काँग्रेसको चुनावी रणनीति तयारी बैठक: संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड

जुम्ला। नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लाले निर्वाचन रणनीति तयारी बैठक सम्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा काँग्रेसका उम्मेदवार दीप बहादुर शाहीलाई जिताउन विशेष चुनावी रणनीति तयार गर्न बैठक बसेको थियो ।

उक्त बैठकले आगामी निर्वाचनमा पार्टीका पक्षमा बहुमत ल्याउन संगठन सुदृढीकरण र जन सम्पर्क विस्तारको पक्ष जोड दिने निर्णय गरेको छ ।

काँग्रेसले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा सादगी नेता दीप बहादुर शाहीलाई उम्मेदवारका रुपमा उठाएको छ । २ पटक तत्कालिन गाविस अध्यक्ष भईसकेका शाही जनतासंग प्रत्यक्ष रहेर काम गरिरहेकाले आफ्नो जित हुने दाबी गर्छन् ।

आईतबार बसेको बैठकले गाउँ गाउँमा रहेको काँग्रेसको संगठन सुदृढीकरण, जनसम्पर्क व्यापक विस्तार, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । 

जनसम्पर्क विस्तार तथा संगठन सुदृढीकरण बिना चुनावी नतिजा प्राप्त गर्न कठिन भएकाले जनसम्पर्कलाई काँग्रेसले प्रामिकता दिएको  । विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित रामदेवी खड्काले जिउदो सहिदका रुपमा रहेका दीप बहादुर शाही जुम्लाका न्यायप्रेमी जनताले अमुल्य मत दिने विश्वास व्यक्त गरिन् । 

पार्टीका सबै शुभेच्छुक संगठनहरुको सुदृढीकरणमा  समेत जोड दिएर जुम्लामा काँग्रेसलाइ पहिलो बनाउने कसरतमा काँग्रेस छ । 

नेपाली काँग्रेस जिल्ला सभापति कर्णबहादुर शाहीले नेपाली काँग्रेस यस पटकको निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेको बताए। जुम्लामा २०७० सालपछिको विरासत पुन कायम गर्ने गरी संगठन सुदृढीकरण तथा जनता भेटघाट बढाउने उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस