पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि, कति जनाले गुमाए ज्यान ?

काठमाडौं, साउन २८- पछिल्लो २४ घण्टामा नेपालभर ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२९४ जना कोरोनामुक्त भएका छन् भने ३२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस