । खस गरी बालविवाहले बालिका प्रभावित भएका छन् । बालविवाह कारण स्कूल पढ्न छोड्ने, सानै उमेरमा विवाह गरेका कारण बच्चा जन्माउने र बच्चाले बच्चा हुर्काउनु पर्ने अवस्थामा मानव बृद्धि विकासमा पनि ठुलो प्रभाव परेको देखिन्छ ।
बालक्लवमा आवद्ध भएसँगै बालविवाह विरुद्धको अभियान सञ्चालन गर्नुका साथै जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग समन्वय सहकार्य गरी बालविवाह न्यूनिकरणमा सक्रिय रहेको देखिन्छन् । बालविवाहले पार्ने असर र कानुनी सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बालविवाह विरुद्धको सचेतना, घरदैलो, सडक नाटक, र्याली, विद्यार्थी तथा अभिभावकसँग संवाद जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
बालविवाहकै विषयमा धेरै पटक स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गर्नुका साथै डेलिगेसन गर्दा बालविवाह पहिला भन्दा केही हदसम्म कम भएको छ । बालक्लवको अध्यक्ष अर्थात बालविवाहको अभियान सञ्चालन गरेको अहिले १० वर्ष भयो । यो समयको अवधिमा हामीसँग जानकारी र थाहाँ पाएका ७ वटा बालविवाहका घटनालाई रोकेका छौँ । प्रयाप्त स्रोत साधन र समयको अभावले जिल्ला भर नै बालविवाह विरुद्धको अभियान लैजान त सकिएको छैन । तै पनि आफ्नो बलबुताले भ्याएसम्म यहाँका ८ स्थानीय तहमध्ये चन्दननाथ, तातोपानी, तिला, सिजा र पातारासी गाउँपालिकासम्म अभियान सञ्चालन गरेका छौँ । बालबालिकाले बालविवाह गर्नुका समस्या पहिचान गर्ने र सोही बमोजिम समस्या सम्बोधन गर्ने पनि गरेका छौँ ।
जस्तो कि हाम्रै गाउँको यसै वर्ष १७ वर्षीया बालिकाले विवाह गरिन् । उनको बालविवाह घटनालाई हामीले रोक्यौँ । उनी अहिले एसईइ दिदै छन् । उनले बालविवाह गर्नुको समस्या पहिचान गर्ने क्रममा विपन्नताले पठनपाठन खर्च जुटाउन ग्राहो भएको रहेछ । यही समस्या सम्बोधन गर्ने क्रममा बालविवाह विरुद्धका साँझा अभियान सञ्जाल जुम्लाका संयोजक मानदत्त रावलसँग समन्वय गरौँ । उहाँको सञ्जालमा पठनपाठनका लागि सामान्य स्टेशनरी खर्च ४ हजार रुपियाँ सहयोग गर्न सकिने छ । त्यही रकम हाम्रो समन्वयमा उनी बालिकालाई सहयोग गरेका थियौँ । यस्तै थुप्रै बालविवाह गर्नुका कारण पहिचान गरी सोही बमोजिम समस्या समाधान गर्ने गरेका छौँ ।
बालविवाह हुनुमा पछिल्लो समय अभिभावकको प्रत्यक्ष भुमिका देखिएको छैन । घरमा पठनपाठनको वातावरण नहुनु र बालबालिका आफै एक अर्काेको देखासिकीमै बालविवाह गर्ने गरेको देखिन्छ । प्रहरीको उजुरीमा बालविवाह शुन्य देखिए पनि समाजमा व्याप्त देखिन्छ । जिल्लामा रहेका प्रसुति गृहमा २० वर्ष मुनिका सुत्केरी किशोरीको तथ्यांकले समाजमा बालविवाह हुने गरेको तथ्य पुष्टी गर्दछ । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार २० वर्ष मुनिका आर्थिक वर्ष ०८२÷०८३ को पुस महिनाको अन्तिम सातासम्म प्रसुति गृहमा १०३ जना सुत्केरी भएका छन् । पातारासीमा १२ जना, कनकासुन्दरीमा ८ जना, सिंंजामा ५ जना, चन्दननाथमा ४५ जना, गुठीचौरमा १० जना, तातोपानीमा १० जना, तिलामा ९ जना र हिमा गाउँपालिकामा ४ जना २० वर्ष मुनिका सुत्केरी भएका छन् ।
आर्थिक वर्ष ०८१÷०८२ मा २० वर्ष मुनिका २७० जना स्वास्थ्य संस्थाको प्रसुति गृहमा सुत्केरी भएका छन् । पातारासीमा २२ जना, कनकासुन्दरीमा २५ जना, सिंजामा ३ जना, चन्दननाथमा १२० जना, गुठीचौरमा ४० जना तातोपानीमा २२ जना, तिलामा २६ जना र हिमामा १२ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जनस्वास्थ्य कार्यालय जुम्लामा जनस्वास्थ्य नर्स टिका पुनमगरले बताइन् ।
विभिन्न अभियान र सचेतीकरण कारण यहाँका ८ स्थानीय तहका ६० ओटा वडामध्ये २१ वटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह मुक्त पालिका वडा घोषणा हुनेमा हिमा गाउँपालिका (१–७), कनकासुन्दरी गाउँपालिका २, ४ र ५ वडा, पातारासी गाउँपालिका–५, तिला गाउँपालिका– ४, ५, ६ र ८ वडा, गुठीचौर गाउँपालिका–४ सिंजा गाउँपालिका २, ३, ४ र ६ वडा हुन् । यस्तै पातारासी– ५, गुठीचौर – ४ र तिला गाउँपालिका – ६ र ८ नम्बर वडा बालमैत्री घोषणा भएका छन् । यस्तै तिला – ८ वडालाई पोषणमैत्री घोषणा गरिएको छ ।
बालविवाह न्यूनिकरणका अभियान तथा सचेतीकरणका बजेटसहित कार्यक्रम सञ्चालन गनुपर्ने विषयमा खासै तीन तहका सरकार सरोकारवाला निकायले प्रथामिकतामा राखेको पाइदैन । भौतिक विकासलाई प्रथामिकता दिने जनप्रतिनिधि र कर्मचारीसँग निरन्तरको समन्वय र डेलिगेसनले बालविवाह न्यूनिकरण कार्यक्रम सञ्चालन सञ्चालन हुने गरेका छन् ।



