जिल्लास्तरीय भलिबल प्रतियोगिता चन्दननाथले खेलाडी सहभागी गराएन

मानदत्त रावल, जुम्ला २५ असोज ।


जुम्ला। जुम्लाको गुठीचौर गाँउपालिकामा जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता विहिबारदेखि शुरु भयो । जिल्ला खेलकुद विकास समितिको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा महिला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ६ स्थानीय तहका खेलाडीले भाग लिएका छन् । जहाँ जिल्लाको सदरमुकाम खलंगा भित्रकै चन्दननाथ नगरपालिकाले खेलाडी नै प्रतियोगितामा सहभागी गराउन सकेन् ।

नगरपालिकाको आडैमा जिल्ला खेलकुद विकास समिति छ । जिल्लामा अहिले कर्णाली प्रदेश सरकार अन्तरगतका पदाधिकार छन् । संघीय सरकार अन्र्तगतका प्रशिक्षक पनि छन् तर पनि प्रतियोगितामा खेलाडी सहभागी गराउन नसक्नु गैरजिम्मेवारको पराकाष्ट हो । चन्दननाथ नगरपालिका भलिवल खेलाडी लक्ष्मी रावलले भने नगरपालिका भित्र खेलाडी हुदा हुदै पनि प्रतियोगितामा सहभागी नगराउनु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवार हो ।

उनले भने यहाँका जनप्रतिनिधि र कर्मचारीले चासो दिएनन् । चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार यो प्रतियोगिताको विषयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफलको विषय बनाएको हुँ । तर उनीहरुले नै निर्णय नदिएपछि खेलाडी सहभागी गराउन सकिएन ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले खेलाडी प्रतियोगितामा पठाउने नपठाउने जिम्मेवारी शिक्षा तथा खेलकुद शाखाकै हो । उनले भने आप्mनो जिम्मेवारी अनुसार शाखाले काम गर्नुपर्दछ ।

यस्तै सिँजा गाउँपालिकाबाट खेलाडी नै सहभागी गराएन । सिजा गाउँपालिका शिक्षा तथा खेलकुख शाखाका प्रमुख भिमबहादुर बुढाले प्रनियोगिताको विषयमा जानकारी नभएको बताए । जिल्ला भरका स्थानीय तहले जानकारी पाएर खेलाडी सहभागी गराउने तर सिंजा गाउँपालिकाले भने प्रतियोगिताको विषयमा जानकारी नै नभएको प्रमुख बुढाले भने ।

जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गरेका थिए । उनले जिल्लास्तरीय भलिबल प्रतियोगिताको सानदार सफलताको शुभकामना ब्यक्त गरे । पुर्वमन्त्री भण्डारीले प्रतिभा प्रदर्शन गर्ने खेलाडी र प्रदर्शित प्रतिभा हेर्ने दर्शक सबैले अनुशासित मर्यादित हुनु पर्नेमा जोड दिए । उनले भने,‘जुम्ला आफै खेलकुदको क्षेत्रमा उर्वर छ । अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउन सफल भएको छ ।

मुलुकको शीर उचो राख्न सक्ने खेलाडी जुम्ला संग छ । त्यसैले अब जुम्लालाई हरेक क्षेत्रमा गर्व गर्न लायक भुमि बनाउन जरुरी छ ।’मन्त्री भण्डारीले खेलाडीको बृद्धि विकासका लागि जोड दिनु पर्ने बताउँदै खेलाडी फक्रिन सक्ने अवस्था सिर्जना गर्न सकेको खण्डमा जुम्ला भुमिले प्ले र रोनाल्डो जन्माउन सक्ने सामाथ्र्य राख्ने बताए ।

व्यवसायीक खेलाडीका लागि आवशिय व्यवस्था गर्नको लागि प्रदेश सरकारसंग पहल गर्ने उनले बताए । उनले भने, ‘प्रतिभावान खेलाडीका लागि आवास सहितको व्यवस्थापनका गर्न सकेको खण्डमा पाँच बर्षमा मुलुकको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने अवस्था रहन्छ ।’

उनले खेल पुर्वाधार र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीयतहलाई आग्रह गरे । शारीरिक सुगठन र स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएकोमा जोड दिए । उनले भने,‘खेलाडी राष्ट्र परिवर्तनका आधार स्तम्भ हुन । खेलाडीले अनुशासित पुर्वक खेल खेल्नुपर्छ । ’

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले खेल अवधिभर विना विवाद खेल प्रदर्शन गर्न आग्रह गरिन । उनले समयमै जानकारी गराउँदै खेलाडी सहभागि नगराएको प्रति चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिका प्रति दुख व्यक्त गरिन । खेल तीन दिन सम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा खेलाडीले मार्चपास गरेका थिए । जिल्ला स्तरको प्रतियोगिताबाट प्रदेश स्तरको भलिवल प्रतियोगिताका लागि खेलाडी छनोट पनि गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस